‘विना वर्दीका प्रहरीको सहयोग विना प्रहरीले मात्र केहि गर्न सक्दैन’- एआइजी केवी राना मगर

Read Time:9 Minute, 35 Second

क्स्क्लूसिव भलाकुसारी

राज्यसत्ता ब्यूरो
देशमा एकजातीय सत्ताका मतियारहरु किन बुरुक्क बुरुक्क उफ्रिरहेकाछन् भन्ने रामकहानी बुझ्न २०४६ सालपछिको परिवर्तनलाई अध्ययन गर्नुपर्छ । मै खाँऊ मै लाँऊ भन्ने यी हाँडीघोप्टे जाति जसले राज्यसंयन्त्र अन्य जातिको हातमा नजाओस् भन्दै विभिन्न दलका नाममा घुमाईफिराई आफ्नै पोल्टामा राख्ने गरेकाछन् । हरेक ठाँउमा त्यहि छुद्रता देखाइरहेकाछन् ।तर अन्य पछाडि पारिएकाहरुमा शिक्षा र हरेक ठाँउमा भएको पहँुचले यस्तो चेतना बढेकोछ कि तीनले चाहेर पनि त्यो बेगलाई थाम्न सकेका छैनन् ।
भलै समूदायका लागि कामै नगरुन तर मधेसीले राष्टपति र उपराष्टपति पाएकोछ । जनजातिले सभामुख र सेनाप्रमुख पाएकोछ । त्यसै मेसोमा अब अर्को साल हुने प्रहरी प्रमुखका लागि पनि जनजाति उम्मेदवार तयार भएर बसेकोछ । केवी अर्थात कुवेरसींह राना मगरलाई त्यसका लागि सिंगारिइसकिएकोछ ।
तर केहि साम्प्रदायिक जत्था जसले जनजातिको हातमा कुनै पनि हालतमा सत्ताको प्रमुख पद नजान दिन षड्यन्त्र गर्दे आइरहेकाछन्, उनीमाथि पनि त्यसको षड्यन्त्र शुरु भैसकेकोछ । अनावश्यक र झुठा बहानामा उनको स्वच्छ र इमान्दार छविमा भ्रष्टहरुले कालिख पोत्न थालेकाछन् ।
८ असार २०६८ मा प्रहरी अतिरित्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका कुवेरसिँह राना मगर प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहको अवकाशपछि  महानिरीक्षक बन्ने लगभग निश्चित छ । यद्यपि यति ठूलो राजनीतिका बावजुद राना मगरको सक्षमता र योग्यताको अगाडि जातीवादी शासकहरुको ठूलो षडयन्त्र समेत कमजोर देखिएको छ । जसरी यसअघि हालका सेनाप्रमुख छत्रमान गुरुङमाथि यस्तै षड्यन्त्र बुन्ने प्रचण्ड र झलनाथको  प्रयोग विफल भएकोथियो । तिनै भावि प्रहरी प्रमुख एआइजी रानालाई राज्यसत्ता डटकमले उनको कार्यकक्षमै भेटेर देशको शान्ति सुरक्षाको अवस्था र प्रहरी प्रशासनको स्थितिको बारेमा
भलाकुसारी गरेकोथियो ।

भलाकुसारीको क्रममा रानाले आफ्नो ब्यावसायिक दक्षता कसरी उपयोग गरि देशमा बढिरहेको अशान्ति र अराजकतालाई नियन्त्रणमा ल्याउने भन्ने  ध्याउन्नमा देखिन्थे । एकातर्फ आपराधिक जत्थाहरु बढिरहेका  र अर्कोतर्फ दलकै युवा संगठनहरुको गुण्डागर्दीले आक्रान्त भैरहेको शान्तिसुरक्षा लाई ठाँउमा ल्याउने चुनौती उनको काँधमा छ । तैपनी उनी यो चुनौतीलाई सहि रुपमा ब्यवस्थापन गर्न संभव छ भन्ने ठान्छन् । उनी भन्छन्,  
‘जवरजस्ती चन्दा असुली, फिरौटी, धम्की, चोरी, गुण्डागर्दी, हप्ता असुली आदि शान्ति सुव्यवस्थाका प्रमुख चुनौति हुन । त्यो सँगै बढी रहेको संगठित अपराधले थप समस्या थपेको छ । शहरमा रातमा हुने व्यावसायबाट हुनसक्ने अवान्छित क्रियाकलाप, राष्ट्रिय तथा अन्तराष्ट्रिय चलखेल पनि शान्तिपूर्ण वातावरणका बाधक हुन् । मुलुकमा स्थायी शान्ति कायम हुन बाँकी रहेको र संक्रमणकाल यथावत रहेकाले उत्पन्न हुने चुनौतिको पनि प्रहरीले सामना गर्नुपरेको छ ।  यसलाई ठाँउमा ल्याउने मेरो पहिलो दायित्व हुनेछ ।’

त्यसो त प्रहरी प्रमुखको लाईनमा खडा हुने उमेदवार सबैले भट्याउने नारा जस्तै हुन् यी शब्द तर रानाको बोलीमा किन दम छ भने उनी जे भन्छन् त्यहि गर्न सिद्धहस्त र प्रतिबद्ध छन् । उनको लामो प्रहरी काललाई नजिकदेखि नियालिरहेकाहरुको बुझाईमा उनी आफ्नो काविलियत देखाउदैनन् कर्ममा अभिब्यक्त गर्छन् । भारतमा पढेका राना जति आफ्नो विधामा पोख्त छन् त्यति नेपालमा अर्को कुनै छैनन् भनिन्छ । अनुसन्धान पद्धति र तरिकाको सफल प्रयोगकर्ताको रुपमा उनलाई प्रहरीभित्र चिनिन्छ । उनी जासुसी कार्यका लागि सबैभन्दा उपयुक्त पात्र हुन् भन्नेहरुको कमी छैन । त्यसैले होला गम्भीर अनुसन्धानका निम्ति उनको नेतृत्वमा छानविन समिति खडा गरिन्छ । उनले त्यसमा केहि गरेर देखाइदिएका पनि छन् । अप्रेशन सफलता र असफलता नेतृत्वमा भर पर्छ । उनले त्यो कुरा राम्ररी बुझेकाछन् र त्यसलाई फत्ते गरेर देखाइदिएकापनि छन् ।

कुनै बेला भारतको राजधानी कलकत्तामा बढेको जनसंख्याको चापले त्यहाँ हदैसम्म गुण्डागर्दी, प्रदुषण जस्ता चुनौती थपिएर आक्रान्त बनेकोथियो । कसैकसैले आजको काठमाण्डौलाई त्यतिबेलाकै कलकत्तासंग तुलना गरेर हेर्छन । यसको मतलब राजधानीमा जुन रुपले जनसंख्या बढिरहेकोछ त्यहि रुपमा अपराध पनि फस्टाइरहेकोछ ।


अपराधको जालो यहाँसम्म फैलिएकोछ कि दिनदहादै उद्योगपति र ब्यापारीहरुमाथि गोली हानेर हत्या गरिन्छ । प्रहरीको नाकमुनीबाटै निर्धक्क बच्चा अपहरण गरि करौडौ रुपैया असुल गरिन्छ । तर यसलाई नियन्त्रण गर्न प्रहरीसंग पनि उपर्युक्त साधन र जनशक्ति नरहेको रानाको भनाई छ । उनी भन्छन्, ‘बस्ती फैलदोछ तर प्रहरीको आयतन त्यो रुपमा बढिरहेकोछैन । त्यो एउटा समस्या हो । त्यसलाई ब्यवस्थापन गर्न जरुरी छ ।’
समस्या र चुनौती त थुप्रा छन् प्रहरीमा तर त्यसलाई चुपचाप हेरेर बसिरहन पनि मिल्दैन । राज्यको सुरक्षार्थ खटिएको प्रहरीका लागि आवश्यक बन्दोबस्त गर्न सम्बन्धित निकायमा समस्या पुर्याउनु पनि ठूलो काम हो । त्यसमाथि त्यो पूरा गराउनु झन ठूलो अभिभारा हो । राना त्यसैका लािग कटिबद्ध रहने बताँउछन् । प्रहरीलाई आवश्यक इक्यूप्मेन्टले सुविधासम्पन्न बनाएर  प्रहरीको मनोबल बढाउने कार्यमा पनि रानाको ध्यान जाने उनी बताउछन् । उनी प्रहरीको कार्ययोजना सुनाउदै भन्छन्, ‘उपलब्ध साधन स्रोतलाई कसरी प्रभावकारी किसिमले खर्च गर्ने भन्ने योजना बनाउँदै छु । उपत्यकाको हकमा प्रहरी र समुदायमा आधारित साझेदारी पुलिसको अवधारणा अनुसार अघि बढ्दैछौं ।’
तर भनेर मात्र हुदैंन गरेर पनि देखाउनुपर्छ भन्ने यथार्थ भने कर्मयोगी रानालाई जति थाहा अरु कसलाई होला र । कुरा र प्रचार भन्दा कर्म र एक्सनलाई महत्व दिने ब्यवहारका पोख्त राना जस्तो सक्षम ब्यक्ति प्रहरी प्रशासनले पाएमा नेपाल प्रहरीको विग्रेको छवि उकासिने अपेक्षा सबैले राखेकाछन् । उनमा पुलिसिया गुण छ भनि प्रहरी प्रशासनभित्र सबैलाई थाहा छ । त्यसमाथि उनी कुनै नेताको घरदैलो चहार्न रुचाउदैनन् । उनलाई आफ्नो खुवी र क्षमतामा गर्व छ । उनी त्यसैमा विश्वस्त छन् । यतिका सवल पक्ष बोकेका राना तर कत्ति पनि घमण्ड नगरि प्रहरीलाई बलियो बनाउन स्थानीय जनताकै मूख्य हात हुने यथार्थ भने धक नमानी बताउन चुक्दैनन् ।
अपराध घटाउन देखि शान्तिसुब्यवस्था कायम गर्न प्रहरी प्रशासनलाई जनताको सहयोग चाहिने उनको सुत्र सुन्दा नै उनको काविलियत खुलेर सामुन्ने आँउछ । उनी खुलस्त भन्छन्,  ‘जनता लक्षित सेवा दिनु मेरो पहिलो प्राथमिकता हुनेछ । यसका लागि विना बर्दीका प्रहरी हरुको   सक्रिया सहभागीता र सहयोगको सदा आशमा रहनेछु ।’  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %