काठमाडौँ, २२ जेठ
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति सुशील कोइरालाबीच आज भेटवार्ता भएको छ ।
भेटमा सभापति कोइरालाले पाँचबुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउन अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । उनले राजनीतिक दलहरूबीच भएको पाँचबुँदे सहमतिलाई कार्यान्वयन गर्ने बारेमा छलफल भएको उल्लेख गरे ।
भेटपछि माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सरकार निर्माणका विषयमा छलफल भएको र सभापति कोइरालाले काँग्रेसको प्राथमिकता सरकारभन्दा पनि शान्ति र संविधान रहेको धारणा राखेको बताए ।
कोइराला निवास, महारागन्जमा भएको सो भेटवार्तामा शान्तिप्रक्रिया, संविधान लेखन र राष्ट्रिय सहमतिको सरकार निर्माणलगायतका विषयमा छलफल भएको थियो ।