विवाद समाधान उपसमितिको बैठक स्थगित

Read Time:1 Minute, 37 Second

काठमाडौँ, ७ वैशाख

आज बिहान ८ बजे सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कार्यकक्षमा बस्ने तय भएको सो बैठक संविधानसभाको म्याद थपका लागि दलहरुबीच देखिएको व्यस्तताका कारण स्थगित गर्नुपरेको  नेपाली काँगे्रसका नेता विमलेन्द्र निधिले जानकारी दिए  ।

संवैधानिक समितिअन्तर्गत गठित विवाद समाधान उपसमितिको आज बस्ने भनिएको बैठक शीर्ष नेताहरुको व्यस्तताका कारण स्थगित भएको छ ।
यही जेठ १ गते बसेको संवैधानिक समितिको बैठकले जेठ १३ गतेसम्मका लागि उपसमितिको म्याद थप गरेपछि निरन्तररुपमा बस्दै आएको उपसमितिको बैठकले संविधान लेखनमा देखिएका विवादित बाँकी ३० बुँदामध्ये हिजोसम्म ८ बुँदामा सहमति गरिसकेको छ । 
उपससमितिको बैठकका लागि सिंहदरबार पुगिसकेपछि उपसमितिका संयोजक तथा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सचिवालयमा फोन गरी आजको बैठक स्थगित गर्न आग्रह गर्नुभएको उल्लेख गर्दै नेता निधिले भने— ‘दलहरुका शीर्ष नेताहरुबीच संविधानसभाको म्याद थपका लागि दुईपक्षीय र त्रिपक्षीय छलफलका कारण स्थगित भएको हो ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %