एउटा विचित्रको सम्बन्ध : लेकमा मगर भेगमा थारु

Read Time:10 Minute, 0 Second

‘था रु’ अर्थात् हराएको मान्छे

थारु शब्दले नेपालको विशेष गरी तराई भागमा बसोबास गर्ने एक जनजातिलाई बुझाउँछ । दाङ उपत्यकालाई थारु जातिको आदिथलो मान्ने गरिएको छ । थारुलाई कसैले थार मरुभूमि क्षेत्रबाट आएको भन्छन् भने कसैले खसानको पहाडी भागबाट बसाई सर्दै आएको हो भनी ठान्छन् । यसरी हेर्दा थारुको सम्बन्ध विभिन्न क्षेत्र र जातजातिसँग देखाईएको छ । यस आलेखमा अनेकौं प्रमाणहरुका आधारमा थारु जातिलाई मगर जातिसँग एकाकार पारेर हेर्ने प्रयास गरिएको छ ।

-डा. गोविन्द आचार्य

 

मगर भाषामा ‘था’को अर्थ ‘हराएको’र ‘रु’को अर्थ ‘मान्छे’ हुन्छ कर्णबहादुर बुढामगर २०६१ः ७३१ तथा हर्कमाया रोकामगर । यसबाट पहाडी भागमा बस्ने मगर जातिको कुनै व्यक्ति तराईतिर झरेको र तराईको सुगम समथर खेतीयोग्य भूमिबाट मोहित भई पहाडमा नफर्केको हॊ कि भन्ने देखिन्छ । यसरी नै थारुको नामकरण भएको हो भने सो कार्य कसले गर् यो  मगर जातिले वा स्वयं हराएको मगर व्यक्तिले  यस कुरालाई देखाउन मगर जातिमा अद्यापि प्रचलित ुडाम्फ्या स्याईु झोरेल्नी वा जोरा स्याई नामक माघे संक्रान्तिमा गाइने नृत्य गीतमा पाइने डाँफे र मयुरको आख्यानको पनि सहारा लिन सकिन्छ । आख्यानअनुसार हिमालमा बस्ने डाँफेको नाम सुनेर मोहित मयुर हिमालमा डाँफे भेट्न जान्छ र प्रेम गरी तराईमा ल्याउँछ । डाँफे तराईमा आइसकेपछि माइतीघरको कोदो फापर सम्झिन थाल्छ । एक दिन चुरे पहाडमा काखमा बसेका कुटुनबुढा र कुटुनबुढीको बारीमा पाकेको कोदो खान पस्छ र त्यही थापेको पासोमा परी मर्छ ।

श्रीमती नफर्केको हुँदा मयुर बिछोडमा बिलौना गर्दै खोज्दै हिँड्छ । यस आख्यानले माथिकै तथ्यांकलाई सघाउने गर्दछ । यसमा तराईमा झरेर नफर्केको डाँफे चरा मात्र होइन माथि उल्लेख गरिएको हराएको मान्छे अर्थात् था-रु हुनुपर्दछ । थारु जातिमा अद्यापि गाउँको पूर्वी भागमा खेतरपाल क्षेत्रफल र गाउँको दक्षिणी भागमा कुट्नी बुह्रया भनेर कुप्रो आकारको काठ गाडेर ठड्याउने चलन छ । थारु जातिमा प्रत्येक गाउँबस्तीमा एउटा सामूहिक देउस्थल भुइँयार थान बनाउने र त्यहाँ विभिन्न देवीदेउताका साथै कुनै कुनै गाउँमा एउटा मुंग्रा गुनी ज्ञानी मगर नामक देउता पनि स्थापना गरिएको हुन्छ । यहाँ उल्लिखित ज्ञानी मगर को हो र किन थारु जातिमा देउता कहलियो  प्रत्येक जातिमा आफ्नो पुर्खा पुज्ने चलन छ त्यसैले यहाँ देखिएका मुंग्रा गुनी उनै हराएका मान्छे पो हुन् कि  थारु जातिमा कुसुम्या राना ढम्लहवा दहित अंग्रहुवा िसंग्रहुवा कन्द्रवा रत्गैया कठरिया टेर्रा उल्टहवाजस्ता अनेक उपथर छन् । यस्ता थरमध्ये मंगरा मगर पनि एक उपथर भेटिन्छ गौतम टेकनाथ २०४४ः ५० थारु पुराण । थारु जातिमा कुनै पनि समुदायको मानिस थारु जातिको मर्यादा र रीतिथिती मान्ने गरी पट्या लिने गरी प्रवेश गर्न सक्ने व्यवस्था छ अशोक थारु । त्यसैले यसरी नै मंगरा मगर जातिबाट आएको हो कि ? दाङ जिल्लाको देउखुरी उपत्यकाको पूर्वी भागमा पर्ने भालुवाङदेखि उत्तरमा पर्ने ‘थारा’ भनेको समथर भाग बुझिन्छ । यसै अर्थमा आँगनलाई पनि थारा भनिन्छ । यसैले कुनै मगर जातिको व्यक्ति थारा अर्थात् मैदानतिर झरेको र मैदानतिरै बसेको हुँदा मगर भेषमा थारु बन्न सक्दछ ।

थारु र मगर जातिमा मनाइने कैयौं चाडपर्वमा प्रयोग गरिने लुगा गहना र पूजा आदि परम्पराबीचमा समेत व्यापक समानता भेटिन्छ । मगर समाजमा वर्षात्भरि बाजा बन्द हुन्छन् र भदौतिरबाट खोली ओखरा बस्ने वा सिउसिने रिहस्रल गर्ने र नाचगान खोल्ने चलन छ । थारु जातिमा पनि वर्षात्भरि बाजा बन्द हुन्छन् र बर्खे खेतीपछि गरिने हर् या गुरै हिउँदे गुरै पूजा पछि नाचगान हुन्छ । थारु जातिमा बर्खे खेती र पछि भुइँयार भूमि पूजा गर्ने चलन छ । मगर जातिमा असारमा भूमे वा बाल पूजा गर्ने परम्परा छ । यसरी दुवै जातिमा प्राकृतिक पूजाको समान परम्परा देखिन्छ ।
मगर जातिमा सामूहिक रुपमा माछा मार्ने चाडको विधान छ । यसलाई मैन्यारी तथा स्वांगे प्रथा भनिन्छ । यस प्रथामा विशेष गरी जेठ-असारतिर वर्षात् नभई खडेरी परेमा नजिकको खोला वा नदीमा वरपरका आठ गाउँका मानिस भेला भई बाजागाजासहित माछा मार्न जाने चलन छ । यस अवसरमा दुईजना स्वांगे बनाइन्छ । ती स्वांगेहरुलाई हिलो माटो घसेर विरुप तुल्याइएको हुन्छ । स्वांगेहरुले जाँघमा िलंगस्वरुपको लामो काठ च्यापी दुई हातले समात्दै नजिकको मूलमा िलंगस्वरुप काठले कोट्याउँछन् मेम स्जा २०५८ः ६-७ सं। बम कुमारी बुढा । यसो गरेमा वर्षात् हुन्छ भन्ने विश्वास छ । यसमा एउटा आदिम मानव चेतनाको अवशेष भेटिन्छ । मानवको आदिम अवस्था नांगो थियो । िलंगस्वरुप काठले मूलमा कोट्याएर वर्षात् हुने विश्वास गर्नु पुरुष र स्त्रीबीच सम्पन्न हुने यौनक्रीडालाई प्रतिविम्बित गरिएको हो । िलंग र योनि अर्थात् सृष्टिकारक र सर्जकबीचको समागमबाट सिर्जना अपेक्षा गर्नु स्वाभाविक छ । थारु समुदायमा पनि जेठ-असारमा वर्षात् नभएमा रातको समयमा थारु बठिन्याहरु निर्वस्त्र भई गाउँको गल्ली गल्लीमा दौडिने हलो जोत्ने आदि अनेकन् उपद्रवहरु गर्ने गर्छन् । यसो गरेमा पानी पर्छ भन्ने विश्वास उनीहरुमा पाइन्छ । यसरी दुवै जातिमा वर्षात्का सन्दर्भमा समान किसिमको विधान र विश््वास कसरी स्थापित भयो  थारु जातिमा पनि विशेष गरी माघी पर्वका सन्दर्भमा गाउँभरिका मानिसहरु सामूहिक रुपमा माछा मार्न जाने चलन छ । माघी पर्वमा एक दिन माछा मार्नका लागि नै छुटुइएको हुन्छ । थारु र मगर दुवै जातिमा माघी पर्व एक हप्तासम्म विशेष उल्लासका साथ मनाउने चलन छ ।

थारु महिला
थारु र मगर जातिमा प्रचलित लुगा गहनाका बीचमा पनि धेरै समानता पाइन्छ । दुवै जातिका महिलामा पैसाका माला चाँदीका बाला नाकमा ठूला किसिमका नथिया पैसाका औंठी थारु जातिका महिलाले गलामा लगाउने सुत्या र मगर जातिका महिलाले लगाउने खाग तथा थारु जातिका महिलाले कानमा लगाउने झिमल्या तथा मगर जातिका महिलाले कर्ण फुलीमा समानता छ । दुवै जातिका पुरुषले कानमा कुण्डल र भेग्वा लगौंटी लगाउने पुरानो चलन देखिन्छ ।
हालैका अनुसन्धानले १८ मगरात क्षेत्रमा पर्ने हंग्री नदी रोल्पामा पर्ने र हंगेरीको स्पेलिङमा पाइने हंगेरी मगर जातिको भाषा र हंगेरीको माग्यार भाषाबीच पाइने केही समानताका आधारमा हंग्री नदीकै वरपरका बासिन्दा हुन् भन्न थालिएको छ प्रा।डा। माधवप्रसाद पोख्रेल २०६१ भूमिका नेपाली मगर पाङ-अग्र्रेजी शब्दकोश भने भाषा-साहित्य संस्कृति शारीरिक बनोट र अन्य कैयांै प्रचलनका क्षेत्रमा समानता राख्ने मगर जाति र थारु जातिबीच नजिकको सम्बन्ध हुनु स्वाभाविक छ । यसले थप अनुसन्धानको अपेक्षा गर्दछ ।

(डा. आचार्यले राप्तीका लोकसाहित्यमा विद्यावारिधी गरेका छन् ।)

 

जनपहुँचबाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %