हिन्सले गायक दिप श्रेष्ठलाई सम्मान गर्यो

Read Time:1 Minute, 33 Second

१८ जुन २०११
हंगकंग एकीकृत नेपाली समाज हंगकंग (हिन्स)ले हंगकंगको केनेडी टाउन स्थित काठमाडौँ रेस्टुराँमा एक समारोहको आयोजना गरेर बरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठलाई सम्मान गर्यो ।  उक्त कार्यक्रममा हंगकंगका बरिष्ठ कलाकारद्वय गायक चेतमान गुरुङ अनि तबला बादक हरि श्रेष्ठ लाई पनि सम्मान गरिएको थियो ।  उक्त सम्मान कार्यक्रम हंगकंग एकीकृत समाज हंगकंगका अध्यक्ष्य बुद्धि बहादुर थापाको सभापतित्वमा शिव के सी ले संचालन गरेका थिए ।


प्रमुख अतिथि अधिवक्ता एक नारायण शर्माले गायक दिप श्रेष्ठको स्वरको बयान गर्दै सम्झना स्वरूप उपहार दिएकाथिए । उक्त कार्यक्रममा नेपाल वायुसेवाकी श्रीमती सीता गुरुङका साथै अन्य अतिथिहरुको उपस्थिति थियो । गायक दिप श्रेष्ठले कतारमा आफ्नो एकल साँझ प्रस्तुत गरि हंगकंग आएको र केहि दिनमै चीनको गुवान्ग्झोउमा कार्यक्रम गरि नेपाल फर्किने बताएकाथिए । कार्यक्रमको अन्त्यमा रात्री भोजको व्यवस्था गरिएको थियो ।

हरि श्रेष्ठ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %