देवदह जेष्ठ १
भगवान गौतम बुद्धसंग सम्वन्धीत देवदहमा क्रियाशिल सामाजिक संघ(संस्थाहरु एकजुट भएर अगाडि बढ्नु पर्नेमा लुम्विनी विकास कोषका सदस्य सचिव राजेन्द्र थापाले बताएकाछन् । रुपन्देहीको देवदह–६ पाकरी वृक्षमा लुम्विनी विकास कोषको आयोजना, देवदह तथा केरवानी गाविसको व्यवस्थापनमा आयोजित २५५५ औं बुद्धजयन्ती समारोह २०६८ कार्यक्रममा बोल्दै सदस्य सचिव थापाले उक्त कुरा बताएकाहुन् । भगवान गौतम बुद्धको मावली देवदह क्षेत्रको महत्वपूर्ण स्थलहरुको संरक्षण र विकासका लागि देवदह क्षेत्रका स्थानीय वासीहरु नै अगाडि बढ्नु पर्नेमा उनले जोड दिए । देवदह क्षेत्रको विकासका लागि देवदह वासीहरु एक जुट भएर अगाडि बढेमा लुम्विनी विकास कोष होस्टेमा हैसे गर्न तयार रहेको थापाले बताए ।
एक अर्को प्रसंगमा सदस्य सचिव थापाले भगवान गौतम बुद्धसंग सम्वन्धीत महत्वपूर्ण स्थलहरुको उत्खनन कार्यलाई निरन्तता दिने पनि बताए । लुम्विनी विकास कोषका कार्ययोजना अनुसार यस वर्ष कन्यामाईमा उत्खनन कार्य शुरु गरिएको थापाले बताए । लुम्विनी विकास कोषको कार्ययोजना अनुसार आगामी वर्षमा देववदह क्षेत्रका अन्य स्थानहरुको पनि उत्खनन गरिने थापाले बताए ।
देवदह गाविसका सचिव बब्रुबहान सापकोटाको अध्यक्षता, केरवानी गाविसका सचिव राजीव सापकोटाको स्वागत र रेडियो देवदहका स्टेशन म्यानेजर यम र।नाको संचालनमा सम्पन्न भएको कार्यक्रममा रेडियो देवदहका अध्यक्ष कृष्ण प्रसाद पौडेल, धर्मोदय सभा देवदहका अध्यक्ष अमृतलाल शाक्य लगायतले बोल्दै देवदहका विभिन्न बुद्धसंग सम्वन्धीत संघ(संस्थाहरु यसरी नै एकजुट भएर काम गर्ने हो भने देवदह क्षेत्रको विकास र संरक्षण गर्न सजिलो हुने बताए । कार्यक्रमको पूर्वसन्ध्यामा देवदह ५ शितलनगरमा रहेको महामाया धर्मोदय विहारमा भिक्षु भन्तेहरुबाट पञ्चशिल पुजा गरेर ¥याली सहित मुल कार्यक्रम स्थल विश्व सम्पदा सूचीमा रहेको पाकरी वृक्ष स्थल पाकडीमा पुगेको थियो । उक्त ¥यालीमा देवदहमा क्रियाशिल राजनैतिक पार्टीका प्रतिनिधि, विभिन्न संघ(संस्थाका प्रतिनिधि, आमा समुह बुद्धमिलन, भाग्योदय, वसन्धरा, पाकडी आमा समुह लगायतको उपस्थिती रहेको थियो यस्तै गरि विभिन्न विधालयका तर्फबाट सगरमाथा आवासीय उच्च मावि, ज्ञानज्योत प्रास्तावित मावि, व्यास प्रावि, देवदह आर्दश बहुमुखी क्याम्पसका शिक्षक विद्यार्थीहरु, भिक्षु र स्थानीय वासीहरुको उपस्थित रहेको थियो ।
गोविन्द घर्ति
देवदहमा बुद्ध जयन्ती
Read Time:3 Minute, 46 Second