प्रधानमन्त्री खनाल र कांग्रेस सभापति कोइरालाबीच भेटघाट, शान्ति प्रक्रियालाई अगाडि वढाउन सहमति कायम

Read Time:1 Minute, 48 Second

काठमाडौँ, ५ जेठ  
शान्तिप्रक्रिया र संविधान लेखन अहिलेको प्राथमिक कार्य भएकाले यसको समाधानका लागि राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा प्रधानमन्त्री झलनाथ खनाल र नेपाली काँग्रेसका सभापति सुशील कोइराला सहमति जनाएका छन्  ।

काँग्रेस सभापति कोइराला निवासमा आज बिहान प्रधानमन्त्री खनाल र कोइरालाबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।

शान्तिप्रक्रिया र संविधान लेखनको काम अहिलेको जटिल र सङ्गीन मुद्दा भएकाले राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न तयार भएका हुन्  ।

संविधानसभाको म्याद सकिने मिति जेठ १४ नजिक मुलुक आइपुगेकोले देशलाई अघि बढाउने विशेष  जिम्मेवारी निर्वाह गर्नुपर्ने अहिलेको अवस्थामा आफूले सभापति कोइरालासँग देशको परिस्थितिबारे छलफल गरेको प्रधानमन्त्री खनालले बताए  ।

भेटघाटको अवसरमा दुवैबीच जेठ १४ मा संविधान सभाको म्याद थप्नेबारेमा पनि छलफल भएको थियो । संविधानसभाको म्याद एक वर्ष थप्ने गरी संविधानको नवौं संशोधन विधेयक संसद सचिवालयमा दर्ता भएपछि प्रधानमन्त्री खनालले दलहरुसँगको भेटवार्तालाई तीव्र बनाएका छन्  । राजनीतिक दलहरुबीच पनि यही विषयलाई लिएर वार्ता र छलफलको क्रम निकै बढेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %