पोखरा, २१ जेठ ।
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, कास्कीको चौथो जिल्ला सम्मेलन शनिवारदेखि पोखरामा सुरु भएको छ । सम्मेलनको उद्घाटन मोर्चाका केन्द्रीय कार्यालय सदस्य एवं सभासद् परशुराम रम्तेलले गरे ।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथी रम्तेलले माओवादीकै कारण दलितको क्षेत्रमा उल्लेख्य उपलब्धी भएको बताए । ‘माओवादी जनयुद्ध सुरु हुनुपुर्व ५० वर्षमा नभएको उपलव्धी १० वर्षको जनयुद्धको क्रममा भयो’, उलने भने, ‘माओवादी पार्टीले जनयुद्ध नगरेको भए दलितहरु यहाँसम्म आउने थिएनन् ।’ माओवादीकै कारण संविधान सभामा ५१ जना दलितहरुको प्रतिनिधित्व हुन सकेको र पहिले पटक दलित फुल मन्त्री हुन सफल भएको बताउदै उलने भने, ‘हालसालै संविधानसभामा छुवाछुत सम्बन्धी विधयक दर्ता भएको छ । यो पनि माओवादी कै देन हो ।’ दलित समस्या मुख्य रुपमा राजनीतिक र आंशिक रुपमा वर्गीय समस्या भए पनि विगतमा राजनीतिक रुपमा हल गर्न नखोजिएकोले दलितहरु पछाडि परेको सभासद रम्तेलको भनाई थियो । उनले दलितहरुलाई क्षतिपुर्ति सहितको विशेषाधिकारको व्यवस्था नहुँदा सम्म सम्पूर्ण उपलब्धी प्राप्त भइसकेको भनेर बस्ने बेला नभएकोमा जोड दउ । उलने भने ‘त्यसको लागि आम दलितहरु एकजुट भएर संघर्ष गर्नुको विकल्प छैन’,
कार्यक्रममा बोल्दै एकीकृत नेकपा ९माओवादी० का कास्की जिल्ला ईञ्चार्ज झलकपाणी तिवारीले विगतदेखि नै ब्राह्मणवादी सँस्कृतिका कारण नेपालका दलितहरु लामो समयदेखि उत्पीडनमा परेको अव त्यसको क्षतिपुर्ति पाउनु दलितहरुको स्वतः अधिकारको विषय भएको बताए । उनले उत्पीडित जाति, क्षेत्र, लिङ्गको हक अधिकारका विषयमा माओवादीले नै दह्रोसंग उठाएका कारण अहिले आम दलित, जनजाति, महिलाहरुमा राजनीतिक चेतनाको विकास भएको ठोकुवा गरे ।
मोर्चाका तमुवान संयोजक भुवन सुनारले दलितहरु जुनसुकै राजनीतिक दलमा आस्थावान भए पनि दलितको मुद्दामा एक ठाँउमा उभिनुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा बोल्दै सभासद् दुर्गा वि।कले शहिदहरुले बगाएको रगतलाई त्यसै खेर जान नदिने बताउद ैसंविधान सभाबाटै दलितहरुको अधिकार सुनिश्चित गर्न सकिने भनाई व्यक्त गरे ।
कार्यक्रममा जनस्वयंम सेवक दल मध्य तमुवानका राजकुमार दुलाल, अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष स्थीरप्रसाद खनाल, दलित मोर्चाका गोर्खा जिल्ला अध्यक्ष लालबहादुर वि।क, थकाली राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष किरण भट्टचन, तमु राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला सचिव इन्द्रजङ्ग तमु, उत्पीडित जातीय मुक्ति समाज, कास्कीका अध्यक्ष लालबहादुर परियार लगायतले शुभकामना मन्तव्य व्यक्त गरेकाथिए । जिल्ला सम्मेलन आयोजक समितिका संयोजक शम्भु खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शिव सुनारले गरेकाथिए । उद्घाटन अघि पोखराको सृजनाचोकबाट सुरु भएको विशाल ¥याली, सभागृहचोक, लखन थापाचोक हुँदै रामघाटस्थित मगर संघको हलमा पुगेर सभामा परिणत भयो ।
आइतबार सम्पन्न हुने मोचाको सम्मेलनको बन्द सत्र शनिवार नै सुरु भएको छ । शम्भु खातीको अध्यक्षतामा सुरु भएको बन्द सत्रमा सचिव शिव सुनारले राजनीतिक तथा आर्थिक प्रतिवेदन पेश भएको मोर्चाका केन्द्रीय सदस्य भिमबहादुर वि।क ९क्षितिज० ल ेजानकारी दिए । आइतबार चार निर्वाचन क्षेत्रबाट रिपोर्टिङ हुने र मोर्चाका नयाँँ जिल्ला समिति निर्वाचित हुने समेत वि।कले जानकारी दिए ।
दिपक परियार