काठमाडौ, वैशाख ३०
आदिवासी जनजाति आन्दोलन राष्ट्रिय मोर्चाले आव्हान गरेको नेपाल बन्दका कारण शुक्रबार राजधानी काठमाडौं लगायत मुलुकको विभिन्न भागको जनजीवन प्रभावित बनेको छ ।
महानगरी प्रहरीका अनुसार कलंकीबाट १७, शंकरदेव क्याम्पस अगाडि पुतलीसडकबाट १७,चावहिलबाट १,बानेश्वरबाट १ तथा बालाजुबाट ४ जनालाई नियन्त्रणमा लिइएको छ । बन्दका क्रममा बिहानसम्म कुनै अप्रीय घटना भने भएको छैन ।
बन्द गराउँदै हिडेका ५६ जनालाई प्रहरीले राजधानीको विभिन्न स्थानबाट बिहान ११ बजेसम्म पक्राउ गरेको छ । चावहील चोकबाट नेपाल आदिवासी जनजाति महासंघका कोक्षाध्यक्ष डण्डु शेर्पासहितलाई पक्राउ गरिएको छ ।