राजदूतद्धारा संविधान सभा बचाउन प्रचण्डलाई सुझाव

Read Time:1 Minute, 11 Second

काठमाडौँ, १२ जेठ
नेपालका लागि विभिन्न देशका राजदूतहरूले संविधानसभा जोगाउन एकीकृत नेकपा (माओवादी) लाई आग्रह गरेका छन् ।

युरोपेली युनियनअन्तर्गतका नेपालस्थित राजदूतहरूले आज एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी यस्तो आग्रह गरेका हुन् ।

प्रचण्डनिवास नयाँबजारमा भएको सो भेटका क्रममा राजदूतहरूले संविधानसभाको म्याद थप नभए जेठ १४ पछि विकसित हुनसक्ने राजनीतिक अवस्थाबारे चासो राखेको एमाओवादी स्रोले जनायो  ।

स्रोतका अनुसार राजदूतहरूले जनचाहनाअनुरूप अघि बढी शान्तिप्रक्रिया र संविधान लेखनप्रतिको कार्यभार समयमा पूरा गर्न दलहरूलाई सुझावसमेत दिए ।

राजदूतहरूको जिज्ञासापछि अध्यक्ष प्रचण्डले दलहरूबीच १४ गते अगाडि नै सहमतिको प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %