कसले कसरी बुझेका छन् वा बु¤दैछन यो उनीहरुकै सरोकारको कुरा हो तर मेरो बुझाइमा रामदेब हामी मनुष्य जिवनको एउटा अभिन्न स्रोत हुन् । रामदेबबाट सिक्न सकिने कुराहरु धेरै छन । रामदेबको योग एउटा आधार हो भने उनको प्रवचनमा रहेका निर्दैशन, सल्लाह मुख्य कुरा हुन् ।
-बिष्णु थापा मगर
योगलाई उनले जीवन यात्राको साधन बनाएका छन भने उनका बाणीहरु साधन चल्ने इन्धन हुन् जुन साधन इन्धन विना चल्न सक्दैन । यसर्थ साधन त्यत्तिकै महत्वपूर्ण हो भने साधनमा प्रयोग हुने इन्धन पनि आपैmमा महत्वपूर्ण हुन्छ । जती नै शक्तिशाली र महंगो गाडी हामीसँग होस तर इन्धन विना त्यो गाडीको के काम भने जस्तै जती राम्रो वा लाभदायक भए पनि यदि योगा प्रयोगमा ल्याउन सकिएन भने त्यस योगले कुनै नतिजा दिन सक्दैन । त्यसैले त रामदेबले हरेक योग साधनाको समयमा योगको निधिसगै सल्लाहहरु सम्बोधन गरेकै हुन्छन् । मैले उनको त्यो शैलीलाई रामदेबको सुन्दर पक्ष मान्ने गरेकोछु । त्यो रामदेबको कला हो जुन थुप्रै रंगहरुले रंगीएको हुन्छ । त्यसैले उनको हरेक बाणीहरु सर्वोपरी छ र सवैले राम्रोसग ग्रहण गर्न सक्छन अनी गरिरहेका पनि छन । यदि उनमा त्यो रंग भर्ने क्षमता नभएको भए उनको योग साधना त्यति धेरै लोकप्रिय हुने थिएन होला ।
जानेर वा नजानेर जब म मा स्वास्थ्य सम्वन्धि चेतना जाग्न थाल्यो अनी यो चेतनशिल मनले स्वास्थ्य सम्वन्धि स्रोतहरु खोज्न थाल्यो । बजारमा पाइने भिसीडी र किताबहरुले त्यति प्रभाव जमाउन नसके पनि आस्था टिभी च्यानल इन्डियावाट प्रत्यक्ष प्रशारण गरीएको योग शिविरमा सहभागी हुने मौका पाए । बिहानै ५ बजे उठी आस्था च्यानलमा रामदेबको ॐ कार सगै कपालभाती गर्दा साच्चै नै छुट्टै अनुभूति हुन्थ्यो । समय समयमा विश्राम गराउदै उनको योगलाई प्रभावकारी पार्न स्वस्थ मुक्तिको लागि, खानपिन र जिन्दगी परिवर्तनको लागि विचार परीवर्तन, बाहिर परीवर्तनको लागि पहिला भित्रको परिवर्तनमा जोड दिइएको हुन्थ्यो । भन्दै जाँदा, सुन्दै जाँदा रामदेबका भनाइहरु त्यत्तिकै सशक्त हुन्थ्यो । उनको बाणीको प्रभावशक्ति उत्तिकै सशक्त थियो । उनको हरेक बाणीहरुमा अति सरल तर कटु सत्यता हुन्थ्यो । सत्य प्रमाणित गर्न उनले अनुसन्धानको आँकडा पनि प्रस्तुत गर्ने गर्दथे जसले गर्दा उनको कुराहरु ग्रहण गर्न सजिलो पथ्र्यो।
स्वस्थ रहनको लागि उनले एउटा अभियान नै चलाए । कोकाकोला नरम पेय पदार्थ मात्रै नभएर ट्वाइलेट क्लिनर भएको प्रमाणित गरिएको उनको यो अभियानले इन्डियाको थुप्रै प्रान्तमा स्थानिय सरकारले बेच्न नपाउने घोषणा पनि गर्यो । बहुराष्ट्रिय अमेरिका ट्रेड मार्क कोकाकोला कम्पनीले अदालतमा मुद्धा समेत खेप्न पर्यो जुन अभियानले करोडौंको घाटा त थियो नै त्यस माथि पनि मुद्धा मामिला गर्दा उद्योगपतिलाई रामदेब बोझ भइरहेको थियो । पछि अदालतले कोकाकोला विक्री वितरण गर्न पाउने अधिकार दिए पनि अधिकांश जनताको मन परीवर्तन गर्न रामदेब सक्षम भइसकेका थिए । हुन पनि हो रामदेबले जसरी ब्याख्या गरे पनि कोकाकोला बनोटको बैज्ञानिक आधार नै त्रुटि भेटिएको छ । कोकाकोलामा हुने लिक्यूड तरल पदार्थ पानी नभएर लिक्यूड मात्र हो जुन लिक्यूडमा पानीमा हुनुपर्ने गुण हुदैन । कोकाकोलामा पाइने गुलियो रियल सुगरबाट नभएर रसायनिक पदार्थवाट आएको हो । कोकाकोलाको गुणस्तरलाई दिर्धकालिनसम्म राख्नको लागि मिसाइएको प्रीर्जभेसन जुन मानब जीवनको लागि अत्यन्तै घातक हुन्छ ।
अमेरिकाको एउटा स्वास्थ्य विभागको अनुसन्धानले नै यस्तो यथार्थता बाहिर ल्याएकोथियो । जुन अनुसन्धानको प्रचार पश्चात त्यो बेलाको अमेरिका सरकारले पनि कोकाकोलालाई बन्द गरेको थियो । तथापि जनताको जिव्रोमा कोकाकोलाको स्वाद बसीसकेकोले त्यही स्वादले गर्दा जनताहरुले नै हामी कोकाकोला चाहन्छौ भनेर सरकारलाई दवाब दिएपछि फेरि फुकुवा गरिएको हो । वास्तवमा कोकाकोला ठिक छैन । धुम्रपान हानीकारक छ र मद्यपानले लिन्छ ज्यान भन्ने कुरा थाहा भए पनि एउटा बानी, एउटा स्वादको कारणले आम मानिसहरुमा स्वास्थ्यको लागि चेतना बिकास नभएको कुरामा कुनै दुईमत छैन । यो यथार्थलाई चिर्ने एउटा पाटो रामदेबले गर्दै आएको हुन् । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनैतिक नेताहरु, धनाढ्य उद्योगपतिहरु, समाजसेवीहरु रामदेवको विचारमा सहमती राख्दछन र अरु सर्वसाधारण नागरीकहरु त छदैछ ।
रामदेब ब्यक्ति विरोधी होइनन् उनी त प्रणाली विरोधी मात्र हुन् । विरोधी भन्नु भन्दा पनि सुधारक हुन् भन्दा राम्रो होला । प्रणालीमा सुधार ल्याउनु भन्ने कुरा नराम्रो होइन । भ्रष्टाचार हटाउ अभियानमा अस्ति सम्म रामदेबले भोक हड्ताल वा सत्याग्रह बसे । अनसनको कारण जे भए पनि उनको यो कार्यमा केहि यथार्थ त छ नै । हरेक समस्यासँग समाधान पनि जोडिएर आएको हुन्छ र पनि समाधानतिर नगएर झन ठूलो समस्या श्रृजना गरेको छ , दिल्ली सरकारले । गाईबस्तु, जनावरको भिडलाई तितर वितर गर्न सकिन्छ र त्यो भिडलाई फेरि अर्को भिडमा ल्याउन सक्दैन किनभने जनावरसंग त्यो शक्ति हुदैन तर रामदेबको भोक हड्तालसग सम्वन्धित भिड जन्तु जनावरको भिड नभएर स्वास्थ्य तथा देश सम्बन्धि पनि चेतनाको बिकास भइसकेको मानिसहरुको भिड हो जुन केही छिनलाई तितर वितर गरे पनि सधैको लागि चाहि हुन सक्दैन । यो कुरा केन्द्रिय सरकारले बुझेको देखिदैन ।
भोक हड्ताल लम्बिएकोभए रामदेबको मृत्यु हुनसक्थ्यो । त्यतिबेला के हुन्थ्यो होला भन्नु भन्दा पनि रामदेबको यो कार्यलाई यो अबस्थालाई कसरी लिने भन्ने कुरा हो । रामदेब गरीव परीवारमा जन्मिएर प्राथमिक शिक्षा पनि राम्रोसग लिन नसकेको, गृहत्याग गरेपछि गुरुकुल शिक्षा लिदै सांसारिक मोह त्याग गरेका ब्यक्ति हुन् । उनको ब्रह्माचारी जिवननै सव भन्दा ठूलो कुरा हो । उनले पद सम्पत्तिको लालचले आजको भोक हड्ताल गरेका होइनन भन्ने कुरा सवैलाई थाहा छ । भनिन्छ रामदेबको ब्यक्तिगत सम्पत्ति भनेको गेरु रङको लगाउने धोती र ओढ्ने कुरा भन्दा अरु केही छैन रे । त्यसैले उनमा कुनै ब्यक्तिगत लालचले भोक हड्ताल गरेको हो भन्ने कुरै छैन । उनलाई मान सम्मानको कुनै कमी नै छैन पनि । र, पनि उनको त्यो विचार भ्रष्टाचारीलाई रोक्ने कानून अनी विदेशमा गइराखेको धनलाई स्वदेशमा ल्याउने इत्यादी माग जायज मात्र नभएर अपरीहार्य पनि हो । रामदेबको यस्तो विचारबाट हामी जस्ता जिन्दगीको लागि केही गर्नु पर्छ भन्ने मान्यता लिएर हिडेकाहरुले सिक्नु पर्ने भएको छ ।
भोक हड्तालले रामदेव जिर्ण भएकाछन् । दिल्ली सरकारको निर्दैशनमा हस्पिटल भर्ना गरीएकोछ । रामदेबको अवस्था दयनिय छ भन्नु भन्दा पनि उनको जिवन रहनु पर्छ उनी बाँच्नु पर्छ भन्ने कुरा महत्वपूर्ण हो । यदि उनको आन्दोलन सफल भएका त्यसको सकारात्मक असर नेपालमा पनि पर्न सक्छ । यस्तो सदबुद्धि सरकारमा रहने वा काग्रेस आई पार्टीको प्रमुख ब्यक्तिहरुको समयमै सबद्धि आवोस र रामदेबको कार्यमा सहकार्य गर्न सकेमा सवै पक्षको भलो हुनेछ ।