२६ जुन २०११
गैर आवासिय नेपाली संघ एनआरएन क्षेत्रीय समिति टोकाई होकुरिकुको अध्यक्ष निमा लामालाई आइचि केन स्थित वाकामिया चोमा नेपाली आदिबासी जनजाती महासंघ टोकाई जापानको आयोजनामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली आदिबासी जनजाती महासंघ केन्द्रीय समितिका अध्यक्ष के।बि। मगर तथा आदिबासी जनजाती महासंघ टोकाई जापानको मातहतमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सुभकामना मन्तब्य दिने क्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले एन।आर।एन। सबै नेपालीहरुको साझा संस्था भएरपनि टोकाई होकुरिकु क्षेत्र जापानले हाल सम्म टोकाई क्षेत्रमा रहेका निश्चित संघ संस्था तथा व्यक्ति हरुलाई मात्र समेटिएकोले अबको समयमा सबैलाई समेट्नु पर्ने कुरामा जोड दिएकाथिए ।
अध्यक्ष निमा लामाले टोकाई क्षेत्रका सबै नेपालीहरुलाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता बयक्त गरेकाथिए ।
आदिबासी जनजाती महासंघ केन्द्रीय समिति जापानका अध्यक्ष के।बि। मगरले नेपालमा सामाजिक बिभिद समाप्त नभए सम्म कुनैपनि समस्या समाधान नहुने बताए । पहिलो चरणको कार्यक्रम समितिका अध्यक्ष जिग्मे शेर्पाले समापन गरेकाथिए भने संचालन महासचिव श्याम राना मगर ले गरेकाथिए ।