ह्योल्मो समुदायबाट प्रथम पटक विश्वको शिखर सगरमाथा आरोहणतर्फ पाईला

Read Time:2 Minute, 12 Second

बैशाख २८ गते बुधबारका दिन ह्योल्मो समाज सेवा केन्द्रको आयोजनामा सिन्धुपाल्चोक जिल्ला किउल गाविस वडा नं. ६, निंगाले-ताक्पाखर्का निवासी बर्ष ४० का सिंगी लामा ह्योल्मोले ह्योल्मो समुदायबाट प्रथम पटक सगरमाथा आरोहण गर्न गाईरहेकोमा उनको प्रयासलाई सफलताको लागि शुभकामना कार्यक्रम सम्पन्न गरियो । पर्वत आरोही सिंगी लामा ह्योल्मो यही बैशाख ३० गतेका दिन प्रस्थान गर्देछन् । जेष्ठ महिनाको ३ गते तथा बुद्ध जयन्तीको दिनमा उनले आरोहण आधा शिविरबाट शुरु गर्नेछन् ।  ४ गते साउथ पोलमा, ५ गते बेस क्याम्पमा पुग्ने र ६ गतेको दिनमा शिखरमा पुग्ने योजना भएको जानकारी गराईयो ।


उनी कसैको सहयताविना आफू एक्लै शिखरमा पुग्ने लक्ष्यमा छन् । उनले शिखरमा आफ्नो समुदायको परम्परागत पोशाकमा जादैंछन् । उनी पर्वत आरोहण क्षेत्रमा सन् १९९९ देखि नै कार्यरत छन् । उनले आज भन्दा पहिले नेपालको सगरमाथा बाहेक धेरै हिमाल आरोहण गरि सकेकाछन् । जसमध्ये, कन्चनजंगा, मकालु, धौलागिरी, आमाढप्लमा, पुमारी, सानु हिमालहरुमा आइसपिक, मेरापिक, लाबुचेपिक, नयाँकाङ, तथा भारतको नुनकुन हिमाल समेत आरोहण गरिसकेकाछन् ।  उनी हाल हिमाल गाईड्स नेपाल कम्पनीमा आवद्ध छन् ।
कार्यक्रममा ह्योल्मो समुदयको विभिन्न संघ संस्थाको प्रतिनिधिहरु, आरोहीको नजिकको नातेदर, ताक्पखर्का गाउँबासीहरु लगायत पर्यटन व्यवसायमा संलग्न व्यक्तित्वहरु उपस्थिती भई शुभ-कामना तथा अशिर्वाद प्रदान गरि कार्यक्रम सम्पन्न भयो ।

तासी लामा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %