ललितपुर, २ जेठ
पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्माले पर्यटन वर्ष सन् २०११ लाई ध्यानमा सफल पार्न विभिन्न माग राखेर गरिने हड्तालको स्थायी समाधानका लागि राज्यले विशेष निर्णय दिने बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले सोमबार काठमाडौंमा आयोजना गरेको ‘आवागमनको स्वतन्त्रताः आधारभूत मानव अधिकार’ विषयक अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् । बन्दभित्र पनि राजनीतिक मात्र नभई आपराधिक क्रियाकलाप हुने गरेको भन्दै मन्त्री विश्वकर्माले यसलाई निरुत्साहित गर्न विरोधको नयाँ संस्कारको थालनी हुनुपर्नेमा जोड दिए ।
मन्त्री विश्वकर्माले बन्द हड्तालको संस्कृतिलाई निरुत्साहित गरी मानव अधिकार बहाली गर्न सरकार लागिपरेको उल्लेख गर्दै बन्द हड्ताललाई रोक्न आफूले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने प्रतिबद्धता जनाए ।
उनले संविधान निर्माण र शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन अहिले ठोस मार्गचित्रसहित राजनीतिक पार्टीहरुले कठोर निर्णय लिन जरुरी भएको उल्लेख गरे ।