सिमित जाति मात्र नागरिक अरु सबै ‘अ’ नागरिक !

Read Time:6 Minute, 55 Second

राज्यसत्ता इन्भेष्टिगेटिभ  ब्यूरो
नेपाली राजनीतिमा हस्तक्षेप गर्न सक्ने केहि ब्यक्तिहरुको नाममा प्रसारित बक्तब्यले अहिले पत्रपत्रिकाका पाना रगिंएकाछन् । तिनले दलहरुबीच सहमति भएको भनिएको ५ बुँदे कार्यान्वयन गराउन दवाव दिन उक्त बक्तब्यबाजी गरेकाहुन् । त्यसभित्र देश संचालन गर्ने जिम्मा लिएका नेताहरुलाई यो गर उसो गर भनेर पाठ पढाइएकोछ । होमवर्क गर्न दिइएकोछ । पढेर यस्तो लाग्छ मानौ ती कथित नागरिक  समूहले नै देश संचालन गर्छन । दवाव बनाउछन् र राज्यका नीति नियम तय गर्छन् । कम्तिमा पनि त्यो सन्देश त्यो लिखत मार्फत दिन खोजिएकोछ । त्यसमा आग्रह छ- हाम्रो कुरा सुनिनुपर्छ । हामीले भनेको तिम्ले मान्नुपर्छ ।
त्यसरी पढाउने मास्टरसापहरु यी हुन्-
संयोजक कुलचन्द्र गौतम, सहसंयोजकद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र सदस्यहरु, सुरज बैद्य, शिव गाँउले, प्रेमबहादुर खड्का, अम्बिका श्रेष्ठ, सुशिल प्याकुरेल, कनकमणि दिक्षित ।

यी नेपाली जनताका ठेकेदार हुन् । तिनका लिखतले त्यहि बोल्छन् । अचम्म के छ भने यत्रो ठुलो र महान दवाव दिने नागरिक समूहमा भने सबै टाठाबाठा, काठमाण्डुका सुकिलामुकिला र सबै उच्च जातिहरुको समूह छ । यस्तो लाग्छ, उपदेश दिने, सुझाव पेश गर्ने र राज्यसंयन्त्रलाई पढाउने काम यी केहि निश्चित जातिको मात्र हो । हिन्दु धर्मशास्त्र जसका आधारमा हिंजो नेपालको कानुन बन्यो, त्यसमा शिक्षा दिक्षा दिने बाहुन हुन् भनिएकोछ । त्यसमा एकछत्र अधिकार उसैलाई छ । तर यो कथित नागरिक समूहमा नेवार र क्षेत्रीलाई पनि राखिएकोछ । किनकी आधुनिक युगमा यी दुई जाति पनि नेपालमा बलिया भएकाछन् । खाएर मोटाएकाछन् । सुकिला भएकाछन् ।
स्वाभाविक हो, हिजो देशलाई लुट्नेमा पर्दा पछाडिबाट बाहुन् हुन् । उनीहरु २०४६ सालबाट त बाहिर खुलेर आएका मात्र हुन् । उनीहरु हिजो राणाकाल, राजाकाल सबैमा पर्दा पछाडि बसेर आफ्नो जातिलाई मोटा र बलिया बनाउने कर्ममै लागे । उनीहरुलाई शिक्षा दिक्षा उपदेश दिएर देशलाई यहाँ पुर्याए । आफु बलियो भएपछि तिनलाई  मिल्काइदिए । अहिले त्यहि ठाँउमा आफु आएकाछन् । गजम्म फुलेर बसेकाछन् ।
क्षेत्री त हिजो उपयोग गरिएका राजाका सन्तान अर्थात बिष्णुका अवतार नै भए । श्रेष्ठ जस्तो नेवार भित्रको बाहुन समूदाय पन्चायतकालमा प्रशासनमा राम्ररी जमेको पनि हो । अहिले पनि राम्रै छ ।  प्रशासन र ब्यापार हेर्ने नेवार वैश्य चाहियो नै । पैसा बिना कसरी हुन्छ र जातीय सत्ता बलियो । त्यसैले सुरज बैद्य र अम्बिका श्रेष्ठ जस्ता राजधानीका सुकिला ब्यापारीलाई समूहमा पारिएको होला । एकजना जोकर नेवार पनि नभएका होइनन् जसलाई पैसा दिए जता नाच भने पनि नाच्दिन्छन् । हास्यब्यग्य मार्फत समाज परिवर्तन गर्ने ढ्वाङ फुक्ने यी जोडीले डलर पचाउन जे पनि गरेका उदाहरण हाम्रा सामु छन् । यिनलाई सहसंयोजक राखिएकोछ । तर जोकरको महत्व के हुन्छ भन्ने सबैले बुझेकै कुरा हो । राख्नेले त्यहि बुझेरै यीनलाई राख्याछन् ।
जातीयता र संघीयकरणमा आफ्नो समूदायको चर्काे पक्ष बोक्ने पूर्व संयुक्त राक्ष्ट्रसंघका भूपू कामदार कुलचन्द्र गौतमलाई संयोजक बनाइएकोछ । उनले कसको स्वार्थमा काम गर्छन् भन्ने कुरा उनका लेख पढे थाहा भैहाल्छ । सदस्यहरुमा कनक दिक्षित , शिव गाँउले ( कोइराला) जस्ता जनजाती राजनीतिका विरोधिहरु सक्रिय छन् । अमेरिकाको पैसा बिना केहि नगर्ने सुशिल प्याकुरेल अर्का प्रख्यात मानव हुन् जसले जनजाति अधिकारलाई कुनै बेला विखण्डनकारी भनेर भाषणै ठोक्थे । यस्ताहरु नागरिक समाज ?  यीनले के र किन यो समूह बनाएर काम गरिरहेकाछन् ? कसको स्वार्थमा गरिरहेकाछन् भन्ने कुरा यीनका चरित्र बुझ्ने सबैलाई थाहा भएकै कुरा हो ।
यिनले पुराना पण्डाले जस्तै दलित, मधेसी, जनजातिलाई मान्छे नै गन्दैनन्  भन्ने कुरा त यो समूहमा बस्नेहरुको नामले नै देखाएकोछ । अप्रत्यक्ष रुपमा यो समूहले नागरिक भनेका यहाँका केहि जातीय समूहहरु हुन् अरु सबै अ नागरिक र असभ्य हुन् भन्ने सन्देश प्रवाह गर्न खाजेकाछन् । तिनले नागरिक अधिकारका मात्र वकालत गर्छन् । अमेरिका र  इण्डियाले पनि नागरिककै लागि दिन्छ बोल्न पैसा । अ नागरिकका लागि यिनले नबोल्नु स्वाभाविक नै हो । तर कुनै एउटा दुईटा टाठाबाठा अ नागरिक पनि भेट्टाएनचन र क्या हो ! राखेका त कम्तिमा हाम्ले पनि त यति लेख्न पाउथेनम नी । त्यस्ता हनुमानहरु खोजे नभेटिने होइनन् । तर तिनलाई त्यो राख्न जरुरी नै भएन ।
तिनलाई आफ्ना आराध्यदेवले  कहिले होला सदबुद्धि दिने ! श्री पशुपतिनाथले यीनको रक्षा गरुन !!

माड्सापहरुले के पढाएकाछन् यहाँ पढ्नोस् :

पहिलो उपदेश

दोश्रो शिक्षा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %