एनआरएन हङकङमा गुरुङ छानिए । तर बहुसंख्यक सदस्यहरु नै अनुपस्थिति

Read Time:2 Minute, 53 Second

२९ मे, मेरीनार्स क्लब हङकङ
एनआरएन हङकङको तेस्रो महाधिबेशनले अध्यक्ष दुर्गा गुरुङको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । भूतपूर्व सैनिक पृष्ठभूमिका उनी यस अघिका उपाध्यक्ष हुन् । उपाध्यक्षमा डा शर्मिला गुरुङ र शत्रुघन उदास, महासचिवमा लिलिमा घले, सहसचिवमा मिन बहादुर गुरुङ, कोषाध्यक्षमा शान्ति राई निर्वाचित भएकाछन् । विश्व एनआरएनका अध्यक्ष  देवमान हिराचनकोको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकोथियो ।

गुरुङ समूदायको हालिमुहाली भएको संस्थाको रुपमा चर्चा गरिने एनआरएन हङकङको अहिलेको कार्यसमितिमा पनि त्यस्तै छनौट देखिएकोले त्यो आरोपलाई पुष्टि गर्नेहरुको लाम घट्ने देखिदैन ।
कार्यक्रममा विशेष अतिथि एनआरएन कोरीया प्रतिनिधि गंगा राईले बुद्धको बारेमा प्रचार प्रसार गरी देशमा पर्यटक भित्राउनको लागि कोरीयामा एउटा एनआरएनको लोगो र बुद्धको फोटो अंकित ब्यानर बनाई संसार भरी पुर्याउने अभियान चलाएको जानकारी गराएकाथिए । विशेष अतिथि तथा मगर संघ र आदिवासी महासंघका अध्यक्ष एम वि थापा मगर, आइसिसि प्रतिनीधि कृष्ण पाण्डे र जगन्नाथ ज्ञवालीले पनि बोलेकाथिए । अन्य विशेष अतिथिहरु नेपाली महासंघका सचिव नन्द चान्सु, चीनका लागि नेपाली राजदूत टंक कार्की र हंगकंगका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्यले पनि बोले । कार्यक्रम अध्यक्ष यम कुमार गुरुङको सभापतित्व तथा महासचिव अर्जुन गुरुङको सञ्चालनमा भएको थियो । कार्यक्रममा बताइए अनुसारएनआरएनको विश्वका  ५६ देशमा संस्था खोलिएकोछ ।

एनआरएन हगंकगंमा करिब ४ सय जति सदस्य संख्या भएपनि कार्यक्रममा भने मुश्किलमा ४० जना जति सहभागी देखिन्थे । यत्रो ठूलो संख्यामा रहेका सदस्य कार्यक्रममा किन अनुपस्थित रहे भन्ने बारे भने कार्यक्रममा केहि बताइएन । एनआरएन हगंकगंले आफुलाई यहाँ रहेको संस्थाहरु मध्ये सबैभन्दा बढी सदस्य संख्या रहेको संस्थाको रुपमा परिचित गराउने गरेकोछ ।

भीम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %