पोखरा, १० जेठ
नेपाल पत्रकार महासङघ कास्कीका संयोजक कृष्णप्रसाद बाँस्तोलाले महासङघ कास्कीको अधिवेशनप्रति गम्भीर बन्न आग्रह गरेकाछन् ।संयोजक बाँस्तोलाले मंङगलबार विज्ञप्ति प्रकाशित गरी त्यस्तो आग्रह गरेकाहुन् । अधिवेशनको माग गर्दै महासङघको केन्द्रीय कार्यालयमा गरिएको आमरण अनसन जेठ १५ गतेभित्र अधिवेशन गर्ने सम्झौतापछि टुगिएको जनाउँदै अधिवेशनका लागि राखिएको समय सकिन अव पाँच दिन मात्रै बाँकी रहदाँ त्यसप्रति गम्भीर बन्न सम्वन्धित सवैलाई आग्रह गरिएकोछ ।
यदि अधिवेशन गराउनका लागि गम्भीर नभए बहुसंख्यक पत्रकार सदस्यहरुको उपस्थितिमा जेठ १५ पछि अधिवेशनको उद्घाटन हुने र खुल्ला निर्वाचन कार्यक्रमबाट कार्य समिति र पार्षदहरु चयन गरिने विज्ञप्तिमा उल्लेख छ ।
पाँच दिनभित्र प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघलाई निर्णय सच्याएर अधिवेशन गर्ने निर्णय गरी केन्द्रलाई सजिलो बनाइदिन पनि विज्ञप्ति मार्फत आग्रह गरिएकोछ। अधिवेशन नै नगरी पदीय भागवण्डाका आधारमा गरिएको कार्यसमिति र पार्षदहरुको अधिकांश पत्रकारहरुले विरोध गरेपछि प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघका साथीहरुले आफ्नो गलत निर्णय सच्याएर खुल्ला रुपमा अधिवेशन आयोजना गरी मताधिकारको प्रयोग गर्न दिनेमा मलाई विश्वास थियो विज्ञप्तिमा भनिएको छ – तर मागको सुनुवाई नगरी उल्टै हामीलाई राज्यशक्तिको समेत दुरुपयोग गरेर कुटाउने पिटाउने कार्यमा अग्रसर हुनु दुःखद कुरा हो । पत्रकार महासंघ केन्द्रिय महाधिवेशनमा काठमाण्डौमा माग राखेर तालाबन्दी गरेपछि प्रहरीले नियन्त्रणमा लिएकोथियो । पत्रकार आफु आफु नै कुटाकुट गरेकाथिए । विवाद फेरि चर्कने हो कि भन्ने डर फैलदैं गएकोछ ।यो बिज्ञप्ति प्रकाशनपछि फेरि विवाद बढ्ने खासखुस पत्रकार माझ चलिसकेकोछ ।
विज्ञप्तिमा आफ्नो अधिकारका लागि लडेका क्रियाशिल पत्रकारहरुलाई केटौले, मण्डले, खाते, गुण्डा र भिजिलान्तेसम्मका शव्द प्रयोग गरी प्रकाशन र प्रशारण समेत गरेर अत्यन्त निकुष्ट कार्य गरिएको उल्लेख छ ।
पोखराका पत्रकारहरुको रट्यौली फेरि सार्वजनिक हुने डर
Read Time:3 Minute, 11 Second