बेलायत
स्कत्ल्यान्ड एसायरका दम्पती क्रिस र कोलिन वेरले प्राप्त पाउन्ड १६१,६५३,००० धनरासी हिजो शुक्रबार एक होटेलमा सार्वजनिक गरिएको थियो । उनीहरु अहिले खुशी बाड्न व्यस्त छन् ।
३० बर्षको लामो वैवाहिक जीवन बिताएका यी जोडीको तत्काल ठुलो योजना नभएपनी च्यारिटी संस्था खोल्ने र आफ्ना दुई सन्तानलाई केही उपहार दिने सोचमा छन् । उनिहरु भ्रमणको लागि चीनको ग्रेटवाल ,अष्ट्रेलिया ,थाइल्यान्ड कम्बोडिया आदि देश हरु जाने बताइएको छ । ६४ बर्षिय कोलिनले २३ बर्ष सम्म टेलिभिजन क्यामेरामेनको रुपमा काम गरेका थिए तर बिरामी परेपछि काम त्यागेका थिए । उनी भन्छन् ुयो कुनै सपना जस्तो लागेको छ, हामी धेरै खुशी छौ यो खुशी हामि हाम्रा बच्चाहरु सँग बाड्न चाहन्छौ । यो हाम्रो जिन्दगीको नयाँ सुरुवात हो, नयाँ मौका हो ।ु
उनकी ५५ बर्षिया पत्नी क्रिस पूर्व मनोचिकित्सक नर्स हुन् ।
उन्को योजना कुनै रमणिय ठाँउमा घर किन्ने छ । उनी भन्छिन ूहामी सधै जसो टी भी हेररे बसिरहेका थियौ । म लटरीको नतिजा प्रकासित नहुदा सम्म त्यहि बसिरहेकोथिए । जब नतिजा आयो मलाई बिश्वासै लागेन । चार पाँच पटक नंबर जुधाएपछिबल्ल कोलिन लाई देखाउन गए । उनले मेरो अनुहारबाटै केही भई रहेको चाल पाए । हामी रातभर बिहानीको पर्खाइमा बस्यौ । हामी यति अचम्भित र खुसी थियौ की केही सोच्नै सकेका थिएनौ ।
यो ज्याक्पोट संगै उनीहरु अहिले रातारात बेलायतको ४३०औ धनी व्यक्तिमा पर्न सफल भएका छन् ।नामुद फूटबल खेलाडी डेविड वेख्याम भन्दा केही तल परेकाछन् जसको सम्पत्ती १६५ मिलियन पाउन्ड रहेको छ । उनीहरुले त्यो दिन लक्की दिप नम्बर छानी ५ वटा टिकट काटेका थिए । उनिहरुले १७,१९,३८,४२,४५, र लक्की नम्बर ९ र १० छानेका थिए । जुन नंबरले उनीहरुलाई राता रात मिलिनियर बनाउन सफल भयो ।
युरोमिलियन युरोपियन देशहरुको संयुक्त भाग्यशाली चिट्ठा खेल हो जुन ७ फ्रेब्रुअरी २००४ देखि प्राम्भ गरिएको थियो । सुरुमा ब्रिटेन ,फ्रान्स ,स्पेन मात्र रहे पनि पछि आइरिस ,पोर्तुगल आदि देशहरु पनि सामेल भए । यसको नतिजा हरेक मंगलबार र बुधवारको राती सार्वजनिक गरिन्छ । यो टिकटको प्रतिगोटा साधारनतया ब्रिटेन पाउन्ड २ पर्दछ ।
डा चजिन्द्र राना मगर