काठमाडौँ, १३ जेठ
एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभा विघटन भए ६० वर्षसम्मका आन्दोलनका उपलब्धिहरू गुम्ने भएकाले यसको म्याद थप्नुपर्ने बताएकाछन् । उपाध्यक्ष भट्टराईले राष्ट्रिय सहमतिको सरकारमा जोड दिँदै सबै समस्याको समाधान प्याकेजमा खोजिनुपर्ने भनाइ दोहो¥याए ।
केही राजनीतिक दलको कडा र अनावश्यक अडानले सहमति हुन गाह्रो भइरहेको स्पष्ट पार्दै उनलेले आज दिनभरि छलफल गरेर पनि समाधानको उपाय खोजिने आश्वासन दिए ।
उपाध्यक्ष भट्टराईले संविधानसभा छ महिनासम्म बढाउनुको विकल्प नभएको बताउँदै दलहरूले आ–आप्mनो ढिपी छाडेर कुनै न कुनै सहमतिमा आउनुपर्ने विचार राखे ।
नवौं कृष्णसेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा क्रान्तिकारी पत्रकार सङ्घ नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले भने – ‘संविधानसभा अहिलेसम्मकै सबैभन्दा ठूलो राजनीतिक उपलब्धि भएकाले यसलाई जसरी पनि बचाउनुपर्छ ।’