हङकङ, २२ अगस्ट
एनआरएन हङकङले हङकङमा रहेका प्रमुख संघसंस्था, सरकोकारवालाहरुलाई एक ठाँउमा भेला गराई नेपाली समूदायमा एकता हुन नसक्नुको कारण पहिल्याउने प्रयास गरेकाछ । एनआरएन हङकङमा गुरुङहरुको वर्चश्व भयो भनि विरोध उठिरहेको सन्दर्भमा यस्तो कार्यक्रम आयोजन गरिएकोछ ।
हङकङमा नेपालीहरु जाति र पार्टीमा विभक्त भएकोले सामूहिक मुद्दामा एक हुन सकिरहेका छैनन् । त्यसका निम्ति के के गर्न सकिन्छ भनि सहभागीहरुबीच छलफल चलाइएकोथियो ।
एनआरएन कार्डको बारेमा उठेका भ्रम र वास्तविकताबारे बाणिज्यदुत किरण शाक्यले जवाफ दिएकाथिए ।
एनआरएन बारे एनआरएन अन्र्तराष्ट्रिय समन्वय समितिका सदस्य कृष्ण पाण्डे र एनआरएन हङकङका अध्यक्ष दुर्गाप्रसाद गुरुङले जवाफ दिएकाथिए । जनजाति सम्बन्धमा आदिवासी जनजाति महासंघ हङकङका निवर्तमान अध्यक्ष तथा आदिवासी जनजाति पत्रकार संघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ र नेपाली समूदायका बारेमा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगरले जवाफ दिएकाथिए ।
नेपाली पत्रकार संघ हङकङका अध्यक्ष किसन राईले संचारमाध्यमको प्रतिनीधित्व गरि जवाफ दिएकाथिए । चेम्बर अफ कमर्सका महासचिव डासुराम पराजुलीले ब्यावसायीहरुको तर्फबाट र ऐकनारायण शर्माले कानुन ब्यावसायीहरुको प्रतिनीधित्व गरेकाथिए । हिन्सका बुद्धि बहादुर थापाले सामूदायिक स्वार्थमा सबै नेपाली एकजुट हुनुपर्ने बताएकाथिए ।
दुई घण्टा सम्म चलेको कार्यक्रम निर्धारित समयमा शुरु गरि तोकिएको समयमै समापन गरिएकोथियो । कार्यक्रमको सहजकर्ता संचारकर्मी जेवी पुन मगरले गरेकाथिए ।
भीम थापा मगर