रोल्पा सम्बन्धि पुस्तक प्रकाशित हुदै

Read Time:5 Minute, 13 Second

जेठ–१४

राप्ती अञ्चलका पाँचै जिल्लाको वस्तु स्थितिलाई समेतेर “राप्तीको चिनारी” नामक पुस्तक प्रकाशन गरिने भएको छ । देउखुरी सम्पदा अध्ययन केन्द्र देउखरी दाङले उक्त पुस्तक प्रकाशन गर्न लागेको जानकारी शनिबार रोल्पाको सदरमुकाम लिबाङमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा जानकारी दिइयो । पुस्तक प्रकाशनका लागि रोल्पामा पूर्व योजना तयारी स्वरुप उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
पुस्तक प्रकाशनका लागि अध्ययन केन्द्रले रोल्पाका पत्रकार, साहित्यकारका तथा अन्य क्षेत्रका मानुभावहरुलाई विभिन्न जिम्मेवारी समेत प्रदान गरेको छ । अध्ययन केन्द्रका संयोजक उदयराज आलेले दिएको जानकारी अनुसार आलेख तयार गर्नका लागि सञ्चार शिर्षकमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका कार्य बाहक अध्यक्ष हिरा बहादुर घर्तीमगर, साहित्य शिर्षकमा राप्ती साहित्य परिषदका डिवी टुहुरो, साहित्यमा रोल्पाली महिला शिर्षकमा ललित साहित्य परिषदका केवी विरही, पर्यटनमा नेपाल बार एशोसियसन रोल्पाका माधव प्रसाद आचार्य र शिव गुफाका अध्यक्ष भक्त विर डाँगी, संस्कृति शिर्षकमा नेपाल रेडक्रस सोसाइटी रोल्पाका बल बहादुर घर्तीमगर, कृषि शिर्षकमा जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र प्रसाद कोइराला, जडीबुटी शिर्षकमा जिविकोपार्जनका लागि वन कार्यक्रम रोल्पाका जिल्ला संयोजक प्रदीप बुढाथोकी, खनिज शिर्षकका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका निर्वतमान अध्यक्ष खेम बहादुर बुढामगर, पुरातात्विक सामाग्री शिर्षकका लागि साहित्यकार सिता शर्मा, सीमान्तकृत समुदाय शिर्षकमा जलजला क्याम्पसका सहप्रध्यापक गोकर्ण पुनमगर, जिल्लाको संक्षिप्त परिचय शिर्षकका लागि जिल्ला विकास समिति स्थानिय विकास कोषका कार्यकारी सचिव दामोदर प्रसाद सुवेदीलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ । अन्य केही बाँकी शिर्षकमा पछि छलफल गरेर जिम्मेवारी तोकिने संस्थाका योजना प्रबन्धक नीम बहादुर थापाले जानकारी दिए । विभिन्न शिर्षकमा आलेख तयार गर्ने जिम्मेवारी पाएका विभिन्न क्षेत्रका मानुभावहरुलाई असार १५ भित्र आफ्ना आलेखहरु अध्ययन केन्द्रमा पठाउन निर्देशन दिइएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार जिम्मेवारी पाएका व्यक्तिहरुले जिल्लाको वास्तविक वस्तुस्थितिलाई समेतेर आलेख तयार गर्ने बताइएको छ  । राप्तीका पाँचै जिल्लाबाट आलेख प्राप्त  भएपछि एकीकृत रुपमा छिट्टै राप्तीको चिनारी नामक पुस्तक प्रकाशन गरिने अध्ययन केन्द्रका संयोजक आलेले जानकारी दिए । पुस्तकमा राप्तीका पाँचै जिल्लाको प्राय सवैजसो विषयवस्त समेतन खोजीएको आयोजकले दावी गरेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष काँशीराम डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संयोजक उदयराज वाग्ले, योजना प्रबन्धक नीम बहादुर थापा, संस्थाका सदस्यहरु बसन्त शाह, सन्तोष केसी, साहित्यकारहरु डीवि टुहुरो, सिता शर्मा, गौरीकिरण डाँगी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका निर्वतमान अध्यक्ष खेम बहादुर बुढामगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका कार्य बाहक अध्यक्ष हिरा बहादुर घर्तीमगर लगायतको सहभागिता रहेको थियो ।

हीरा बहादुर घर्तीमगर,रोल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %