संविधान सभाको म्याद नथप्न जनमोर्चाले आन्दोलन गर्ने

Read Time:1 Minute, 14 Second

 

काडमाडौँ, ९ जेठ 
मुख्य तीन राजनीतिक दलहरूले सत्तामोहमा फसेर र सभासद्हरूको लापरबाहीका कारण संविधान लेखन कार्य समयमै पूरा नभएकाले संविधानसभाको म्याद थप्न नहुने जनमोर्चा नेपालले बताएको छ । 
जनमोर्चा नेपालका अध्यक्ष दानबहादुर विश्वकर्माले मुलुकलाई जोगाउनका लागि जेठ १४ अघि नै संक्षिप्त भए पनि नयाँ संविधान जारी गर्नुपर्ने माग गरे ।

तीन वर्षको समयमा ६०१ सभासद्ले संविधान लेख्ने काम नगरिकन त्यत्तिकै समय खेर फालेको हुँदा अव संविधानसभाको औचित्य समाप्त भइसकेकाले त्यसको म्याद थप्न नहुनेसमेत सो अवसरमा वितरित विज्ञप्तिमा उल्लेख छ । 
जनमोर्चाले आज यहाँ पत्रकारसम्मेलन गरी तीन वर्षसम्म रु २० अर्ब आर्थिक खर्च गरेर पनि ६०१ सभासद्ले नयाँ संविधानको खाकासम्म पनि जनतासामु ल्याउन नसकेको बताइयो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %