साम्प्रदायिक हैन सबै जातिको पार्टी हो, यो : राजकुमार लेखी थारु – अध्यक्ष नेपाल नागरिक पार्टी तथा आदिवासी जनजाति महासंघ

Read Time:9 Minute, 13 Second

नयाँ पार्टी किन खोल्नुपरेको ?
नेपाल नागरिक पार्टी खोल्नुको उद्देश्य धेरै छ । देश गम्भीर राजनीतिक दुर्घटनामा छ । संविधानसभाको म्याद तीन महिना थप गरिएको छ तर त्यस अवधिमा पनि संविधान जारी हुन सक्ने अवस्था छैन । नयाँ संविधान नबन्दासम्म  पिछ्डिएका  बर्गले वास्वविक अधिकार प्राप्त गर्न सक्दैनन् । थपिएको अवधि पनि संविधान बन्ने नबने  शंकाको घेरामा छ ।  हजारौ ब्यक्तिले बलिदान गरेर ६ दशकपछि प्राप्त गरेका संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुले शान्ति र संविधान दिन सकेका छैनन् । सरकार चलाउन पनि उनीहरु  असफल भैसकेको कारण अव नागरिकहरु सम्मिलित पार्टीको आवश्यकता देखिएकोले हामीले पार्टी खोलेका हौ ।

पार्टीको खास के छ नयाँ उद्देश्य ?

नेपालका सचेत  नागरिक यो पार्टीमा संलग्न छन् । दलित , मुश्लिम ,क्षेत्री , ब्राहमण र थारु समेत संलग्न भएर गत जेठ १५ गते हामीले पार्टी खोलेका हौ । १४ जेठमा दलहरुले संविधान जारी गर्न सकेनन् त्यही भएर पनि हामीले पार्टी खोलेका हौ ।  भष्ट्राचार नियन्त्रण र सवै वर्गको अधिकार सुनिश्चित गर्नु हाम्रो पार्टीको उद्देश्य हो । हाम्रो पार्टीमा सत प्रतिशत युवाहरु छन् । जातीय र क्षेत्रिय पार्टी यो होइन ।  नागरिक पार्टी मूलधारको पार्टी  हो । हिमाल, पहाड र तराइँलाई जोड्ने पार्टी हो । संविधानसभा भित्र रहेका दलहरु भष्ट्राचारलाई पृष्ठपोषण गरिहेका छन् । देशमा भष्ट्राचार बढिरहेको छ त्यसलाई उन्मूलन गर्ने हाम्रो अभियान हुन्छ ।

भष्टचार नियन्त्रण गर्ने त्यस्तो खास के रणनीति बनाउनु भएको छ ?

भष्ट्राचार नियन्त्रण अभियान हामीले दुई महिना भित्रै सञ्चालन गदैछौ । भष्ट्राचारलाई बढावा दिने ब्यक्तिहरुलाई हामी कारर्वाही गर्दछौ । सार्वजनिक कार्यक्रम गर्दछौ । एक थोपा रगत नवगाइकन  आन्दोलन गर्छौ ।  नागरिकको राजनीतिक र आर्थिक अधिकार स्थापित गर्छौ । राजनीति नै भष्ट्राचारको स्रोत भएकाले त्यस प्रवृतिलाई निरुत्साहित गर्ने काम गर्दछौ । नेपालमा कर्मचारी तन्त्रमा भष्ट्राचारले जरा गाढेको छ । पञ्चायती राणा र बहुदलीय ब्यवस्था कुनै पनि ब्यवस्थामा भष्ट्राचार मौलाएकै थियो । मौलाउन काम राजनीतिक दलहरुले नै गरेका थिए । हामीले भष्ट्राचारीहरुको सुची बनाउँछौ र कानुनलाई हातमा नलिइकनै कानुनी प्रकृयाबाटै तिनीहरुलाई कारर्वाही गर्दछौ ।

जनताहरु राजनीतिक पार्टीहरुको क्रृयाकलापबाट दिक्क भैसकेका बेलामा तपाइँहरुले कसरी मन जित्न सक्नुहुन्छ ?
जुन शासन शैलीको विरुद्ध आन्दोलनकारी शक्तिहरु सडकमा उठायौ ।  १५ बर्ष अगाडि पनि शासक हरु उनीहरु नै थिए । अहिले पनि उनै छन्  जयप्रकास , विजय गच्छादार नै हुन् । माओवादीमा पूर्व राजाबादी र पञ्चायतका अञ्चलाधीशहरु नै छन् । परिर्वतनको कुरा गर्ने तर ब्यवहारमा परिर्वतन उतार्न नसकेको अवस्थामा लोकतन्त्र र गणतन्त्रात्मक मुलुक भएर पनि जनताले केही  उपलब्धी  पाउन सकेका छैनन् । वास्वविक परिर्वतनको महशुस गर्न जनताले पाएका छैनन् । राजनीतिको मूलप्रवाहमा युबाहरु आउन नसकेको अवस्थामा हामीले युवाहरुको साथ लिएर वास्वविक परिर्वतनको महशुस जनतालाइँ दिने छौ ।

जनजाती र पिछडिएका बर्गको मुद्धाहरु त जनजाती महासंघले उठाइरहेको छ त किन जातीय मुद्धा उठाउन पार्टी खोल्नु भएको ?
जातीय मुद्धा र धर्मका मुद्धा उठाउन हामीले पार्टी खोलेको होइन । जातीय अधिकार र सामाजिक मुद्धा उठाउन अरु धेरै सामाजिक संघसंस्था छन् ।

महासंघमा तपाइँले आफ्नो अस्तित्व नदेखेपछि असन्तुष्ट पक्षलाई लिएर पार्टी खोलेको भन्ने आरोप पनि तपाइँहरु माथि छ नि ?
महासंघको विरुद्धमा हामीले पार्टी खोलेका होइनौ । मुलुक चलाउन र मूल प्रवाहका राजनीतिक दलको विकल्पमा विशेष गरी तीन दलको विकल्पमा हामीले पार्टी खोलेका हौ । थारु , गुरुङ , ब्राहमण र सबै जातीको पार्टी हो भन्ने हामीलाई लाग्छ । हामी यही पार्टीबाट सत्तामा पुगेर जनताको अधिकार सुनिश्चित गर्दछौ ।  परिर्वतन चाहनेहरु यो पार्टीमा आएका छन् । असन्तुष्ट पक्षहरुको भीड लागेको यो पार्टी होइन । संविधानसभामा प्रतिनिधित्व गर्ने २९ दलको विकल्पमा खोलिएको पार्टी हो ।

तपाइँ त महासंघको अध्यक्ष पनि हुनुहुन्छ अहिले पनि अव पार्टीलाई अगाडि बढाउने कि महासंघलाई ?
तीन बर्षको लागि म महासंघमा निर्वाचित भएको हो । ५६ बटा संघसस्थाहरुले मलाई निर्वाचित गरेको हो । थारुकल्याणकारी सभाबाट म उमेद्दार भएको हो । मेरो काधमा अहिले धेरै जिम्मेवारी आएको छ । हिजो म एउटा कार्यकर्ता थिए । आज नेता भएको छु । कार्यकर्ता भन्दा नेताले दशौ गुणा योगदान गर्न सक्छ । जनजाती महासंघका मुद्धालाई पनि मैले अगाडि वढाउँछु । विद्यानले संस्थामा वसेको ब्यक्ति नेता हुन नपाइने भनेको पनि त छैन ।  

तपाईकै कार्यकालमा महासंघलाई एनजिओकरण र राजनीतिकरण गरेको भन्ने आरोप पनि छ नि ?

राजनीतिबाट अलग रहेर कुनै पनि ब्यक्ति बस्न सक्दैन । ब्यक्ति संस्था राजनीतिबाट अलग हुन त  सक्दैन । महासंघ पार्टीकरण र राजनीति भयो भन्नु झन् ठूलो मूर्खता हो । राजनीतिक अधिकारको सम्वोधन राजनीति र राज्यले नै गर्दछ । कुनै पनि मुद्धाको सम्वोधन राजनीतिले नै गर्दछ । मुद्धा  उठाउन र राजनीतिक समाधान खोज्न राजनीतिक दल नै खोल्नु पर्दछ । महासंघ जनजातीको भातृसंगठन भएपनि महासंघको मुद्धा सम्वोधन गर्ने काम राजनीतिक दलबाटै र राज्यबाटै हुन्छ ।

सवै नागरिकलाई तपाइँको पार्टीमा ल्याउन सक्ने के आधार छ ?
हामीले राष्ट्रिय मुद्धालाई एजेण्डाका रुपमा उठाउँछौ । मुलुक चलाउने जिम्मेवारी पाएका दलहरुको भष्टाचार क्रियाकलाप , राष्टघाती क्रियाकलाप र नागरिक विरोधी क्रियाकलापको विरुद्ध शसक्तm भएर लाग्छौ ।

अहिले पार्टीले के गरिरहेको छ ?

धेरै ठूलो संगठन अहिले वनाएका छैनौ । संगठन विस्तारमा लागि रहेका छौ । उपत्यका भित्र संगठन विस्तार गरेपछि जिल्ला तिर जाने योजना छ ।

थपिएको समयमा पनि संविधान बनेन भने  तपाइँहरु कस्तो भूमिका खेल्नु हुन्छ ?

शान्ति स्थापना पनि नगर्ने , संविधान पनि जारी नगर्ने दलहरुको विकल्पमा हामी उत्रिन्छौ । संविधानसभा विघटन गर्न हामी तयार हुन्छौ । त्यति बेला नागरिक पार्टी सडकमा आउने छ ।  

गोविन्द लुइँटेल

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %