हतियारसहित दुई लुटेरा पक्राउ

Read Time:1 Minute, 20 Second

पर्सा, २० जेठ

हतियार देखाइ रकम लुट्ने दुईजनालाई प्रहरीले पर्साको बेलवाबाट पक्राउ गरेको छ ।

प्रहरीचौकी मिलन चोक र सशस्त्र प्रहरी बेस क्याम्पको संयुक्त टोलीले बेलवा–९ मा निर्माणाधीन बाँध परियोजनाका लेखापाल बटखरी साहलाई हतियार देखाइ रकम लुट्ने प्रयास गर्दै गरेको अवस्थामा बेल्वा– ३ का जुमान अन्सारी र इस्लामुद्दिन अन्सारीलाई गएराति पक्राउ गरेको हो ।

प्रहरीले राति करिब ९ बजे एक थान नलकटुवा पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो । आवश्यक कारवाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी निरीक्षक भीमकिरण बोगटीले बताए  ।

हतियारसहित पक्राउ परेका अन्सारीद्वय विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी जिल्ला प्रहरी कार्यालय पर्साले गरिरहेको निरीक्षक बोगटीले जानकारी दिए

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %