राज्यसत्ता इन्भेष्टिगेटिभ ब्यूरो
नेपाली राजनीतिमा पछिल्लो समय राज्यसत्तामा सधैं बाहुन जातिको मात्र किन शासनब्यवस्था चल्दै आइरहेकोछ भन्ने प्रश्नको उत्तर खोज्न शुरु गरिएकोछ । जनजातिको राज्यसंयन्त्रमा प्रतिनीधित्व नभएको भन्दै सत्ताधारी जातिलाई सरापिरहेका हुन्छौ । आन्दोलन पनि भैरहेकाछन् । तर त्यहाँ पुग्न के ले छेकेकोछ जनजातिलाई ? भन्ने बुझ्न चाहि हामीलाई खुब खुल्दुली लाग्यो ।
साथै, किन बाहुन अगाडि जनजाति पछाडि भन्ने उत्तर पनि सम्बन्धित समूदायबाटै सुनौ न भन्ने पनि लाग्यो । हामीले सम्बन्धित दुईटा समूदायका ब्यक्तिहरुसंग अन्र्तवार्ता गरि तयार पारेको यो सानो अध्ययनले केहि कुरा खोतल्न खोजेकोछ । तपाईको लागि पनि उपयोगी होला भनि यहाँ राखिएकोछ ।
हामीले भेटेका एकजना चर्चित बाहुन नेता (नाम खुलाउन नचाहने ) को बुझाई यहाँ राखेकाछौं । उनलाई भेट्न हामी उनकै निवास्थान पुलचोक पुगेकाथियौं । हामीले उनीसंग बाहुनले किन संसारै ढाकेका होलान् ? भनि प्रश्न गरेकाथियौं । उनको भनाईमा सरापेर, आफुलाई चिथोरेर शासनसत्ता आउनेभए बाहुनहरु अहिले मन्दिरमा घण्टी बजाइरेहका हुन्थे । घरघर जजमानी गर्दे हिंडिरहेको हुन्थे । किनभने उनीहरुको पुख्र्याली पेशा हो त्यो । तर त्यसो नभएर उनीहरु आज राज्यसंयन्त्रका हरेका ठाँउमा जमेर बसेकाछन् । दलमा उनीहरुकै नेतृत्व छ । ब्यावसायमा उनीहरु नै अगाडि छन् । संचारमाध्यममा लगानी गर्ने र पत्रकारिता गर्ने पनि उनीहरु नै बहुसंख्यक छन् । बुद्धिजिवी, मानवअधिकारकर्मी पनि उनै हुने नै भए । यसका निम्ति बााहुन समूदायले लामो संघर्ष गरेकोछ । मेहनत गरेकोछ ।
उनको भनाईमा त्यति मात्र होइन दलितको मात्र भनिने पेशामा बाहुनको हस्तक्षेप भैसक्यो । बाहुनले दमाहा बजाउन र शहनाई फुक्न थाले । लुगा सिउने मेशीन चलाउन उहिल्यै शुरु गरेकाहुन् । आरनमा बस्न थालिसके । शेर्पाको मात्र खुबीको रुपमा ब्याख्या गरिने सगरमाथा चढ्न थाले । कट्टर जातिवादी भनिने तिनले सबैभन्दा बढी अन्र्तजातीय विवाह गरेकाछन् । अर्थात जनजाति र दलितका चेली उडाइदिएकाछन् ।
जनजातिहरुले विदेशी नोकरीलाई आफ्नो बपौती ठान्थे । त्यसमा पनि बाहुनहरुको वर्चश्व बढ्न थालिसक्यो । झन ठाँटले बसेकाछन् उनीहरु त्यहाँ पनि । हङकङ, यूके, अमेरिकामा ब्यापार गरेर र राम्रो स्थानमा नोकरी गर्ने जनजाति हैनन् उनीहरु नै छन् । विदेशको सेना र प्रहरीमा पनि उनीहरु फैंलदैछन् । अमेरिकी सेनामा राम्रो पद पाएका पूर्व नेपाली नायक सरोज खनालका जेठा छोरा त्यसको उदाहरण हुन् । कुन दिन बाहुन सेनाका जवानले भीसी पायो रे भन्दा अचम्म नमाने हुन्छ । सबैभन्दा कायर जात भनेर जिस्काइने बाहुन नेपाली सेना र प्रहरीमा सबैभन्दा बढी छन् । सबै अधिकृत उनीहरु छन् । ल ठिकै छ त्यसमा त सोर्सफ ोर्स लागेर खाए रे माओवादीको छापामारहरुमा पनि बाहुनकै बाहुल्यता देखियो ।
उनको भनाई सुनेपछि हामीले आफैलाई आखिर जनजाति छन् कहाँ त भन्ने प्रश्न गर्यौं ? तिनले के गरिरहेकाछन् ? खोज्न थाल्यौ । जातीय संस्था बनाएर झ्याउरे नाचिरहेका छन् कि ? भट्टीमा हार्ड ड्रिकको चुस्की लिदैं भाषण पो गरिरहेकाछन् कि ? तर होइन रहेछ हाम्रो त्यो सोंचाई गलत रहेछ । खोज्दै गर्दा हामीलाई लागेको एउटा अचम्मको पात्र भेट्यौं । मीडिया पढ्छु भन्दा डाक्टर इन्जिनियर पढ नत्र विदेश जा भनि घरबाट पैसोको बिटो थमाएर घरनिकाला गरिएका एक जना भूपू ब्रिटिश अफिसर्सका छोरा कमलादीको एउटा कफी सपमा भेट्यौं । उनले विदेश जान दिएको पैसा बोकेर पोखराबाट काठमाण्डौ आई आफुलाई मन परेको बिषय पत्रकारिता पढिरहेका रहेछन् ।
हामीले उनलाई जनजातिले बाहुनको तुलनामा किन प्रगति गर्न नसकेका होलान् ? भनि प्रश्न राखेकाथियौं । उनको जवाफले हामी स्तब्ध भएकाथियौं । उनका भनाईमा जनजाति जान्ने बुझ्ने भनिएकाहरु एउटा दुईटा शब्द कोरेर र दुई तीनवटा शब्द ओकलेर मख्ख परेर बस्छन् । अब के गर्न ? आफुले गरेको काम र बोलीले विपक्षीलाई के असर पार्यो ? अब के रणनीति लिने ? भन्ने कुरा कल्पनै गर्देनन् । कसरी बौद्धिक युद्धमा सफल हुन्छन् जनजाति ? विदेशमा कुल्ली पाले गरेर दुईचार पैसा जोरेर संसार जिते भनि छाती फुलाएर हिड्ने जनजातिहरुलाई यस्तो प्रश्न ती नशाले मदमत्त नभएको मौका छोपी गर्न उनको सुझाव थियो । किन नी ? हाम्रो जिज्ञासा थियो । रक्सी पिएपछि ती आफुलाई बादशाह नै ठान्छन । त्यतिबेला तिनको दिमाग हैन मसल सक्रिय हुन्छ, त्यसैले जे पनि हुनसक्छ । तर नखाएको बेला भिजेको मुसा जस्तै बसिरहेकोबेला सोध्नुपर्छ । किनभने त्यतिबेला तिनको अलिअलि गिदी सल्बलाउन थालेको हुन्छ ।
ती यूवाको भनाईमा नेपालमा मात्र हैन विश्वको जुनै ठाँउमा गएपनि प्रगति गर्न सक्ने बाहुन र कतै सफल हुन नसक्ने जनजातिबीच तुलनात्मक अध्ययन हुन जरुरी छ । तर उनको आफ्नै तर्क रहेछ जुन हामीलाई सुनएा । किन यो स्तरको असमानता छ ? यहाँ चेतनाको स्तरले ठूलो काम गरेको देखिन्छ । बाहुन जन्मनासाथ पुस्तैनी रुपमा आफुसंग आएको राजनैतिक संस्कारलाई हुर्काउदै जान्छ । त्यसमा अभिभावकको सहयोग पाँउछ । राजनीति बुझेका मान्छेलाई शिक्षाको महत्व थाहा हुन्छ । सामाजिक उठबस उसले बुझिसकेको हुन्छ । उसले त्यहि गर्छ । त्यसकालागि जे पनि गर्न सिकाइन्छ । मेहनत, षड्यन्त्र सबै उसले सिक्न थाल्छ । ब्यवहारले उ पाक्दै जान्छ । तर त्यसको ठिक उल्टो जनजातिको बच्चालाई जन्मनासाथ गरगहनाले सिगार्न थालिन्छ । शिक्षा हैन उसको मगजमा पैसाको नशा ठुस्न खोजिन्छ । रक्सी र मासुको महिमा पढाउन थालिन्छ । सामाजिक कार्यमा हिड्दा घरमा थुनिन्छ । बिग्रन्छ भनि होस्टलमा राखिन्छ । तर साथीहरुको डिस्को पार्टीमा जान भने उल्टै पैसा पेलेर प्रोत्साहित गरिन्छ । यसरी उसले श्रम र पैसाको मूल्य बुझ्दैन । सामाजिक कार्यमा नहिंडेपछि राजनीतिको क ख रा पनि सिक्दैन । होस्टलमा पढ्छ तर त्यसको दिमाग रचनात्मक हुदैन । लाटा भएर निस्कन्छ । उसको उद्देश्य नै जिन्दगीमा एउटा नोकरी गरेर जिविका चलाउने ध्याउन्नमा मात्र हुन्छ । उ रिस्क उठाउन डराउछ ।
यस्तो भएपछि उसले रिस्क हुने ब्यापार, मीडिया, नेता, लोकसेवा जस्ता नयाँ कुरामा कहिल्यै सोंच्न सक्दैन । तर यसको उल्टो बाहुनले यीनै कुरामा आफ्ना बच्चालाई प्रशिक्षण दिदै आइरहेको हुन्छ । सत्ता र राजनीति भन्दा ठूलो केहि हैन भन्ने सिकाँउछ । तर तासको पट्टीलाई मात्र सत्ता भनेर बुझ्ने जनजातिका अभिभावकले राजनीतिलाई दुश्मनकै रुपमा बुझाउन थाल्छन् । राजनीति बुझ्ने र गन मान्छे हरेक कुरामा सचेत र सजग हुन्छ भन्ने कुरा बिचरा उसलाइ न हिंजो उसको अभिभावकले सिकाए न उसले आफ्ना सन्तानलाई सिकाउस् । त्यहि भएर आज विश्वभरी छरिएर रहेका जनजाति र बाहुन समूदायबीच आकाश जमीनको फरक छ । देशमा बाहुनले बस्न खान दिएनन् भनेर विदेश भाग्ने जनजातिहरुले विदेशमा पनि के तिनलाई जित्न सकेकाछन् ? तैपनी तिनलाई यस्तो कुराले कहिल्यै छुदैंन । किनकी ति बिचरा राजनीतिको कखरा नै बुझ्दैनन् । यो नबुझेपछि दिमाग चल्दैन । दिमाग नचलेपछि हातखुट्टा र मुख बढी चल्छ । त्यसले पशुको श्रेणीमा ल्याइदिन्छ । हातमुख त कुकुरले पनि जोड्छ मान्छे भएपछि त दिमागले चल्नुपर्छ पेटले हैन भन्ने कुरा जनजातिका अधिकांशले अझै बुझेकाछैनन् । उनले कवि भूपी शेरचनको कविता यसो भन्दै सुनाए ः यो कविता भूपीले वास्तवमा जनजातिलाई लाग्ने गरि लेखेकाहुन् । उनले त्यसै भनेकाथिएनन्, ‘हामी बुद्धु छौ र न बहादुर हौं ।’
दुईको कुरा सुनिसकेपछि हामीले निकालेको निष्कर्ष यस्तो छ । बाहुन र समग्र जनजातिलाई तौलदा पनि बाहुन नै भारी देखिए । उसोभए के जनजाति चेतनाको हिसाबले अझै जंगली युगमै छन् त ? त्यो नाप्ने बिचार गर्यौं । चेतनाको स्तर नाप्न हामीहरु शिक्षा मन्त्रालयका कोठा चहार्यौ । त्यहाँ पुगी नेपालका जातजातिका शिक्षास्तर हेर्यौं । अवस्था दयनीय देखियो । नेपालमा कुन जातिको शिक्षा कस्तोछ भन्ने कुरा तल दिइएकोछ । जो बढी बाठो छन् त्यहि जाति बढी पढेको देखिन्छ । पढाइएको छ , बच्चालाई । अर्थात यसरी पनि बुझ्न सकिएला, जुन जाति बढी शिक्षित छन् तिनले नै सत्तामा बढी भाग पाएकाछन् । ल तलको तथ्याँक हेर्नाेस र तपाई आफै पत्ता लगाउनोस् तपाई कहाँनेर हुनुहुन्छ ।
शिक्षामा जातीय अवस्थाः को बढी साक्षर ?
उच्च जातीय समूदाय
जैनः ९३.९४ प्रतिशत
मारवाडीः ८९.३१
कायस्थः ८२.०५
ठकुरीः ७५.६६
पहाडे बाहुनः ७४.९०
बंगालीः ७२.५१
नेवारः ७१.२१
हेम्लोः ७०.७०
राजपुतः ७०.३३
जनजाति समूदाय
थकालीः ७५.६६ प्रतिशत
दुरा ६३.२६
राई ५८.१९
गुरुड. ५९.७९
लिम्बु ५९ .७९
मगर ५५. ९०
थारु ४७.१२
तामाड. ४५.०४