सहमतिको सरकार गठन हुने कुरा अझै अनिश्चित : देउवा

भक्तपुर २० जेठ
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिको सरकार गठन हुने कुरा अझै अनिश्चित भएको बताएका छन्  ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) कर्मचारी सङ्घको तेस्रो केन्द्रीय महाधिवेशनको आज उद्घाटन गर्दे नेता देउवाले सो बताएका हुन्  ।

दलहरू अझै पनि आ–आफ्नै अडानमा रहेकाले सहमतीको निश्चितता नभएको बताउँदै उहाँले दलहरूबीचको छलफललाई तीब्र पार्दै गम्भीरताका साथ अघि बढेमात्र सहमतिको संभावना हुने बताए ।  

ंनेता देउवाले  सहमति बन्दै गएमात्र तीन महिनामा संविधानको खाका बन्ने अन्यथा तीन महिनामा पनि केही नहुने उल्लेख गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %