काठमाडौँ, ८ जेठ
प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डबीच आज बिहान प्रचण्ड निवास नयाँ बजारमा भेटघाट भएको छ ।
भेटमा माओवादीका लडाकू समायोजन, शान्तिप्रक्रिया र संविधानसभाको समयावधि बढाउनका लागि संसद्मा दर्ता गरिएको संविधान संशोधन प्रस्तावलाई पारित गर्ने विषयमा कुराकानी भएको थियो । तीनदलको भोलि बस्ने बैठकमा ती विषयमा कुराकानी गर्ने सहमति भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डबीच आज बिहान प्रचण्ड निवास नयाँ बजारमा भेटघाट भएको छ ।