१४ जुलाई हंगकंग
यहा स्थित विश्वविद्यालयका विद्यार्थीहरु विचमा ल्यान्ड अफ एभरेष्ट नामक निवन्ध प्रतियोगिता राखेको नेप्सटाइम डट कमले उत्कृष्ट दशमा (१). चिई यू यो¨ एलेक्स, हंगकंग विश्वविद्यालय (२). चोय¨ हेङ कान, हंगकंग विश्वविद्यालय (३). डोन्गर पेङ, चाइनिज विश्वविद्यालय हंगकंग (४). गिडिवन चान, चाइनिज विश्वविद्यालय हंगकंग (५). इना कुअक फाई, पोलिटेक्निक विश्वविद्यालय हंगकंग (६). का यान लि, पोलिटेक्निक विश्वविद्यालय हंगकंग (७). अन लिङ छाङ, चाइनिज विश्वविद्यालय हंगकंग (८). सीउ चङ ओङ, चाइनिज विश्वविद्यालय हंगकंग (९). यून वाई कित, चाइनिज विश्वविद्यालय हंगकंग (१०). यून यि कङ, हंगकंग विश्वविद्यालयका विद्यार्थीहरु परेका थिए र उत्कृष्ट दश र दशमध्ये प्रथम हुनेलाई सम्मान गर्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । उत्कृष्ट दशलाई ट्रफी र प्रशंसा पत्र प्रदान गरीएको थियो ।
दष्श मध्ये उत्कृष्ट भएकी पालिटेक्निक विश्वविद्यालयकी मिस का यान लिलाई ट्रफी र प्रशंसा पत्र सहित पुरस्कारस्वरुप ६ दिन ५ रातको नेपाल भ्रमणको ब्यवस्था गरिएकोछ । होटल ब्यवस्था र टिकट साथै माउन्टेन फ्लाइट सहित पोखरा र नगरकोटको पनि भ्रमणमा निर्णायकको भूमिका निर्वाह गरेका नेपालविज्ञ प्रो. जोहन ह्वेल्टन सहित दुई पर्यटन बोर्ड हंगकंगका प्रतिनिधि पनि पठाईने आयोजकले बताएकोछ ।
नेपाल पर्यटन बोर्डस“ग अन्र्तक्रिया गरेर नेपाल पर्यटन बर्ष सफल बनाउन सहयोग गर्ने लक्ष रहेको नेप्सटाइम सोसाइटीका अध्यक्ष विनय शाहले जानकारी दिए । कार्यक्रम अरुणा आले मगर र श्रुतिले सञ्चालन गरेका थिए । प्रमुख अतिथिमा नेपाली महाबाणिज्यदूत बिनोद कुमार उपाध्यय विशेष अतिथिहरुमा आदिवासी जनजाति महासंघका अध्यक्ष एम. वि. थापा मगर, एनआरएनका अध्यक्ष दुर्गा गुरुङ, नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर, हिन्सका अध्यक्ष बद्धि बहादुर थापा लगायत अन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु थिए । नेपाली बाणिज्यदूत किरण शाक्य, जोहन ह्वेल्टन सहितका ५ जना निर्णायकले उत्कृष्ट १० र प्रथम छानेका थिए ।
यहाका बौद्धिक वर्गलाई साथ लिएर हङकङमा नेपाली समूदायबाट यस्तो रचनात्मक कार्य गरिएको यो पहिलो हो ।
भीम थापा मगर