७ अगस्ट
भर्खरै गठन गरिएको नेपाल आदिवासी जनजाति पत्रकार संघ हङकङ सम्बन्धमा हङकङ नेपाली पत्रकार संघका अध्यक्ष तथा एभरेष्ट साप्ताहिकका सम्पादक किसन राईले भ्रम श्रृजना हुनेगरि सम्पादकिय लेखेपछि यहाँ स्थित आदिवासी पत्रकारहरु क्रुद्ध भएकाछन् । सम्पादकियमा अनिज हङकङ नेपाली पत्रकार संघको इष्र्या गरि खोलिएको र त्यो खोलिनुमा षड्यन्त्र रहेको उल्लेख छ । किरात राई यायोक्खाका अध्यक्ष समेत रहेका राईले जनजाति आन्दोलन र जनजाति पत्रकारको हितार्थ खोलिएको संस्थालाई किन त्यस्तो आरोप लगाए भन्ने बारे अनिज हङकङले बैठक गरि ब्यापक छलफल गरेकोथियो । जबकी उनले गत साल राई पत्रकारहरुको संस्था किरात पत्रकार संघ गठन गर्न प्रमुख भूमिका निर्वाह गरेकाथिए । उनी आदिवासी जनजाति महासंघ हङकङका सक्रिय नेता पनि हुन् । उनलाई आदिवासी महासंघ हङकङले आदिवासी बर्ष पुरुषको सम्मान समेत प्रदान गरिसकेकोछ । बरु उल्टै उनले अनिजको गठनमा षड्यन्त्र देख्नुलाई ठूलो षड्यन्त्र छिपेको हुनसक्ने बैठकमा छलफलको क्रममा उठाइएको थियो । किनकी केहि सहभागीहरुको भनाईमा उनले गत साल अनिजका उपाध्यक्ष डम्मरकृष्ण श्रेष्ठ हङकङ आँउदा उनको रोहबरमा अनिजको शाखा खोल्न मरिहत्ते गरेकाथिए ।
हङकङमा रहेका दुईटा साप्ताहिकका प्रकाशक/ सम्पादक जनजाति मूलका हुन् । आधा दर्जन भन्दा बढी न्यूज पोर्टल मध्ये ९९ प्रतिशत जनजाति पत्रकारहरुले नै संचालन गरिरहेकाछन् र त्यसमा काम गर्नेहरु पनि सबै जनजाति मूलकै हुन् । अनिज गठन भएपछि पत्रकार जति आफ्नो नियन्त्रण बाहिर जाने डरले राईले त्यस्तो भ्रम श्रृजना गर्ने सम्पादकिय लेखेको बिश्लेषण गरिएकोथियो । तर नेपालमा अनिज र पत्रकार महासंघको आ– आफ्नै लक्ष्य र उद्देश्य रहेकोले यहाँ पनि ती दुई संस्था भिन्न हुन् भन्ने कुरा राईले नबुझेकोमा चिन्ता ब्यक्त गरिएकोथियो । अनिज हङकङका सचिव तथा मुलबाटो डटकमका सम्पादक अधिराज राईको भनाईमा ‘ पत्रकार संघले विशुद्ध ब्यावसायिकताको मात्र कुरा गर्ने हुनाले त्यहाँ जो पनि अटाउन सक्छन् । तर अनिजले ब्यावसायिकता संगै नयाँ नेपालमा भैरहेका समावेशी, गणतन्त्र र संघीयता जस्ता गम्भीर विषयमा पनि काम गर्नुपर्ने हुनाले यसको संवेदनशीलता झन बढी छ । यहाँ जनजाति पत्रकार मात्र अटाँउछन् ’ उनी भन्छन्, ‘ हामी पत्रकारिता मात्र गर्देनौ । सामूदायिक मुद्दामा पनि बहस र लविङ गर्छाें । यस्तो कुरा बुझिदिएकोभए यस्तो विवाद ल्याउने दुष्प्रयास हुने नै थिएन ।
भीम थापा मगर
अर्नगल सम्पादकिय लेखिएपछि अनिज हङकङको अपिल