प्रसंग लखन थापाको, कथा-व्यथा जनजातिको

Read Time:14 Minute, 22 Second

आदिवासीजनजातिहरुको हैसियत के रहेछ भन्ने कुरा राजधानीबाट प्रकाशित एक दैनिकमा प्रेषित पाठक प्रतिकि्रयामाथिको सम्पादकीय टीमको सेन्सर हेरे पुग्छ । विपि सिँह नामक व्यक्ति (त्यो मान्छे छ छैन निश्चित छैन)ले पठाएको प्रतिकि्रया एक शब्द पनि नचलाएर छापेको सो दैनिकले महत्वपूर्ण बुँदाहरु पुरै उडाएर प्रकाशित गरेको छ । तर सत्यतथ्यलाई उडाएर बाँकी प्रतिकि्रया  छाप्नुको कुनै अर्थ हुँदैन । यसो गरेर जनजाति तिमीहरु पाठक प्रतिकि्रया लेख्ने हैसियत समेत राख्दैनौ भनेको होइन र ?

‘लखन थापाबारे’ मिति २०६८।४।५ गतेको कान्तिपुरमा प्रकाशित पाठक म चप्रति ढिलै भए पनि मेरो ध्यानाकर्षण भएको छ । वी.पी.िसंहज्यूले राख्नु भएका सवै जिज्ञासाहरु मेट्न उक्त स्मारिका पर्याप्त छैन । त्यसको लागि हालसम्म प्रकाशित लखन थापाबारे थुप्रै लेख रचना र पुस्तकहरु पनि हेर्न सकिन्छ । लखन थापाका बारेमा चाँसो राख्ने व्यक्ति भएको नाताले मूलतः उनलाई नेपालको प्रथम सहिद मान्ने कि नमान्ने भन्ने पंक्तिकारको जिज्ञासा उपर केही तथ्यहरु प्रकाश पार्न चाहान्छु ।

एकै जिल्लाका एकै नामका तर अलग-अलग कालखण्डमा देखा परेका यी दुई व्यक्तित्वहरुबारे कतिपय लेखक र विद्धानहरुले हामी जस्ता पाठकलाई समेत भ्रमित पारेको छ । राजा राम शाहको पालामा प्रमुख भारदारका रुपमा रहेका सिद्ध लखन थापा एक चमत्कारी व्यक्ति र गोरखा मनकामनाका संस्थापक पुजारी थिए भने अर्का व्यक्ति सहिद लखन थापा हुन् जो जंगबहादुर राणाको अत्याचारी शासनविरुद्ध गोरखामा ठूलो जनविद्रोह मच्चाउने एक वीर नेपाली सैनिक थिए जसलाई निर्ममतापूर्वक फाँसी दिएर मारियो । यहाँ स्मरणीय कुरा के पनि छ भने अघिल्ला सिद्ध लखन थापाबारे गाउँघरमा प्रचलित कतिपय िकंवदन्ती र घटनाक्रमले पछिल्ला सहिद लखन थापाको वास्तविक योगदानमा थुप्रै अन्योल थपिदिएको पाइन्छ । तथापि लखन थापा द्वितिय  एक कुशल सैनिक थिए जसले आफ्नो जीवनको समेत पर्वाह नगरी जंगबहादुर जस्ता क्रुर हुकुमी र शक्तिशाली राणाशासकलाई समाप्त पारेर सवैले स्वतन्त्रतापूर्वक बाँच्न पाउने सत्ययुगको जस्तो उदार र भेदभावरहित शासन व्यवस्था जसलाई पूर्ण प्रजातन्त्र भन्न सकिन्छ ल्याउन अनेकौं प्रयत्नहरु गरेको पाइन्छ –

क. उनले राणा शासन विरुद्ध जनस्तरबाट लड्न ठूलो संख्यामा स्थानीय युवा र पूर्व सैनिकहरुलाई संगठित गरेर विद्रोहीहरुको फौज बनाएको स्थानीय व्यक्तिहरुको सहयोग लिएर विद्रोहीहरुको निम्ति किल्ला निर्माण गरेको र आफ्ना सेनाहरुलाई आवश्यक रसदपानी हातहतियार र उपयुक्त तालिमहरुको व्यवस्थासमेत गरेको देखिन्छ ।

ख. जंगबहादुरले मुलुकी ऐन मार्फत् समाजमा धर्म जातिपाती र छुवाछूत जस्ता अनेकौ विभेदहरु सृजना गरेको र यसबाट रुष्ट रहेका लखन थापाले धर्मभीरु नेपाली समाजको रुपान्तरणका लागि जोसमनी सन्त परम्परालाई अंगालेको देखिन्छ । उनले समाजको जातीय एकता र सद्भावलाई बचाउन सर्वसाधारणलाई जोसमनी मततिर आकर्षित गरेको पाइन्छ । यो मतमा राजा-प्रजा सवैलाई हेर्ने समान दृष्टि रहेकोले कसैलाई पनि उचनिचको भेदभाव गिरंदैन । यसरी परम्परागत धर्मको आड लिएर उनलॆ सवैलाई जमघट गराउँदै जागरुक बनाएको र भेलामा एकत्रित जनसमुदायलाई सनातनी धर्म रक्षाको खातिर राणाशासनको विरोधमा उत्रन उत्पे्ररित गरेको पाइन्छ ।

ग. लखन थापा र उनका अनुयायीहरुले गोरखाको गाँउघर डुलेर अंग्रेजको साम्राज्यवादी नीतिमा चलेका जंगबहादुर विरुद्ध पर्याप्त राजनैतिक चेतना प्रवाह गरेको देखिन्छ । जंगबहादुरका काला कर्तुतहरुको भण्डाफोर गर्दै िहंडेपछि विद्रोहको जनलहर पैदा हुँदै गयो । यसरी विद्रोहीहरुले भारी जनसमर्थन जुटाउँदै गए । उनीहरुले घरघरमा खँुडा तरवार जस्ता घरेलु हतियारहरु बाँडेको र ठूलो मात्रामा खर्च एवं अन्नपातहरु पनि संकलन गरेको पाइन्छ ।  

जंगबहादुरको अन्याय अत्याचार विरुद्ध कहिले सशस्त्र सैनिकको रुपमा कहिले साधुसन्तको रुपमा त कहिले राजनेताको रुपमा बहुआयामिक भूमिका निर्वाह गर्दै लखन थापाले सर्वसाधारणलाई एकत्रित गरेको देखिन्छ । योजनावद्धरुपले आएका यी सवै रणनीतिमा उनी सफल देखिन्छन् । उनको सैन्य अभियानलाई उत्साहपूर्वक जनताहरुले साथ दिएको तर यॊ तयारीको पोल खुलेकोले त्यसलाई दमन गर्न जंगबहादुरको आदेशमा देवीदत्त गण गएको गणसंग विद्रोही सेनाको भिडन्त भएको पाइन्छ । भनिन्छ त्यो विद्रोह दवाउन सेनालाई पनि हम्मे-हम्मे परेको थियो । यसरी जंगबहादुरको जहानियाँ शासनको विकल्पमा सुनौलो विहानी ल्याउन चाहने लखन थापाले नेपाली जनतामा जगाएको राजनैतिक चेतना वा उभारलाई नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रारम्भविन्दू मान्न सकिन्छ र यसलाई विशेष महत्वका साथ लिनु आवश्यक छ । नेपालको इतिहासमा जनस्तरबाट संगठितरुपले उठेको यो पहिलो विद्रोहको आफ्नै उचाईं छ । यस अघि कुनै विद्रोहले पनि यस्तो बृहत रुप लिएको देखिदैन । त्यसैले लखन थापा यस विद्रोहका नायक अग्रदुत वा सुत्रधारका रुपमा स्थापित छन् । उनको त्याग समर्पण नेपालकै इतिहासमा पहिलो र महत्वपूर्ण वलिदान सावित भएकोले उनलाई प्रथम सहिदको उपमा दिनु न्यायसंगत ठहरिन्छ ।
वि.सं.१९३३ को यो घटना अघिका कतिपय हत्या षडयन्त्र र संघर्षमा थुप्रै देशभक्तहरु मारिएका छन् । उनीहरुको वीरता र साहस उल्लेखनीय रहेको छ । तथापि राष्ट्र राष्ट्रियता र जनअधिकार वहालीका लागि ती घटनाक्रमहरु योजनावद्ध संगठित र बृहतरुपले आएको पाईदैन । विशेषतः राणाकालमा सत्ता धनसम्पत्ति महत्वकांक्षा र प्रतिशोध आदि जस्ता अत्यन्त निजी वा पारिवारीक स्वार्थका खातिर संघर्षहरु भएका छन् तर तिनले कुनै राजनैतिक महत्व राख्दैन ।     
सहिद लखन थापाले आफुलाई ‘सिद्ध लखन थापाको अवतार’ र ‘जंगबहादुरको शासन अन्त्य गर्न मनकामना माईले आर्शिवाद दिएको’ भन्ने प्रचारित भनाईहरु त्यसबेलाका अशिक्षित र धर्मभीरु नेपाली समाजलाई आफ्नो अभियानमा सरिक गराउने रणनीतिको रुपमा लिन सकिन्छ । मगरजातिको कुलमा जन्मिएको कारणले हो कि  लखन थापालाई अझै पनि पूर्वाग्रही नजरले हेर्ने र गलत कुराहरुको प्रचार गर्ने गरिएको छ । प्रस्तुत घटनाक्रमका सबै सबुत प्रमाणहरु तत्कालीन राज्यसत्ताबाट नष्ट गरिएकोले ती दस्तावेजहरु अब कसले कहाँबाट ल्याउने  यदि ती कुराहरु ल्याउन सकिने स्थिति हुन्थ्यो भनॆ लखन थापाबारे यसरी बहस गरिरहनु पथ्र्यो होला र लखन थापाले साचालन गरेको विद्रोहमा स्पष्ट राजनीतिक दृष्टिकोण कुशल नेतृत्वसहितकॊ सशस्त्र तयारी र भारी जनसमर्थन एवं सहभागिता आदि सबै प्रकारका तत्वहरु सामेल भएको पाइन्छ । यसरी वलियो जनआधार निर्माण गरी गरिएको विद्रोह उच्चकोटीकॊ देखिन्छ । जंगबहादुरको सत्तालाई खुल्लेआम चुनौती दिने लखन थापा चानचुने वीर होइनन् । त्यसैले उनी जस्ता निडर र होनहार व्यक्ति सिपाहीबाट कप्तानसम्म पुग्नुलाई अस्वभाविक भन्न मिल्ला र        इतिहासमा जहिले पनि सत्ताधारीहरुकै पकड रहने हुनाले तत्कालीन राणाशासकहरु तल पर्ने गरी यसबारे वास्तविकता उल्लेख गरिएको पाइदैन । पछि लेखिएका इतिहासमा पनि तथ्यहरु बङ्ग्याइएको र भ्रमपूर्ण बनाइएको छ । तर इतिहास नलेिखंदैमा कुनै घटना वा त्यसको वास्तविकता त्यसै मर्दो रहेनछ । पुराना जनश्रुतिहरु स्थानीय बुढापाकाका कथन ऐतिहासिक घटनाक्रम र तिनका अध्ययन विश्लेषणहरु पनि इतिहास कै श्रोत मानिन्छन् ।

मितिः २०६८।४।२५                          – उमेशबहादुर राना, ललितपुर

पाठक मच प्रतिकि्रया

मिति २०६८।४।२८ गते प्रकाशित पाठक माचमा उमेश बहादुर रानाजीले उल्लेख गर्नु भएका तथ्यहरु उपर केही उल्लेखनीय कुराहरु जोड्न चाहान्छु । वि.सं. १९०३ देखि १९३३ सम्म जंगबहादुरले चलाएको एकछत्र अत्याचारी शासनकालमा थुप्रै रक्तरिाजत घटनाहरु भएका थिए । कैयन भाइभारदार र सैनिकहरुको जीवनलीला दरवारीया षडयन्त्रमा सकियो कतिपय देशभक्तहरु उनको विरोधी बनेका कारणले गर्दा पनि अकालमै मारिए । यी सबै व्यक्तिहरुलाई वीर र साहसी मान्न त सकिएला तर उहाँहरुको मृत्यूलाई सहिदको पंक्तिमा उभ्याउन सिकंदैन ।

अर्कातिर लखन थापाको मृत्यूलाई सहिदको पंक्तिमा उभ्याउन सकिने प्रशस्त आधारहरु छन् । उनको विद्रोह अत्यन्त योजनावद्धढंगले बृहत् र संगठितरुपमा आएको देखिन्छ । लखन थापाले आफैले खडा गरेको करिब दुई हजारको संख्यामा रहेका विद्रोही सेनाहरुको कुशल नेतृत्व गर्दै उनले स्पष्ट राजनीतिक दृष्टिकोणसहित सशस्त्र योजनाको तयारी गरेको र स्थानीय जनसमर्थन एवं सहभागितासमेत जुटाएको देखिन्छ । यस प्रकार उल्लेखनीय जनमत निर्माण गरी गरिएको उक्त विद्रोह नेपालको इतिहासमा पहिलो र उच्चकोटीकॊ रहेको देखिन्छ । क्रुर जंगबहादुरको जल्दोबल्दो शासनकालमा उनको सत्तालाई यसरी खुल्लेआम चुनौती दिन सक्ने लखन थापा एक द्वितिय देशभक्त हुन् । नेपालको इतिहासमा जनस्तरबाट संगठितरुपले उठेको यो पहिलो विद्रोह भएकाले यसको आफ्नै महत्व र उचाईं छ । त्यसैले यस विद्रोहका अग्रज नायक लखन थापा निर्विवादरुपले यस धर्तिका पहिला सहिद पनि हुन् ।
जंगबहादुरको अराजक शासनशैलीबाट उत्पीडित नेपाली जनताहरुको सुख शान्तिका खातिर वैकल्पिक शासन प्रणाली ल्याउन चाहने लखन थापाले आम नेपाली जनतामा जगाएको राजनैतिक चेतना र रचनात्मक जागरणले नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा अग्रणी स्थान ओगटेको छ । यही राजनैतिक चेतना र जनजागरणले सात सालको क्रान्तिलाई सूत्रपात गराएको हो । त्यसकारण यो विद्रोहलाई विशेष महत्वकासाथ लिनु हामी सबैको कर्तव्य पनि हो ।

मितिः २०६८।४।२८                 – गुन्जन थापा मगर जोरपाटी काठमाडौं

(नोटः माथिल्लो हाइलाइटेड बाहेक अन्य अंश सम्पादित भै छापिएको तर तल्लो प्रतिकि्रया पत्रिकामा नछापिएको ।)

 

सम्बन्धित समाचार

कल्ले भन्यो लखन थापालाई पहिलो शहिद ?

यसकारण हुन् लखन थापा मगर प्रथम सहिद

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %