काठमाडौं, १९ जेठ
डा. ओम गुरुङले जनजातीहरु चिप्ले किरा जस्तो चिप्लिएको बताएका छन् ।
जनजातीहरुको हक अधिकारका लागि अवाज उठाउने चौपारी जनजाती महासंघ हुदाँ हुदै जनजातीहरुले पार्टी खोलेर राजनीतिमा होमिनु राम्रो काम नभएको बताएका छन् । ‘पार्टी खोल्ने अधिकार सबैलाई छ , तर जातीय मुद्धा उठाउने नाममा मनपरी पार्टी खोलेर कसैको भलो हुदैन , त्यो आफ्नो लक्ष्यमा पुग्न नसकेर चिप्ले किरा जस्तो चिप्लिने काम भयो ’ उनले भने ।
जनजाती तथा बैकल्पिक बिकास केन्द्रद्धारा जनजाति आन्दोलनमा राजनीतिक दलको आश्वयकता र निर्माण विषक बुधवार ललितपुरमा आयोजित बहस कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । जनजाती महासंघलाई राजनीतिक र एजिओकरण हुनबाट जोगाउनु पर्ने विचार उनले ब्यक्त गरे । महासंघका आधिकारिक ब्यक्तिहरु सिमित स्वार्थका कारण राजनीति गर्न पार्टी खोलेको बताउँदै उनीहरुले अव महासंघलाई प्राथमिकता दिने कि पार्टीलाई झन् दुविधा बढेको उनले बताए ।
जनजातीका ब्यक्तिहरुले पार्टी खोल्दैमा सबै जनजातीहरु समेट्न नसक्ने दाबी गदै कुन मुद्धा कसरी उठाइएको छ त्यो महत्वपूर्ण हुने उनले बताए । जनजाती महासंघ अहिले सबै जनजातीहरुको साझा संस्था भन्ने नाम मात्र भएको उल्लेख गदै महासंघलाई बलियो बनाए मात्र सबै जनजातीका साझा मुद्धा उठ्न सक्ने बताए ।
नवगठित नागरिक पार्टीका बिजय दनुवारले सवै नागरिकलाई समेट्न र भष्ट्राचार मुक्त देश बनाउन नागरिक पार्टी खोल्नु परेको बताए । भष्ट्राचार विरोधी र जनजातीहरुको पार्टी भएकाले सबै जनजाति नागरिक पार्टीमा समेटिने पनि उनले दावी गरे । महासंघमा वसेर आफ्नो अतित्व नरहेको र राजनीतिक अधिकार पनि प्राप्त नभएकोले नागरिक पार्टीमा लागेको उनले बताए ।
कार्यक्रममा विद्यार्थी विनोद गुरुङले महासंघ एनिओकरण र राजनीतिकरणमा गुज्रिएको बताउदै जनजातीहरुका मुद्धा उठाउन नसक्दा ती मुद्धा अहिले ओझेलमा परिरहेको बताए । बिद्यार्थी विनु गुरुङले नेपालमा भष्ट्राचार नगर्ने राजनीतिक दलहरु नभएको र अव खुलेका दलहरु पनि त्यसबाट अछुतो नहुन नसक्ने बताइन । पैसा कमाउनका लागि नै अहिले नागरिक पार्टी खोलिएको उनले बताइन । बुद्ध छिरिङ्ग मोक्तानले नामको पछाडी जनजाती थर जोड्दैमा जनजाती नहुने उल्लेख गदै जनजातीहरु अतित्व खोज्न समर्पण गर्न नहुने कुरामा जोड दिए ।
- गोविन्द लुइँटेल