फियोनाले भिसा खुलाउन अन्र्तराष्ट्रिय पहल गर्ने

Read Time:1 Minute, 35 Second

२१ अगष्ट हंगकंग
नेपाली आप्रावासी कामदारहरुलाई मात्रै नभई सवै खाले भीसा बन्द भएपछि हाल हंगकंगमा आईडिमा बाहेक अन्य तरिकाले नेपालीको पहुँच बन्द छ । यसै  विषयमा फियोना हंगकंग र यूनियन अफ नेप्लिज डोमेष्टिक वर्कस अफ हंगकंगको आयोजनामा कंगन रेष्टूरेण्टमा नेपाली आप्रावासी कामदारहरु माथिको भिसा प्रतिवन्ध विरुद्धको अभियान तेस्रो कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।


यस अभियानलाई सफल पार्न हस्ताक्षर संकलन कार्य पनि भएको थियो । एसियन माइग्रेट वर्कसका प्रतिनिधि लगायत नेपाली बुद्धिजिवी र संघसंस्थाका प्रतिनिधिहरुले  यस बारेमा बोलेका थिए ।  अन्र्तराष्ट्रिय संस्था यूएन ओमेनले कार्यक्रम सञ्चालनको लागि आर्थिक सहयोग गरेको जनाइएको थियो ।
फियोना हंगकंगले यस मुद्धालाई अन्र्तराष्ट्रिय स्तरसम्म पुर्याएको दावी गरेकोछ र अब अर्को चरणमा नेपाल सरकारसँग पनि बार्ता गरेर फेरी हंगकंग सरकारसँग बार्ता गर्ने योजना रहेको  फियोनाका अध्यक्ष गणेश गुरुङले बताए ।

भीम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %