‘आदिवासीले सत्ताधारी जातिको बढ्दौ चुनौती थेग्न बौद्धिक अभ्यास गर्नुपर्यो’- आदिवासी महासंघका अध्यक्ष थापा

Read Time:4 Minute, 28 Second

हंगकंग जुन ५
किरात राई यायोक्खा हङकङले आयोजना गरेको उभौली कार्यक्रम ताइमोशान डाँडाको कन्ट्रिपार्कमा भब्ब्य रुपमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष किसन राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमूख अतिथी नेपाली जनजाति महासघं हंगकंगका अध्यक्ष एम बि थापा मगर थिए । 

अन्य अतिथीहरुमा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप कुमार थापा, किरात याक्थुङ चूम्लुङका उपाध्यक्ष हस्त लिवाङ, तमु ट्हो ह्युलका उपाध्यक्ष रिता गुरुङ, तमु प्ये ह्युलका जितेन्द्र गुरुङ,धरान हङकङ मञ्चका उपाध्यक्ष मधुकुमार राई,  म्याग्दी ओभरसीज एसोसीएसनका (मोना) सल्लाहकार इन्द्र एल जी थापा, नेपाली जनसरोकार समाजका कोषाध्यक्ष मन प्रशाद गुरुङ, भोजपुर सेवा समितिका सचिव झण्ड राई,भूपू अध्यक्ष हेजेन राई,भारतीय गोर्खा भूपू सैनीक संघका अध्यक्ष जंग बहादुर गुरुङ, एन आर एनका सत्रुघन उदास  र सल्लाहकारहरुमा ज्ञान बहादुर राई, नरहाङ राई,रामली राई आदि रहेका थिए ।
सस्थाका सचिव पिताम्बर राईले  कार्यक्रम सञ्चालन गरेकाथिए भने संस्थाका उपाध्यक्ष शसीमदन राईले स्वागत भाषण गरेका थिए । किराती उभौली चाडको बारेमा ज्ञान बहादुर राईले जानकारी गराएका थिए ।

शुभकामना मन्तव्य दिने क्रममा प्रमुख अतिथीले संबिधान बनाउनको लागि अझै तीन महिना थप गरेपनि दलहरुले केहि काम नगरेकोले आदिवासी जनजाति हक अधिकारहरुकाका बिषयमा सुनिश्चित गराउन  आदिवासी जानजातीहरु चुपचाप बस्न नहुने, ब्रह्मान र छेत्रीहरुले आ आफ्ना जातिय सस्थाहरु खोलेर आददिवासी जनजातिहरुको लागि अर्को चुनौती खडा गरिरहेका त्यसको चुनौतीलाई कसरी सामना गर्ने भनेर पनि कुरा उठाएकाथिए । उनका भनाईमा त्यस्ता चुनौतीसंग सामना गर्न बौद्धिक रुपमा तयार हुन जरुरी छ ।

त्यसैले उनले बिगत ५ बर्षदेखि महासंघले गर्दे आइरहेको आन्दोलनलाई समर्थन गर्न सबैसंग अनुरोध गरेकाथिए ।
किरात राई यायोक्खाले उभौलीको अवसरमा हरेक बर्ष प्रकाशन गर्दै आएको मुखपत्र यलम्बरको बाह्रौ अंक प्रमुख अतिथी एम बि थापाको हातबाट विमोचन गरिएकोथियो । नेपालमा भरखर सम्पन्न भएको किरात राई अन्तराष्ट्रिय सम्मेलनको अवसरमा हङकङबाट हङ्कङ डलर १ हजार भन्दा माथी सहयोग गर्ने ब्याक्तिलाई केन्द्रिय समितिले प्रदान गरेको प्रमाणपत्र र चिनो पनि प्रमुख अतिथी एम बि थापाकै हातबाट प्रदान गरिएको थियो ।

किरात राई यायोक्खा हङकङले साकेला सिलीलाई विधिवत रुपमा सुरु गर्नको लागि सिली प्रर्दशन गर्ने गरेको छ र यो वर्षसिली प्रर्दशन गर्ने पालो खोटाङ समाजको परेकोले खोटाङ समाजका सिली नायक युक कृष्ण राई, सिली नायिका पवित्रा राईलाई संस्थाका अध्यक्ष किसन राईले फेटा गुथाएर र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।  औपचारिक कर्यकरम पश्चात बडो रमाइलोका साथ साकेला नाच नाचेका थिए । संचारकर्मी इन्द्र थापा एलजीको भनाईमा अन्य बर्षको तुलनामा यस बर्ष साकेला नाचको विशेष आकर्षण र भब्यता थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %