काठमाडौँ, ७ जेठ
सत्ता साझेदार प्रमुख तीन दलबीच शान्ति र संविधानका लागि साझा प्रस्ताव ल्याउने विषयमा सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता साझेदार मुख्य तीन दलको बैठकमा प्रतिपक्षी दललाई समेत अर्को बैठकमा सहभागी गराएर साझा प्रस्तावको अवधारणा तयार पार्ने सहमति भएको प्रधानमन्त्रीका पे्रस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री झलनाथ खनाल, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवको सहभागिता थियो ।
पछिल्लोपटक नेपाली काँगे्रसले शान्ति र संविधानका लागि अघि सारेको प्रस्तावका विषयमा पनि छलफल भएको तथा सेना समायोजनको मोडालिटीलाई चाँडै अन्तिमरूप दिने विषयमा पनि छलफल भएको जनाइएको छ ।
बैठकमा सेनाले अघि सारेको प्रस्ताव र सेना समायोजनको कार्यतालिकाका विषयमा सहमतिको साझा प्रस्ताव तयार पारेर छलफललाई तीव्रता दिने सहमति भएको पनि सल्लाहकार थापाले बताए ।