२६ जुन २०११
हङकङ नेपाली महासंघको १२औ संघिय परिषद बैठक याउमा तेइ स्थित हेनरी जी ल्योङ कम्युनीटि हलमा सम्पन्न भएको छ । १२औ संघिय परिषदको बैठकले संगाठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र महासंघको ७ औं महाअधिवेशनमा पारित हुन नसकेको प्रस्तावित विधान पारित गरेको छ ।
परिषदको बैठकले ७ औं महाअधिवेशनमा प्रस्तावित विधानको भाग ५ को उपधारा १९ को ‘ख’ लाई संशोधन गर्दै कार्यसमितिका निर्वाचित पदाधिकारीहरुको पदावधि तीन ३ बर्षको लागि लागु हुने गरि सशोधन गरेको छ । त्यस्तै, महासंघबात असन्तुस्ट भई बहिरिएका केही सँस्थाहरुलाई फेरि एक पटक पत्र पठाई मिलाउन कोशिस गर्ने निर्णय समेत भएको छ ।
परिषदको खुल्ला सत्र बैठकको प्रमुख अतिथि हङकङका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्याय रहेका थिए । उनले आफ्नो शुभकामना मन्तब्य दिने क्रममा हङकङमा रहेका नेपालीहरुका लागि हङकङ नेपाली महासंघको आवश्यकता रहेको र यो महासंघमा सबै हङ्कङ्मा रहेका सबै खाले सँस्थाहरु अटाउन सक्ने भएकोले हङकङ नेपाली महासंघको आवश्यकता हङकङमा रहेको उनले बताए ।
त्येसैगरी आदिवासी जनजाति महासंघ हङ्कङ तथा मगर संघ हङकङका अध्यक्ष एम बी थापा मगरले जब सम्म हामी सबै नेपालीहरु एकजुट भएर अगाडि बढन सक्दैनौ तब सम्म आफ्नो हक अधिकार पाउन नसकिने बताए । उनको थप भनाइ थियो ुअन्य मुलुकका अल्पसंख्यक समुदायबाट सरकारका विभिन्न विभागहरुमा एउटा मात्रै नेतृत्व रहेको हुन्छ र त्यही नेतृत्वले सरकार लगायत अन्न्य एनजिओहरुको विभिन्न बैठकमा भाग लिने र सहभागि जनाउने गर्छ तर हामि नेपाली समुदायको तर्फबाट भने त्यसरी एकजुट भएर जादैंनौं । उनको भनाईमा नेपालीहरु एकजुट हुन नसकेको कारणले पनि कसरी नेपाली एकता हुन सक्छ वा गराउन सकिन्छ भन्ने सवालमा गहन छलफल र चिन्तन गर्नुपर्छ ।
अन्य वक्ताहरुमा एनआर एन हङकङका अध्यक्ष दुर्गा गुरुङ, च्याम्बर अफ कमर्सका महासचिव डासुराम पराजुली,भारतीय गोर्खा भू पू सैनिक संघका अध्यक्ष जंग बहादुर गुरुङ, गोर्खा भू पू सैनिक संघ हङकङका अध्यक्ष हेम प्रताप गुरुङ, नमो बुद्द आमा समुहको उपाध्यक्ष टिकादेवी गुरुङ, एकीकृत नेपाली समाजका अध्यक्ष बुद्धि बहादुर थापा, लगायतका थिए।
कार्यक्रमको सभापतित्व हङकङ महासंघका अध्यक्ष प्रदिप थापामगरले गरेका थिए भने संचालन महासचिव रिता गुरुङले गरेकी थिइन् । कार्यक्रमको उदघाटन प्रमुख अतिथि हङकङका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्यायले दीप प्रज्जवलन गरेका थिए । उदघाटन पश्चात हङकङ नेपाली महासंघका उपाध्यक्ष बिष्णु पाख्रिनले उपस्थित सम्पूण महानुभावहरुलाई हार्दिक स्वागत गरेका थिए ।