सरकारप्रति असन्तुष्ट एमालेका नेताहरुद्धारा काँग्रेससँग वार्ता गरे

Read Time:1 Minute, 46 Second

काठमाडौ, वैशाख २८
एमालेका ओली,नेपाल पक्षधर र कांग्रेसका नेताबीच शान्ति प्रक्रिया तथा सहमतिको सरकार निर्माणका विषयमा छलफल सुरु भएको छ ।

राजधानीमा बुधबार बिहान दुई दलका नेताबीच शान्ति प्रक्रिया,सरकार र संविधान निर्माणका विषयमा छलफल भएको छ ।कांग्रेसले जेठ १४ अगाडि शान्ति प्रक्रिया टुङ्गयाउनुपर्ने र संविधानसभाको म्याद थप्नुपूर्व राष्ट्रिय सहमतिको सरकार निर्माण हुनुपर्ने शर्त राख्दै आएको छ ।

त्यही सेरोफेरोमा दुई दलका नेताबीच छलफल भएको स्रोतले जनाएको छ । आफ्नै अध्यक्षप्रति अध्यक्ष प्रति असन्तुति रहेको एमालेभित्रका यी नेताले सरकारको विकल्पको खोजी सुमेत गरेको वताइएको छ ।

ओली, नेपाल पक्ष प्रधानमन्त्रीबाट झलनाथ खनालले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि बाटो प्रशस्त गर्नुपर्ने पक्षमा लविङ गर्दै आएका छन् । बैठकमा सहभागी एमाले नेता प्रदीप ज्ञवालीले केही दिन भित्रै राजनीतिक अन्यौलता हट्ने दावी गरे ।

उनले समसामयीक राजनीतिक विषयमा कांग्रेसका नेतासंग छलफल भएको जनाए । कांग्रेस नेता रामशरण महतले जेठ १४ अगावै शान्ति प्रक्रिया टुङ्गयाउनुपर्ने विषयमा छलफल भएको बताएका छन्  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %