पाँचबुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई दबाव दिने कांग्रेस संसदीय दलको निर्णय

Read Time:2 Minute, 30 Second

काठमाडौँ, २० जेठ
नेपाली कांग्रेसले प्रमुख राजनीतिक दलहरूबीच भएको पाँचबुँदे सहमति कार्यान्यवनका लागि सदन र जनतासमक्ष सशक्त आवाज उठाउने निर्णय भएको गरेको  छ ।

पार्टीको संसदीय दलको आज बसेको बैठकले सो निर्णय गरेको छ ।

दलका नेता रामचन्द्र पौडेलको अध्यक्षतामा भएको सो बैठकले पाँचबुँदे सहमतिको अक्षर र भावनाअनुरुप आगामी तीन महिनमा माओवादी सेनाका लडाकूको समायोजन, पुनःस्थापना र क्यान्टोनमेन्टमा रहेका हतियार राज्यको जिम्मामा ल्याउन उचित प्रबन्ध गर्न आग्रह गरेको छ ।

नेपाली कांग्रेसले ल्याएको दसबुँदे अवधारणाअनुरुप शान्ति प्रक्रियाका मूलभूत कार्य पूरा गर्न र संविधानको प्रारम्भिक मस्यौदा तयार गर्न आवश्यक भएको बैठकले ठहर गरेको छ ।

सहमतिको अक्षरशः कार्यान्वनका लागि बैठकले सम्बद्ध सबै पक्षसँग आग्रह गरेको संसदीय दलका प्रवक्ता नवीन्द्रराज जोशीले बताए ।

बैठकले पाँचबुँदे सहमतिको कार्यान्वयनका लागि सम्पूर्ण राजनीतिक दल र अन्य सबै पक्षसँग सम्वाद र सहमति गरी शान्ति प्रक्रियालाई अघि बढाउन समेत कांग्रेसले नेतृत्व लिनुपर्ने सुझाव दिएको छ ।

“कांग्रेस संसदीय दल सहमतिको इमान्दारीपूर्ण कार्यान्वयनका लागि सम्पूर्ण शक्तिका साथ कार्य गर्ने निर्णय गर्दछ,”– प्रवक्ता जोशीले भने  ।

शान्ति प्रक्रिया टुङ्ग्याउने र लोकतान्त्रिक संविधान निर्माण गर्ने ऐतिहासिक मोडमा मुलुक उभिएको बेला यसमा योगदान दिन पनि बैठकले सबैसँग आग्रह गरेको छ ।

सभासद् डा.रामशरण महतले पनि सहमतिप्रति सबै सभासद्हरूको सकारात्मक धारणा आएको बताउँदै भएको सहमितलाई कार्यान्वनयका लागि तीन महिनाको अवधिका लागि कार्यतालिका बनाएर अघि बढ्नुपर्ने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %