भत्ता नलिने सर्तमा संविधान सभाको म्याद अन्तिम पटक थप्नु पर्दछ : प्रचण्ड

Read Time:1 Minute, 22 Second

काठमाडाँै, ११ जेठ

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाले सक्रियातापूर्वक काम गरिरहेको र शान्ति प्रक्रियाको काम अघि बढिरहेको अवस्थामा नेपाली काँग्रेसले पनि म्याद थप गर्न सहमति गर्ने वताएका छन् ।

एबिसी टेलिभिजन र सर्वहारा कोषद्वारा आज राजधानीमा आयोजित खुला राजनीतिक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अब संविधानसभाको म्याद थप्दा अन्तिम पटक भनेर थप्नुपर्नेमा जोड दिए  । उनले  थपिएको अवधिको भत्ता नलिने गरी म्याद थप्छौँ भन्ने व्यवस्था गरिनु उपयुक्त हुने धारणा समेत राखे । अध्यक्ष दाहालले संविधानसभाको थपिएको अवधिमा जति काम हुनुपर्ने हो त्यति गर्न नसकेकोमा हामीले क्षमायाचना गर्नेपर्दछ भन्दै तर कत्ति पनि काम भएको छैन भनेर भएको प्रचारबाजीको खण्डन गरे  । उनले अहिलेको राजनीतिक सङ्कट आजभोलि नै एउटा निष्कर्षमा पुग्ने विश्वास पनि व्यक्त गरे  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %