१६ अगष्ट २०११
नागोया सिटिमा जापानका लागि नेपाली राजदुत डा.गणेश योन्जन तामांग कार्य अबधि पुरा भै नेपाल फर्कन लागेकाले एनआरएन टोकाई होकुरिकु जापान , नेपाल आदिबासी जनजाती महासंघ जापान र नेपाली बिद्यार्थी संघ जापानले संयुक्त रुपमा बिदाई गर्यो ।
बिदाईमा टोकाई क्षेत्रमा संगठित विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो । उपस्थित सबैले फूलमाला र खादा ले बिदाई गरेका थिए तर मगर संघ टोकाई जापानका अध्यक्ष श्याम रानाले भने आफ्नो जातीय परम्परा अनुसार उनलाई पगरी (फेटा) कुदाईदिएका थिए । उपस्थित सबैले आ आफ्नो परिचय तथा उनको सफल यात्राको लागि छोटो सुभकामना ब्यक्त गरेका थिए र अन्तमा उनले सबैलाई सम्पर्कमा रहिरहन आग्रह गरेका थिए ।