डडेलधुरा, वैशाख २९
क्षेत्री समाज नेपालले बिभिन्न सात बुंदे माग राखि आव्हान गरेको बन्दका कारण विहिवार बिहानै देखि सुदुर पश्चिम क्षेत्रमा यातायात ठप्प भएर जनजीवन प्रभावित भएकोछ । यसैबिच थारु कल्याणकारी सभाले पनि बिभिन्न माग राखी विहीबार देखि दुइ दिन सम्म थरुहट क्षेत्र बन्द आव्हान गरेकोछ ।
बन्दको आव्हानप्रति आदिवासी जनजाती आन्दोलन राष्ट्र्यि मोर्चामा संलग्न बिभिन्न २४ संघ संस्थाले समर्थन जनाएकोछ ।
यसैविच थारु कल्याणकारी सभाले पनि विहिवार थरुहट क्षेत्र बन्द आव्हान गरेकोछ । बिभिन्न १२ बुंदे माग राखि गरिएको बन्दको आव्हानलाइ आदिवासी जनजाती आन्दोलन राष््र्यि मोर्चामा संलग्न २४ संघ संस्थाले समर्थन जनाएकाछन् ।
क्षेत्री समाज नेपालले निर्धारित समयमा सम्विधान जारी हुनु पर्ने , राज्यको पुनर्सरचना जाति , भाषा र धर्मको आधारमा नगरी भौगोलिक निकटता , स्रोत र साधनको उपलव्धता र प्राकृतिक सम्पदाको आधारमा हुनु पर्ने र क्षत्री जातिलाइ आदिवारी जातिमा सूचिकृत गर्नु पर्ने लगायतका ७ बुंदे माग अघि सारेर बैसाख १९ देखि आन्दोलन शुरु गरेको हो ।
क्षेत्री समाजले सुदुर पश्चिममा यातायात सेवा मात्र बन्द आव्हान गरेका कारण बजार भने खुला रहेकोछ । अधिकांस स्कुल कलेज बन्द रहेकाछन् । यातायात बन्दका कारण तराइका कञ्चनपुर र कैलाली समेत सुदुर पश्चिमका ७ वटा पहाडी जिल्लाको यातायात सेवा प्रभावित भएकोछ । भारतका बिभिन्न ठाउ बाट कञ्चनपुरको गड्डाचौकी तथा कैलालीको गौरीफण्टा नाका भएर घर र्फकनेहरु बन्दका कारण बसपार्क आसपासका क्षेत्रमा अलपत्र परेकाछन् ।
बिहानै देखि क्षेत्री समाजका बन्द समर्थकहरु महेन्द्रनगरको भानुचोकमा भेला भइ लामो तथा छोटो दुरीका सम्पूर्ण यातायात सेवा ठप्प पारेकाछन् ।
बन्दले महेन्द्रनगरको जनजीवन प्रभावित
राज्यको पुर्नसंरचना गर्दा भौगोलीक आधारमा हुनुपर्ने , क्षेत्रीहरुलाई आदीबासीमा सुचीकृत गरीनुपर्ने , आरक्षणको ब्यबस्था गर्दा जातीय आधारमा नभई जनसंख्याको आधारमा गरीनुपर्ने लगायतका सात बुंदे माग राखी बन्द गरीएको क्षेत्री समाजका केन्द्रिय सदस्य तेज बहादुर भण्डारीले जनाएका छन् ।
डडेलधुरा देखि सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा चल्ने यातायात बन्द भएका छन् भने तराईका कैलाली र कंचनपुरबाट पहाडी जिल्लामा आउने कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । बिहीबार बिहानै देखि डडेलधुरा सदरमुकाममा क्षेत्री समाजका कार्यकर्ताले यातायात संचालनमा अबरोध खडा गरेका कारण संचालन हुन नसकेको उग्रतारा यातायात ले जनाएको छ ।