काठमाडौँ, १६ जेठ
जनताको नजरमा मृत्यु भइसकेको संविधानसभाको म्याद थप्ने दलहरूको कामप्रति आपत्ति प्रकट गर्दै थरुहट स्वायत्त राज्य परिषद्, सङ्घीय लिम्बुवान राज्य परिषद्सहित पाँच पार्टी तथा परिषद्ले पाँचबँुदे सहमति जलाएका छन् ।
आज पत्रकार सम्मेलनको आयोजना गरी पाँचबँुदे सहमति गरेर संविधानसभाको म्याद थप्नुको औचित्य नभएको भन्दै पाँचबुँदा जलाएका हुन् ।
बुदे पाँचबुँदामध्ये तेस्रो बुँदा ३÷४ दिन भित्रमा सच्याउनुपर्ने यदि नसच्याएमा थरुहट स्वायत्त राज्य घोषणा गर्ने थरुहट स्वायत्त राज्य परिषद्का अध्यक्ष लक्ष्मण थारुले बताए ।
संविधानसभाको म्याद सकिसकेपछि म्याद थप्नु अवैधानिक भएको र म्याद थप्नका लागि गरिएका पाँचबँुदे सहमति व्यावहारिक नभएको समेत सो अवसरमा वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सहमतिको तीन नम्बर बुँदामा मधेसी मोर्चासँग विगतमा भएको सहमति प्रभावकारी कार्यान्वयन गर्न सहमत बन्ने तर विगतमा आदिवासी, जनजाति, थरुहट, लिम्बुवान, ताम्सालिङ स्वायत्त राज्य परिषद्लगायतका मोर्चासँग भएका सहमतिहरू कार्यान्वयन गर्न तत्परता देखाउन नसक्ने भन्ने बुँदाप्रति आपत्ति प्रकट भएकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिएका छन् ।