काठमाडौँ, २० जेठ
एकीकृत नेकपा (माओवादी)को स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको सो बैठकमा विभिन्न विषयमा छलफल भए पनि कुनै औपचारिक निर्णय नगरिएको पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा तीन दलबीच यही जेठ १४ गते भएको पाँचबुँदे सहमति, पार्टीको आन्तरिक सङ्गठनात्मक पद्धति, शान्ति, संविधान र राष्ट्रिय संयुक्त सरकारको गठन प्रक्रियालगायतका विषयमाथि छलफल भएको थियो । बैठक भोलि दिउँसो २ बजे पुनः बस्ने बताइएको छ ।