बेलायतमा पनि मनाइने भो आदिवासी दिवस

Read Time:1 Minute, 35 Second

१७औ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ  बेलायतले पनि उक्त दिन एक कार्यक्रमको आयोजना गर्ने भएकोछ ।
नेपाल आदिवासी जनजाति महासघ बेलायतले १७औ बिश्व आदिवासी दिवसलाई सफल बनाउन  सम्पुर्ण आदिवासी जनजाति संघ संस्था ,भु पु गोर्खा हरुको संघ संस्थाका प्रतिनिधि ,सल्लाहकार लगायत सम्पुर्ण बेलायतवासी आदिवासी जनजाति ,शुभचिन्तकहरु लाई  उपस्थित हुन आह्वान गरेको छ । उक्त अवसरमा आदिवासी दिवसको औचित्य र नेपालको सन्दर्भमा आदिवासी जनजातिको अवस्था र उनिहरुको बिकास को लागि के कस्तो भूमिका खेल्न सकिन्छ भन्ने बारे प्रकाश पारिने बताइएको छ ।  उपस्थित महानुभावहरुको  राय सुझावको  मनन गरिने बताइएको छ।
सन  २००९ मा स्थापित आदिवासी जनजाति महासघ बेलायतले विश्व आदिवासीको सन्दर्भ पारेर उक्त दिव्स मनाउन लागेको दोश्रो पटक हो । उक्त कार्यक्रम ९ अगस्त २०११ का दिन अल्दोर्शोत स्थित भेटघाट रेस्टुरामा स्थानिय समय अनुसार बेलुकीको ५ बजे बाट सुरु हुने जनाइएको छ ।

चजिन्द्र  राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %