शिविर खाली गरेपछि मात्र संविधान सभाको म्याद थप्नु पर्दछ : राप्रपा अध्यक्ष राणा

Read Time:2 Minute, 19 Second

 

 

काठमाडौँ, १० जेठ

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले   राष्ट्रिय सहमति भएपछिमात्र संविधानसभाको म्याद थप गर्न  निर्णय गरेको छ ।

त्यस्तै बैठकले समायोजन गर्दा बढीमा चार हजार ५०० लडाकूलाई समायोजन गर्नुपर्ने, सुरक्षा अङ्गमा समायोजन नभएकालाई पुनःस्थापना गर्नुपर्ने र मापदण्ड पूरा गरेकालाई मात्र समायोजन गर्नुपर्ने निर्णय गरेको छ ।

बैठकले लडाकू समायोजन र पुनःस्थापनाका लागि सामूहिक प्रवेशभन्दा व्यक्तिगत मापदण्ड र रुचिको आधारमा हुनुपर्ने, सक्रिय लडाकूहरुलाई सुरक्षा अङ्गमा समायोजन गर्न नहुने निर्णय गरेको छ ।

त्यस्तै बैठकले शिविर खाली नभएसम्म तोकिएका कर्मचारी खटाई शिविरमा रहेका लडाकूको रेखदेख र सुपरीवेक्षण गर्नुपर्ने, कब्जा गरिएका घरजग्गा अविलम्ब फिर्ता गर्नुपर्ने, वाइसिएलको अर्धसैनिक संरचना खारेज गर्नुपर्नेमा जोड दिएको छ ।

उनले शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन शिविरमा रहेका लडाकूको हतियार तथा शिविरबाट बाहिर गएका हतियार पनि राज्यलाई बुझाउनुपर्ने, लडाकूको कमाण्ड विशेष समिति मातहत ल्याउनुपर्ने, शिविर खाली गराउन समयतालिका बनाउनुपर्ने बताए  ।

बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष पशुपतिशमशेर जबराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित संविधान निर्माण गर्नका लागि राष्ट्रिय सहमति कायम गरी समयबद्ध कार्यतालिका बनाउनुपर्नेमा जोड दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %