आदीवासीवाद स्विकार्नुहुन्छ ?

Read Time:22 Minute, 19 Second

आदिवासीवाद राज्यहरुको सर्वोच्च रणनीतिहरुमा समत्तोलकको रुपमा कार्य गर्ने विश्वव्यापी प्रकि्रयाहरुको एक दृष्टान्त हो । तर कतै यसले एक विश्वव्यापी प्रकि्रयाको रुपमा राष्ट्र-राज्यहरुको अवज्ञा गर्न त योगदान पुर् याइरहेको छैन भन्ने अर्को सवाल पनि समग्रतामा छ । खास प्रश्नचाहिँ के सामुहिक अधिकारको अभ्यास जसको आदिवासी जाति र सङ्गठनहरुले एकसाथ चाहना राख्दछन् राष्ट्र-राज्य एकताको नाशक हो भन्ने हो ।

रोनाल्ड निजेन

 

राष्ट्र-राज्यहरुको भविष्यको अनिश्चितता र यिनीहरुको निकटतम् विलोपका आशङ्काहरु स्वयम् राष्ट्र-राज्यहरु जतिकै पुराना छन् । ती राजनीतिक आदर्श जसमा जनताका एकता र आत्मनिर्णयको अधिकारका अभिलाषाहरु   केवल राज्यस्थितिमार्फत् मात्रै उन्नाइशौं शताब्दीका अझ उदारवादी पर्यवेक्षकहरुका लागि महसुस्योग्य देखियो त्योभन्दा फरक तवरले पछिका बहुराष्ट्रिय साम्राज्यहरुको
पतनचाहिँ केही टाढा थियो । इसाइह बर्लिन १९९८ को रङ्गीन शब्दहरुमा राष्ट्रवाद भनेको ‘घाइँते राष्ट्रिय सचेतनाको रोगनिदानशील ज्वाला’ ५८७ थियो जसलाई चाडै निभाउन सकिन्थ्यो । आज विश्वव्यापी संस्थाहरुबीचको उपचारात्कभन्दा पनि प्रतिस्पर्धात्मक प्रकि्रयालाई प्रायः साझा रुपमा राष्ट्र-राज्यहरुको कमजोर हुनु पछाडिकोरकतत्वको रुपमा पुकारिन्छ । उदाहरणका लागि जीन मारिइ गुहेनो १९९५ तर्क  गर्छन् कि राष्ट्र-राज्यहरुलाई धेरै तहमा बाइपास गरिँदैछ ‘परराष्ट्रिय खेलहरु राज्यहरु आफैभन्दा कैयौं गुणा धेरै शक्तिशाली हुन्छन्’ ३ ।

राष्ट्रिय निष्ठा वा भक्तिलाई नेतृत्व गर्ने क्षेत्रीय समुदायहरुको रुपमा रहेका राज्यहरु चलायमान अस्थायी स्वार्थ भएका समूहहरुको प्रभावमा परी निष्प्रभावी भइरहेका छन् । अर्जुन अप्पादुराई १९९६ पनि त्यही निष्कर्षमा आइपुग्छन्ः ‘राष्ट्र’ र ‘राज्य’ बीचको हाइफन- योजक कमजोर हुँदैछ; राज्यले यसका नागरिकहरुको वफादारिता र भावनालाई अब कतिपनि लामो समयसम्म नेतृत्व गर्न सक्षम छैन । अधिकार र कानुनीहकको भाषालाई राज्यस्थिति वा राज्यशक्तिका खण्ड-खण्डहरुलाई क्याप्चर गर्न उनले भनेअनुसार ‘संस्कृतिवाद’ वा ‘बृहत्तर’ पहिचानहरु द्वारा प्रयोग गरिन्छ ।  ठीक यही समय अमूर्त र गैर-भौगोलिक वा गैर-क्षेत्रीयताप्रति भक्तिभाव राख्नेहरु राष्ट्र-राज्यहरुको कार्यलाई खलल् पुर्याउँदै अगाडि आउँछन् । ‘राष्ट्र-राज्यहरु जटिल अन्तकिर्रयात्मक प्रणालीका इकाईका रुपमा विश्वव्यापकता र आधुनिकताबीचको सम्बन्धको दीर्धकालीन मध्यस्थकर्ता वा निर्णायक रहिरहँदैनन्’ र ‘राष्ट्र-राज्यका धेरै युग यसको अन्त्यको नजिक छ’ । एउटा प्रतिफल एक अवश्यम्भावी अनिश्चितता हो कि राष्ट्र-राज्यप्रतिको कसै एकको दृष्टिकोणमा भर पर्नुचाहिँ मुक्ति वा बन्धनको लागि सम्भावनाहरुले भरपूर हुनु हो ।

आदिवासीवाद पराराष्ट्रिय परिघट्ना हो र यसको रुपमा आदिवासीवादले कसैले देख्नसक्ने राष्ट्र-राज्यको अधिकार र स्थायित्वको हरण गर्ने एक प्रकि्रयाको रुपमा प्रतिनिधित्व गर्दछ । वास्तवमा आदिवासी सङ्गठनहरु अन्तर्राष्ट्रिय र स्थानीय गरी दुबैतर्फका राज्यहरुका पराराष्ट्रिय ठाउँका एक स्वरुप हुन् । यिद हामीले राष्ट्रिय कानुनी र राजनीतिक प्रणालीको क्षयीकरणमा साचारको युगले योगदान पुर्याउँद्छ भन्ने धारणालाई स्वीकार्ने हो भने सरोकारवाला समूहहरु अति नै उत्सुकताकासाथ एकापसमा सम्वाद गर्नेहरु अन्तर्राष्ट्रिय हितमा मात्र पूर्णरुपले बहस र सहयोग गरिरहेका हुँदैनन्; त्यही बखत पराराष्ट्रिय आन्दोलनले स्थानीय आत्मनिर्णयको अधिकारको दाबीलाई वैद्यता दिँदै र प्रबन्धसहित सहयोग गर्दै राज्यहरुलाई चुनौती दिन्छन् ।

यसरी आदिवासीवाद राज्यहरुको सर्वोच्च रणनीतिहरुमा समत्तोलकको रुपमा कार्य गर्ने विश्वव्यापी प्रकि्रयाहरुको एक दृष्टान्त हो । तर कतै यसले एक विश्वव्यापी प्रकि्रयाको रुपमा राष्ट्र-राज्यहरुको अवज्ञा गर्न त योगदान पुर् याइरहेको छैन भन्ने अर्को सवाल पनि समग्रतामा छ । खास प्रश्नचाहिँ के सामुहिक अधिकारको अभ्यास जसको आदिवासी जाति र सङ्गठनहरुले एकसाथ चाहना राख्दछन् राष्ट्र-राज्य एकताको नाशक हो भन्ने हो । के अरुसँग समान नभई भिन्न पहिचान भएका जनताहरु जसले प्राकृतिक स्रोत-साधन र सरकारी कार्यक्रमहरुमा विशेष अधिकारको अभ्यास र उपभोग गर्दछन् ती आफू आफैद्वाराबाहेक अरु कसैद्वारा पनि शासित हुन कम्तीमा जति सम्भव हुन्छ नचाहने जनताहरुलाई समावेश गराउनका लागि आवश्यक सम्झौताहरु गर्नु राज्यहरुका लािग कमजोर हुँदै जानु हो हामी यो प्रश्नलाई करिब राजनीतिक विचारजतिकै पुरानो स्वरुपमा पेश गर्न सक्दछौः के राज्य हैकम नै स्थायित्वको एक स्रोत हो र यसको विपरीत के राज्यद्वारा प्रदत्त बहुलवाद यहाँ आन्तरिक र बाह्य वा राज्यभन्दाभाथि क्षणभङ्गुर अस्थायी स्रोत हो आदिवासी जनजातिहरुलाई कोही विशेषतः राज्य र विदेशी अधिकारीहरु द्वारा जन्मसिद्धै सबैलाई आफ्नै जातिभाषिको  रुपमा गाभ्न खोज्ने राय भएकाको रुपमा देखिन्छ स्वायत्तताको दाबी गर्दै त्यसले मात्र जातीय दङ्गाको तत्कालीन प्राप्तिमा आदिवासीय मामलाका लागि शून्ययोग सम्भावना थप्दै अन्तर्राज्यीय झगडालाई दन्काउँदछ। यो कुरामा केही सत्यता यो पनि छ कि आदिवासी समाजहरु क्षेत्रीय सङ्घर्षका लागि हतियार उठाउन चाडै योग्य हुन्छन्ः तिनीहरु राजनीतिक रुपमा शोषित छन् कुनै समय राज्यद्वारा सचालित नरसंहारका विषय बन्छन् द्वेषको बीज रोप्दै उनीहरुको प्रदत्त क्षेत्रमा समाहित र जानिफकार भएर स्वायत्तताका दाबीको लागि तयार भएर । तर अवस्थाको बढावा हुनुमा उनीहरुको अधिकारको सम्बोधनको परिणाम नै हो भन्ने विचार सत्य छ त मानव अधिकारहरुको पहिचान र कार्यान्वयन गर्नुमाभन्दा संरक्षण गर्नुमा भएको असफलताबाट बढी दुष्मनीहरुको सिर्जना गराइले; अन्तर्राष्ट्रिय सम्बन्धहरु व्ा साझा अनुभवको अनुभूति र अरुसँगको सामूहिक स्रोतहरुभन्दा त्यो पक्षविरुद्धमा एकको पछाडि लागेको अनुभूति र पृथकताले अझ धेरै त्यस्ता परिणामहरु ल्याउँदछ । राष्ट्र-राज्यहरुभित्र यस्तो खुलापन र बहुलवादले सिर्जना गर्ने एकतालाई यस्तो एकरुपतासँग सुनिश्चित गरिन्छ जसले असहनशीलताको निरन्तरता र जातीय हिङ्सालाई दोधारिलो र निराशाजनक बनाउँदछ ।

यदि उन्नाइसौं शताब्दीमा अर्थपूर्ण साँस्कृतिक विविधताहरुलाई उनीहरुको अवश्यम्भावी विलोपपहिल्यै अभिलेखीकरण गरिनुपर्दथ्यो भन्ने मान्यताले जातिशास्त्रीय अनुसन्धान शुरुभएको भए आदिवासी जनताको आन्दोलनले हामीलाई यो देखाउँदछ िक साँस्कृतिक संसृति र सजातीयततातर्फको प्रवृत्तिले सुदूर अतीतबाट महसुस गरिएकोलाई एकपटक कल्पना गरिएकोको रुपमा अनपेक्षित तरिकाले दिशा मोडेको छ । आदिवासी जनजातिको अन्तर्राष्ट्रिय आन्दोलन नै सायद पहिले अझैपनि व्यापक रुपमै का निरोध गर्ने र बाँच्ने रणनीतिमा प्रशासनिक र कानुनी प्रकि्रयाहरु प्रयोग गर्ने मौखिक समाजहरुको क्षमताको सबैभन्दा पि्रय उदाहरण हो । त्यसकारण राष्ट्रवाद खतरामा छ भन्नु पूर्णतः सही हुँदैन; हामी के देखिरहेका छौं भने राष्ट्र-राज्यलाई पुनर्जागृत भई वृद्धिभइरहेको राष्ट्रवादसँग प्रतिस्पर्धामा जान बाध्य गराइँदैछ त्यतिमात्र अप्ठ्यारा नभएर कहिलेकाहिँ हिङ्सात्मक तरिकाले स्वभाषाभाषी राज्य भएका सबै अल्पसङ्ख्यक जनतालाई पिन स्वदेशमा गाभ्ने गरिन्छ । यदि राष्ट्र-राज्य खतरामा छ भने त्यो अतीतमा हो किनभने राष्ट्रवाद अझ स-साना क्षेत्रीय इकाइहरुमा पनि उदाउँदो छ ।

आदिवासी÷सीय राष्ट्रवाद

आदिवासीवादमा थोरैमात्र व्यङ्गोक्तिहरु अन्तर्निहित नहुनुमा यो तथ्य छ कि ती जनताको जो राष्ट्र निर्माणको अवधिमा धेरैजसो हानी नोक्सानीको बाटोमा भएकाहरु आज स्वपहिचान गराउँदै तिनीहरुको समुदायलाई राष्ट्रवादीको रुपमा पहिचान दिँदैछन् । आदिवासी जनजातिहरुलाई प्रयोग गरिने ‘अल्पसङ्ख्यक’ र ‘जातीय’ समूहु भन्ने शब्दहरुमा आदिवासी नेताहरुमाझमा गम्भीर असहमति छ तर ती नेताहरु राज्य शक्तिको प्रतीकको प्रतिष्ठित प्रयोग गर्दछन् र व्यापक अवधारणाबाट जातीयता र राज्य राष्ट्रवादको केही आधारभूत अवधारणाहरुको साझेदार गर्दछन् ।

तीमध्ये केही अनुभूतिहरु साझा भू-क्षेत्र परम्परा कानुन भाषा आध्यात्मिकता र सामाजिक संस्थाहरुसहित एक समूहमा रहन आवश्यक हुनु; अन्य शासक राजनीतिक समुदायद्वारा सामुहिक बसाई र बचाईको लागि उनीहरुप्रतिको प्रतिकार वा अवरोध सिर्जना गराइको ऐतिहासिक अनुभवहरुबाट प्राप्त शोषणको साझा अनुभूति; र एउटा दृढ विश्वास िक परिवार जाति वा क्षेत्रीय समूहको प्रकृित र उद्देश्यलाई राष्ट्र यसलाई कथित भनिए पनि त्यो दोस्रो कुरा हो मा मात्र महसुस गर्न सकिन्छ कि व्यक्तिगत रुपमा होइन त्यो सही इकाई जहाँ मानवीय प्रकृतिलाई महसुस गरिन्छ तर त्यो राज्यको चाहना र वास्तविकताको अधीनमा हुनुपर्दछ ।
आदिवासी राष्ट्रवादी बहसमा गुणवत्ताको चर्को दावीहरुको सङ्केतहरु पनि छन् यस्ता रायमा अभिव्यक्त भएका सबै राष्ट्रहरु समान तरिकाले सिर्जना गरिएका छैनन् तर केहीले उच्छेदित सत्यहरु उच्चतम लक्ष्यहरु प्रकृतिका लागि विशिष्ट अनुकूलनता उद्योगको क्षमता र विज्ञानको चिसो प्रयोगसिद्ध प्रत्युत्तर मानवताको खतरमा बेवास्ता गरिएको एक सन्देश आदिवासी राष्ट्रले न कि राज्य-राज्यले मानवीय विध्वङ्सात्मकताद्वारा पहिलो खतरामा पारिएका र मानव अस्तित्वसँग सबैभन्दा बढी एकरुपता भएका सबैलाई मूर्तरुप दिन्छ ।

यो हुनसक्छ कि आदिवासीय राष्ट्रवादमा रहेका धेरैजसो अवयवहरुले सत्यको बलिया तर्कहरुलाई आत्मसात गर्दछन्; तर यसले आदिवासीवादमार्फत् राष्ट्रवादको अरु स्वरुपसँग साझेदार हुने विशेषताहरुलाई निर्मुल पार्न भने सक्दैन ।
राष्ट्र-राज्यहरुको बौद्धिक इतिहासले प्रकाश पार्दछ कि हाम्रा केही सबभन्दा कदर गरिएका ‘समयरहितु मूल्यहरु पहिले एकपटक व्यापक भनिएकाभन्दा अझै धेरै पछिका हुनसक्छन् र आदिवासीवादसँग सम्बन्धित हुने धेरै मुल्य-मान्यताहरुको बारेमा पनि उही उस्तै कुरा भन्न सकिन्छ । सामाजिक र राजनीतिक तहले ‘आदिवासी-जनजातिहरु मा असामान्य मूल्य पाएका छन् राजनीतिक इतिहासको विशेषीकृत अवस्थाहरुद्वारा झिमिक्कैमा; र राज्यद्वारा प्रदत्त राज्ट्रवादजस्तै यसलाई अहिले हामी बस्ने विश्वकै अङ्गको रुपमा सधैँ देखिनेजस्तै भएको छ ।

यसको लागि एक कारण यो हुनसछ िक ती जसका लागि आदिवासी अवधारणाका अपीलहरु प्रायजसो देखिने गरी नै साँस्कृतिक निरन्तरताका विशेषताहरु प्रदर्शित गर्न सक्षम हुन्छन् । शिकारी तकनिकीहरु मिथकहरु वस्त्र पहिरण घर निर्माण र भाषा जस्ता चिजहरु सम्झनै नभएको समयबाटु भन्ने वाक्याङ्शसँग जोडिएका साँस्कृतिक निरन्तराताका ठोस स्वरुपहरु हुन् । स्थायित्वको सोही अनुभूतिले सजिलै विश्वव्यापी ‘आदिवासी’ तहमा रुपान्तरित गर्ने तथ्यलाई छिपाउने कार्यसँग जोडिएका शर्त र अन्तर्राष्ट्रिय आन्दोलनहरु धेरै हालसालैका सृजना हुन् ।

आदिवासीय राष्ट्रवादको समर्थनमा प्रयोग गरिने एक उपाय यो हो कि एकपटक ‘प्राचीन’ जस्तो देखिने शर्तहरु वास्तवमै औपनिवेशिक दमनका एक परिणामहरु थिए- कि आदिवासी समाजहरुले अनुमान गरिएभन्दा केही चाडै विश्वव्यापी राजनीतिक तहमा सहभागी हुनका लागि संयन्त्रहरु धारण गरे तर राज्यको नीतिमा विस्थापित तथा समीकरण गर्ने महत्वकाङ्क्षाको कारण यो सम्भावनालाई एकदमै महसुस गरिएको थिएन । यसरी हामीसँग संयुक्त राष्ट्रहरुमा आदिवासी सहभागीताको कार्यकारी समूहका अध्यक्ष इरिका-इरेन दाएसद्वारा ढिलो भएको राष्ट्र-निर्माणु को रुपमा भएको वर्णन छ ।

श्ायद अहिले आदिवासी जनजातिहरु त्यस्तो चिज जसले उनीहरुलाई फरक राख्ने कुराभन्दा त्यस्ता कुराहरु जुन तिनीहरु राष्ट्र-राज्यसँग साझेदार गर्न आएका छन् त्यसका लागि अझ धेरै चासो लिने भएका छन् । तिनीहरु र राष्ट्र-राज्यहरु पहिले त प्रायः दिग्वीजय उपनिवेशवाद र राष्ट्र निर्माण प्रायजसो जितिएका उपनिवेश गरिएका र बहिष्कृत आदिवासी समाजहरुसँगको इतिहासमा सँगै जोडिएर रहे । आदिवासीय पि्रमोर्डिअलिज्म अर्थात् राष्ट्रहरु प्राचीन र प्राकृतिक परिघट्ना हुन् भन्ने तर्क भएको अवधारणाहरुलाई परिभाषित गर्न प्रयोग गरिने रचनात्मक घट्नाहरु प्रायजसो राष्ट्र-राज्यहरुको निर्माणको परिणामहरु थिए । धेरैजसोले सैद्धान्तिकः ग्रामीण पुनर्अवस्थिति र निवाससम्बन्धी वा आवासीय विद्यालय शिक्षाको नीतिमार्फत् तथा कहिलेकाँही प्रवीण धैर्य र अनावश्यक रुपले बर्बर अव स्थामा रहेकाहरुलाई राष्ट्र-राज्यहरुमा समीरकण गर्ने प्रयत्नहरुले आदिवासीहरुको पहिचान र सामूहिक न्यायको दाबीहरुलाई पुनरुत्थान गर्न खास केही पनि योगदान दिएका छैनन् । यसरी उत्पीडनको इतिहासहरु सिर्जना गर्दै जसले आदिवासी समुदायहरुको सिमानाहरु राष्ट्र-राज्यका व्यक्तिवादीताहरुमा अझ तिखार्न वा स्पष्ट पार्न मद्दत गर्नेले अप्रत्यक्ष रुपले साँस्कृतिक बचावटको चलनचल्तीमा
योगदान दिएको छ । अहिले राष्ट्र-राज्य र आदिवासी समुदायहरु प्नि उही अन्तर्राष्ट्रिय संस्थागत स्थान साझेदार गर्न असमान सन्तुलनकै अवस्थामा पनि आएका छन् । ‘आधुनिक राष्ट्रवाद बारे नवीनता के हो’ दुअरा १९५८ हामीलाई भन्छन् ‘त्यो राष्ट्र-राज्यहरुको विश्व व्यवस्था हो । यो व्यवस्थाले जुन गत सय वर्षमा विश्वव्यापी भएकोछ वा यसकारण विश्व व्यवस्थाले राष्ट्र-राज्यलाई केवल एकमात्र सार्वभौमसत्ताको वैध अभिव्यक्तिको रुपमा प्रमाणित गर्दछु  ।
आदिवासी जनताहरु यो गुणको पृथकपना खिइँदै गएको अवस्थामा देखा पर्छन् । स्थायी मचलाई महत्वपूर्ण क्षेत्र वा प्रभावसहित समयसीमा दिइए र नदिइए पनि यो तथ्य रहन्छ कि आदिवासी जनताहरु राष्ट्र-राज्यको विश्व व्यावस्थाभित्र तिनीहरुको आफ्नै सार्वभौमसत्ताको दाबीहरुलाई बुलन्द पार्दै तथा उनीहरुको मामला र भू-क्षेत्रप्रतिको क्षतिलाई सिमित गर्न प्रयत्न गर्दै उपस्थित भएका छन् ।

यदि हामीले सबै राष्ट्रवाद यसको निरन्तर प्राणधारणलाई यसरी बोध गराइन्छ िक यसले परिकल्पनालाई बढावा दिन्छ लाई त्यागेर हाम्रो साँस्कृतिक सहानुभूतिहरुलाई समान बनायौं भने यदि राष्ट्र-राज्यहरु र शक्तिशाली आदिवासी जातीय समुदायहरु प्नि एक्दमै त्यो शुभरात्रीमा लोप हुन सक्थे र सक्नुपर् थ्यो भने त्यसको परिणाम के हुन्थ्यो एउटा कुराको लागि त्यहाँ मानव पहिचान र समिप सम्बन्धको कुनै स्थायी स्रोत हुँदेनथ्यो; र मानवहरु- सबै व्यक्तिहरु नभएर तर सामुहिक रुपमा मानव भएर- तिनीहरुको पहिचानहरुमा अटल रुपले सम्बन्धित भएका छन् ।

दुबै राष्ट्र-राज्यहरु र थुप्रै अझ साना स्वचेतनशील रुपले ‘परम्परागतु समाजहरु भर्खरैका परिघटनाहरु हुन्- तिनीहरुको समयरहितताका दवाबहरुबाहेक- अझै पनि तिनीहरु अझै गहिरो स्वामित्वताका लागि विश्वव्यापी आवश्यक उत्तर दिने देखिन्छन् । परम्परावाद आधुनिकताको परिवृत्तिका लागि एक जवाफ हो एक भङ्ग भएको स्वविरुद्ध संरक्षण र विश्वास गर्ने ठाउँ हो ।

संघीय मासिक

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %