अर्का एउटा क्रान्ति : अब मान्छेको छातीमा रबरको मुटु धड्किने भो

Read Time:9 Minute, 17 Second

बेलायतमा प्रथम पटक पूर्ण कृतिम मुटु सफलतापुर्वक  प्रत्यारोपन गरिएको छ । मृत्‍युको मुखबाट बँच्न सफल यी ४० बर्सिय भाग्यमानी बेलायती म्याथ्यु ग्रीन हुन् । उनी प्रथम कृतिम मुटु धारी बेलायती  नागरिक बन्न सफल भएका छन् । यस अघि दाताको मुटु मात्र प्रत्यारोपन गरिएको उदाहरण छ तर यस प्रकारको पूर्ण कृतिम मुटु जडान गरिएको बेलायतमा पहिलो पटक हो ।
हार्ट फेल भई अन्तिम अवस्थामा पुगेका उनी दाताको मुटु प्रत्यारोपन बिना जिवित रहन असम्भव प्राय थियो तर यस प्रकारको कृतिम मुटुको सहायताले उनको स्वास्थ्य क्रमिक रुपमा सुधारियेको छ ।६ घण्टा लामो सल्ल्यक्रियापछि पप्वोर्थ हस्पितल क्याम्ब्रिजका सर्जन द्वारा  उनको खराब मुटुलाई फाली पूर्ण रुपको कृतिम मुटु (टोटल आर्तिफिसियल  हार्ट त्रान्स्प्लन्ट )  जडान गर्न सफल भएका थिए । पप्वोर्थ हस्पिटल बेलायतको एकमात्र हस्पिटल हो जहाँ पूर्ण कृतिम मुटु जडानको लागि स्विकृति दिइएको छ ।

के हो कृतिम मुटु

यो एक प्रकारको प्लास्टिक द्वरा निर्मित यन्त्र हो जुन बिरामीको मुटुको भेन्ट्रिकल को सट्टामा प्रयोग गरिन्छ । भेन्ट्रिकल मुटुको दुई तल्लो भागहरु हुन्  जसले फोक्सो र शरिरका  अन्य भागमा रक्त नलिहरुद्वारा रगत सन्चालन  गर्दछ । उक्त कृतिम यन्त्रले  सामान्य मुटुले जस्तै काम गर्दछ । यस यन्त्र जडान गर्न भेन्त्रिकलहरु सल्य चिकित्साद्वारा हटाइन्छ र प्लास्टिक नलीहरु जडान गरिन्छ जस्ले भेन्ट्रिकल बाट  रगत भित्र बाहिर बग्ने प्रक्रियामा मद्दत गर्दछ । त्यसपछि  पूर्ण रुपमा कृतिम भेन्ट्रिकल उक्त प्लास्टिक नलिमा जडान गरिन्छ । यो यन्त्र भित्र कुनै बिद्युतिय उपकरण  जडान गरिएको हुदैन त्यसको सत्ता हावाद्वार पम्प दिइन्छ । यसको सन्चालनको लागि शरीर बाहिर  बिशेष प्रकारको यन्त्र जडित हुन्छ । यो यन्त्र बिरामिले साथ साथै बोकेर हिड्नु पर्दछ जुन शरीरको छालाको भित्री तह भएर हावाद्वार नली द्वारा कृतिम मुटुसँग जडान गरिएको हुन्छ । यो हावाद्वार नलिद्वारा हावाका कणहरु कृतिम मुटुको भित्र रहेको फूल्ने खालको बलुन भित्र पठाउदछ जसले रगतको बहाव प्रक्रियामा सामान्य मुटुले जस्तै काम गर्दछ ।

जसमा कृतिम मुटु लगाईयो – परिवारसंग खुशी बाँड्दै

यस अघि पनि कृतिम मुटु प्रत्यारोपन गरिएको उदाहरण छ तर कुनै एक खराब  भेन्त्रिकल मात्र प्रत्यारोपन गरिएको छ र बिरामी खास गरि हस्पितलमा अर्को मुटुको दाता नभेटेसम्म बस्नु पर्दा यो प्रबिधी अपनाइन्थ्यो । सन १९८० तिर जार्भिक ७ नामक ब्यक्तिलाई कृतिम मुटु क्षनिक राहतको लागि प्रयोग गरिएको थियो र अहिले निर्मित नयाँ  कृतिम मुटु यसैको आधारमा निर्मित हो । बिश्वका अमेरिका लगायतका देशहरुमा भने यसको प्रयोग सफलता पुर्वक भई सकेको छ ।यो दिर्घकालिन उपयोगिता  भने होईन । यसले बिरामीको मुटुले काम नगरी अन्तिम् अवस्थामा पुगेको लाई अर्को स्वस्थ मुटु प्रत्यारोपन नगरुन्जेल सम्म सहायकको भूमिका खेल्दछ । यसको प्रयोग दुबै भेन्त्रिकल पूर्ण रुपले खराब भई अन्तिम अवस्थामा पुगेको बेला प्रयोग गरिन्छ जुन गम्भीर हार्ट फेलर हो जुन अवस्थामा भेन्त्रिकल हरुले काम गर्न सक्दैन र यस्तो अवस्था बिशेष गरि कोरोनरी हार्ट डिसोर्दर ,हार्ट अत्त्याक ,कार्दियमायोप्याथी जस्ता खराबीले गर्दा मुटु कमजोर वा खराबी भई हुने गर्दछ ।
शरिरले अस्विकार गर्ने वा यसमा सक्रमणको पनि उत्तिकै सम्भाबना भएको कारण  यसको प्रयोग कर्तालाई  नियमित रुपमा जाँच गर्नु पर्दछ । हार्ट फेलर हुँदा विशेस गरि मुटुले प्रर्याप्त मात्र रगतको  बहाव शरिरमा पुर्याउन सक्दैन फल्स्वरुप शरिरका महत्वपुर्ण अङ्गहरु मिर्गौला, मस्तिस्क ,कलेजो लगायतका अङ्गहरुमा प्रर्याप्त मात्र अक्सिजन ,पौस्टिक तत्व आदि को कमी हुन गई यी अङ्गहरुले सुचारुपले काम गर्न सक्दैनन । ह्दयाघाट ूहार्ट फेलर ूहुदा बिशेष गरि निम्न लक्षणहरु  देखा पर्दछ – श्वास प्रस्वासमा  बाधा आई श्वास प्रस्वास  छोटो छोटो हुने ,लगातार खोकी लाग्ने  ,ढुक ढुकी बढ्ने  ,थकान लाग्ने ,शरिर  सुन्निने आदि ।

अहीले सम्म संसार भरिमा ९०० जति  यस प्रकारको सल्यक्रिया गरि सकिएको छ । यो प्रबिधी अपनाउन भने महँगो शुल्क लाग्दछ । करिब १००,००० पाउन्ड यो प्रबिधी अपनाउडा लाग्ने गर्दछ भने प्रत्यक बर्ष करिब २०,०००पाउन्ड  जत्ती यस्को हिफाजतको  लागि लाग्ने गर्दछ । यसले करिब ३ बर्ष सम्म काम गर्दछ । कार्डियो थोरासिक सर्जन स्तेवन सु का अनुसार यसले पुल को काम गर्दछ । यसको सफलतासंगै भविस्यमा स्थाइ मुटु प्रत्यारोपन गर्न सकिने  सम्भाबना पनि खोलेको छ । उनका अनुसार यसको बिकास नभएको भए लन्डनका म्याथियु ग्रीन मुटु दाता लाई पर्खिन्जेल  बाच्ने थिएनन । अहिले करिब ३० जना बिरामी एक बर्ष देखि उक्त सल्यक्रियाको प्रतिक्षामा छन् ।

अहिले सम्म विश्वमा मुटुको सल्य चिकित्सामा भएको महत्वपूर्ण  उपलब्धीहरु यस प्रकार छन्-

-सन १८९६ मा फ्र्यान्कफर्त का फिजिसियन्द्वारा जर्मन सिपाहीको मुटुमा सफलता पुर्वक स्टिच लगाई दिएका थिए

-सन १९५० देखि १९६० सम्म मुटु को धड्कन बन्द नभएको अवस्थामा सल्यक्रिया गर्न निक्क्कै कठिन थियो ।

– सन १९६४ मा यु एस नेस्नल इन्स्तिच्युत अफ हेल्थ द्वरा कृतिम मुटु सम्बन्धी कार्यक्रम प्रस्ताभ

-सन १९६६ मा प्रथम आन्सिक रुपको क्रिटिम  मुटु जडान जसले  भेन्त्रिकलको रगत पम्प गर्ने प्रक्रियामा  सहायकको  भूमिका खेल्थ्यो ।

-सन १९६७मा सर्जन क्रिस्तियन बर्नर्ड द्वरा मानव मुटु सफलता पुर्वक प्रत्यारोपन

 

-सन १९६९ मा टेक्सासका व्यक्ती पूर्ण कृतिम मुटु जडान गर्न सफल भएका थिए । ६४ घन्टा उक्त मुटुको सहायताले बाँचे पनि अर्को मुटु प्रत्यारोपन गरेको दुई दिनमै उन्को निधन भएको थियो

-सन १९८२ मा उत्त युनिवर्सितिका डाक्टर जार्भिक द्वरा कृतिम मुटु जोड्न सफल भएका थिए भने उनका बिरामी ११२ दिन सम्म बाचेका थिए ।

-सन २००१ मा प्रथम पटक भित्री सन्चालित मुटु जडान गर्न सफल ।

-सन २००५ मा बैग्यानिकहरु द्वारा सल्यक्रियाको बखत निकालिएको स्टेम सेलको प्रयोग, जसले गर्दा नयाँ आर्टरीको बिकास गरि मुटुको खराबी भागहरुको उपचारमा सहयोग ।   

डा.चजिन्द्र राना  मगर, लन्डन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %