राज्यसत्ता इन्भेष्टिगेटिभ ब्यूरो
यदि पंचायतकालमा गोपाल गुरुङले नेपाली राजनीतिमा अदेखा सचाई पुस्तक लेखेवापत जेल बस्नु नपरेकोभए र २०४६ सालपछि देशको कुनाकन्दरामा पुगी गोरे बहादुर खपाङ्गीले बाहुनवादको नाममा एउटा सिमित जातिले चलाईरहेको राज्यसत्ताको वास्तविक मुहार उदाँगो नपारेकोभए के हुन्थ्यो ?
नेपालमा जनजाति आन्दोलन माथि अध्ययन गरिरहेका सबैले उठाउने र मनन गर्ने प्रश्न हो, यो । आदिवासी महासंघ हङकङ र आदिवासी जनजाति पत्रकार संघ हङकङले आयोजना गरेको एउटा कार्यक्रममा एक जना सहभागीले यो प्रश्न गरेपछि कार्यपत्र प्रस्तोता डा कृष्ण भट्टचनले पहिलोपटक खुलेर इतिहासको सहि मूल्याँकन गरे ।
खपाङगीले तत्कालिन राजा ज्ञानेन्द्रको हातबाट दशैंको टिका थापेपछि हिन्दुधर्मको दलदलमा फसेंका जनजातिलाई दासताबाट मुक्त दिलाउन उनले चालेको आक्रमक दशै बहिष्कार आन्दोलनको हवाला दिदै नेपालका सबै मीडिया र त्यहि मीडियाको लहलहैमा लागेर आदिवासी नजाति नेता देखि लिएर कार्यकर्ताहरुले समेत खपाङगीलाई अछुत बनाई पानी बारेकाथिए ।
खपाङ्गी जस्ता हक्की र साहसी नेता ( २०४६ सालको परिवर्तनको उथलपुथलको बेला ज्यानको प्रवाह नगरि देशको कुनाकन्दरामा पुगी जातीय एकाधिकारको कुरा गर्नु जतिबेला जे पनि हुनसक्ने अवस्था थियो ।) उनले गाँउगाँउका यूवाहरुलाई रातदिन नसुती देशको राजनैतिक अवस्थाबारे प्रशिक्षण दिने गर्थे । यो सबै उनले पैसा कमाउन गरेका थिएनन् । एकजातीय सत्ताको स्वरुप परिवर्तन गरि नेपालको मुहार समतामूलक बनाई समृद्ध बनाउन गरेकाथिए । सत्ताधारी समूदाय र दलका नेताहरु उनको ख्याती र साहसबाट कायल भएकाथिए । तर उनको सामुन्ने मै हुँ भन्ने समेत बोल्न हिम्मत गर्देनथे । उनको पछाडि उनले प्रशिक्षित पारेका हजारौं आदिवासी, दलितहरुको शक्ति थियो । उनी गाँउ गाँउ पुगेर सरल भाषामा बच्चा देखि लिएर बृद्धसम्मलाई बुझ्ने गरि भाषण गर्नसक्थे भने काठमाण्डुका पाँचतारे होटलमा बौद्धिकहरुसंग आँखा जुधाएर बहस गर्न पनि सक्थे । उनको प्रदिप्त ब्यक्तित्वका अगाडि सबै भुसुना लाग्दथे । उनका लागि ज्यान दिन सक्ने हजारौं जनजाति यूवाहरु हरदम तत्पर रहन्थे ।
सम्बोधन गर्दे भट्टचन
तर टिका काण्डपछि उनको जुन किसिमले मानमर्दन शुरु भयो त्यहाँबाट उनलाई अछुत सरह ब्यवहार गर्न थालियो । त्यतिबेला ज्ञानेन्द्रलाई सिक्का चढाएर ढोग्न पुग्ने एमालेका माधवकुमार नेपाल, शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइराला, ढोग्न काठमाण्डु आउन नसकि रोल्पामा ज्ञानेन्द्रलाई बोलाएर कुरेर बसेका माओवादीका प्रचण्ड लगायतका सबै नेताहरु त्यसपछि कहाँ पुगे सबैलाई थाहा छ । उनीहरुलाई मीडिया र बौद्धिकहरुले त्यसलाई तत्कालिन राजनैतिक परिस्थितिको उपज भन्दै सुनपानीले छर्काएर चोखो बनाए तर राजनीति गरेका खपाङगीलाई चाहि त्यहि दलका जनजाति नेताहरुले नै विरोध गर्दे हिंडे । हनुमानहरुको यस्तो रामभक्तीले काम पनि गर्यो । उनी मानसिक रुपले गले, थाके । जिवनभर जनजातिका लागि भन्दै अरुले दिएको रासनपानीबाट गुजार गरिरहेका र मुटुको रोगले झण्डै स्वर्ग सिधार भएका खपाङ्गीको उत्साह मर्नु स्वाभाविक थियो । अरुले मन्त्री हुँदा अकुत सम्पत्ति जोड्छन् तर उनले मन्त्री हुँदा त्यो पनि गर्न सकेनन् । अहिलेपनि शुभचिन्तकहरुको आश्रयमा जिविकोपार्जन गरिरहेकाछन् । उनको यस्तो हालत देखेर आफ्नो जातीय सत्ता केहि समय बच्यो भन्दै सत्ताधारी जाति त खुशी हुने नै भयो । उनलाई मानमर्दन गर्ने कथित जनजाति नेताहरु (हनुमान) पनि खुशी भएकाथिए ।
तर हङकङमा भट्टचनले खपाङ्गीको योगदानको ढिलैभएपनि खुलेर चर्चा गरे । उनले एउटा घतलाग्दो स्मरण सुनाए – “ एक दिन म र वालकृष्ण मावुहाङ विर्तामोडको रेष्टुरेन्टमा खाना खाँदै जातीय राजनीतिका कुरा गरिरहेकाथियौं । हामीलाई सर्व गर्ने एउटा केटा मालिकको नजर बचाउदै हाम्रो कुरा चाख मानेर सुनेको देख्यौं । हामीले किन यसो गरेको भनि सोध्यौं । उसले भत्ताउन थालेपछि जातीय राजनीति सम्बन्धमा हामीभन्दा पनि बढी जानकारी त त्यो केटासंग पो रहेछ । हामीले यस्तो कुरा कहाँबाट सिकेको भनि सोध्दा उ पहिला खपाङ्गीजीको दल जनमुक्तिको कार्यकर्ता हो भनि बतायो । हामी छक्क पर्यौं ।” उनले भने– यदि खपाङ्गीहरुले गाँउगाँउमा गई त्यसरी प्रशिक्षित नगरेकोभए जनजाति आन्दोलन आज यो अवस्थासम्म आईपुग्ने थिएन । ४ महिनाअघि हङकङ आएका लिम्बुवान राजनीतिका चर्चित यूवा नेता कुमार लिङदेनले आफु राष्ट्रिय जनमुक्तिरुपी विश्वद्यिालयबाट दिक्षित भई लिम्बुवानको राजनीति गरिरहेको बताएकाथिए । कुनैबेला खपाङ्गी र उनको दल जनमुक्तिबाट तिखारिएका लिङ्देन जस्ताहरु आज सबै जातीय राजनीतिका शिखर नेता भई बसेकाछन् । लिम्बुवान , खम्बुवान, ताम्सालिङ, माओवादी लगायतका दलहरुमा चर्चित नेताहरु सबै हिंजो जनमुक्तिमा रहि दिक्षित भएकाहुन् । यहि हो खपाङ्गीको उपलब्धि ।
भट्टचनको भनाईमा विश्वकै आदिवासीहरु धेरै पछि मात्र कुरा बझ्छन् । पहिला गर्छन तर त्यो गल्ति रहेछ भन्ने कुरा २० बर्षपछि बुझ्छन् र ज्या भन्छन् । त्यस्तै खपाङ्गीको हकमा पनि भएकोछ । उनले भने – “यदि खपाङ्गी बाहुन क्षेत्री भएकोभए यति बेला प्रधानमन्त्री बनिसक्थे । तर आदिवासी भएको हुनाले एउटा सानो घट्नाले वहाँलाई आदिवासीले नै माफी दिएनन् । यो हाम्रो कमजोरी हो ।” प्रसंगवश त्यतिबेला भट्टचनले एउटा अर्काे कुरा पनि बोलेकाछन् खपाङ्गीको बारेमा । उनी किन मन्त्री खान पुगे होलान् भन्ने सन्दर्भमा,गुरुङ मगर असाध्यै चिसो जात ! उनकै लागि राजनीति गर्दागर्दे जोवन बित्यो तर उनीहरुको अवस्था जहीको तही छ । डेग चल्ने होइन । त्यसले उनलाई फ्रष्टेसन गराएको हुनुपर्छ । मर्ने बेला एकचोटी मन्त्री पनि भै हेरु भनि उनी त्यता लागेका हुनसक्छन् ।
यद्यपि पद पाँउदा पनि नलिई खटिरहेका गोपाल गुरुङ जस्ताहरु पनि सत्ताको कोपभाजन त भै नै हाले हाम्रै मान्छेबाट पनि उपेक्षित छन् । हनुमानहरुका कारण ती त्यसरी अलग्याइएकाहुन् । तर सत्य सधैं कहाँ छिप्छ र । सूर्यलाई हत्केलाले छेक्न सकिदैन । प्रकाश फैलदैछ । उज्यालो फैलदैछ ।जे होस्, नेपाली राजनीतिमा जनजातिमा चेतनाको स्तर बढ्दैछ । भट्टचन जस्ता बौद्धिकहरुले समेत हिंजोको परिघट्नाको सहि मूल्याँकन गर्न थालेकाछन् । यसले संगठित र एकता बनाउन मद्दत पुग्छ । त्यतिभएपछि खपाङगी र गोपाल जस्ता निडर, साहसी र प्रखरवक्ता नेपाली राजनीतिमा दश जना होलटाइमर निस्कने हो भने समतामूलक नेपालको परिकल्पना धेरै टाढा छैन ।
त्यहाँ वाचन गरिएको कार्यपत्र यहाँ छ