लण्डन तनावग्रस्त

Read Time:2 Minute, 40 Second

सन २०१२ को तयारिमा रहेको लन्डन अहिले दिन दिनै संकटग्रस्त बन्दै छ । प्रहरीद्वारा एक व्यक्तीको गोली हानी हत्या गरिएपछि उत्तरी लण्डनको तोत्तेन्ह्याम सिटी  निकै तनावग्रस्त रह्यो । काला जातिको बाहुल्य रहेको उक्त क्षेत्र अहिले निकै तनाव ग्रस्त अवस्थामा रहेको छ । २९ बर्षीय काला जाति मार्क दुगन नामक व्यक्तीको ६:१५ बजे स्थानिय समय अनुसार गोली हानी हत्या गरेको बिरोधमा उक्त क्षेत्रमा प्रर्दसन गरिएको थियो ।

उक्त घट्नामा २६ पुलिस अफिसर लगायत थुप्रै घाइते भएको जनाइएको छ भने थुप्रै घरपसल ,सवारी साधनहरुमाथी आगजनि गरिएको छ । उक्त घट्नामा ४२ जना प्रर्दसनकारी समातिएका  छन् । प्रहरीका अनुसार मार्क दुगन हातहतियारमा सङ्लग्न रहेको र उनलाई पक्रन खोज्दा दोहोरो भिडन्तमा गोली लागि मरेको जनाएको छ । त्यस माथि  द इन्डिपेन्डेन्ट पोलिस कम्प्लैन्त कमिसनले अनुसन्धान सुरु गरेको छ । उनका केही साथीका अनुसार उनका आफ्न्तको एक रात्री क्लब्मा गत मार्च महिनामा हत्या गरिदिएपछि उनी निक्कै क्रुद्ध बनेका थिए । तर पनि त्यति खतरनाक गतिबिधिमा सङ्लग्न  नरहेको  जानकारी दिएकाछन् ।

सो घट्नाले निम्त्याएको प्रर्दशनमा धेरै घर पसल ,सवारी साधनको क्षति हुनुका साथै धेरै ठाँउमा लुट्पात पनि मच्चिएको जनाइएको छ । प्रत्यक्षदर्शीका  अनुसार यो घट्ना निकै भयानक भएको जनाउदै आफू लन्डनमा नभई सिरियाको लडाईमा रहेको जस्तो अनुभुती भएको जनाएका छन् भने कसैले युद्ध क्षेत्र जस्तो भएको प्रतिक्रिया दिएका छन् । उक्त घट्ना प्रति खेद व्यक्त गर्दै स्थानिय सँसद डेविड ल्यामी द्वारा निकै दुक्खी भएको र  यसको अनुसन्धान गरि उपर्युक्त कदम चालिने जनाएका छन् । सन १९८५ पछिको सबै भन्दा ठुलो हुलदंगा भएको जानकारी दिइएको छ । उक्त घट्नामा एक प्रहरीको हत्या गरिएको थियो ।

चजिन्द्र राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %