पत्रकार महासंघ कास्कीको ध्यानाकर्षण

Read Time:3 Minute, 42 Second

पोखरा, बैशाख

 

नेपाल पत्रकार महासंघ कास्कीले संघर्ष समितिको नाममा महासंघको नाम जोडेर गरिएका क्रियाकलाप र प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आज एक विज्ञप्ति जारी गरी महासंघको नाम र गरिमामा आँच आउने गरी संघर्ष समितिको नाम महासंघसँग जोडेर गरिने त्यस्ता क्रियाकलाप प्रचार रोक्न तत्काल रोक्न आग्रह गरेको छ ।

विज्ञप्तिमा बैठकले नेपाल पत्रकार महासंघको २३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित रुद्र भट्ट र दुर्गा भण्डारीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको जनाइएको छ ।

निर्वाचन मात्रै लोकतन्त्र हो भन्ने सुगा रटाई गर्नेहरुले सहमति र सहकार्य पनि लोकतन्त्र हो भन्ने बुझ्न नसक्नु बौद्धिक दरिद्रताको उपज भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा वर्तमान कार्यसमितिलाई भवन निर्माण कार्यमा सहयोग गर्न सम्पुर्ण पत्रकारिता प्रेमी र महासंघका शुभचिन्तकहरुमा हार्दिक आव्हान गरिएको छ ।

विगतमा जस्तै यो कार्यकालमा पनि शुभचिन्तकहरुको सहयोग अझ बृद्धि हुने अपेक्षा विज्ञप्तिमा गरिएको छ ।त्यस्तै कथित संघर्ष समितिको नाममा विज्ञप्ति प्रकाशित गरी महासंघको कार्यसमितिलाई औपचारिक कार्यक्रममा नबोलाउन र समितिलाई सहयोग नगर्न गरिएको आग्रहलाई पद नपाउँदाको अन्तिम चिच्याहटको रुपमा लिईएको जनाईएको छ । ‘नेपाल पत्रकार महासंघको भवन निर्माण हुन लागेको सुनौलो अवसरमा यस्तो आशय आउनु भनेको खरानीको खाँचोले घर पोल्नु सरह हो ।’ विज्ञप्तिमा भनिएको छ ।

साथै विज्ञप्तिमा पोखराका केही सिमित पत्रिकामा आएका समाचारमा उल्लेख भएका शब्दहरुप्रति पनि आपत्ति जनाईएको छ । पत्रकारिताको आचारसँहिता विपरित आफुलाई व्यवसायिक भन्ने पत्रिकाहरुले प्रयोग गरेका शब्द एउटा सभ्य पत्रिकामा उल्लेख हुनै नसक्ने पनि विज्ञप्तिमा जनाइएको छ ।‘महासंघको केन्द्रीय महाधिवेशन जस्तो गरिमामय कार्यक्रममा सहभागि भएर आएका केन्द्रीय समिति बैध हुनु र केन्द्रीय समितिलाई निर्वाचित गराउने सभापति र पार्षद्हरु अबैध हुनु जस्ता कथित संघर्ष समतिका कुरा आँफैमा हाँस्यास्पद छन् ।’ विज्ञप्तिमा भनिएको छ ।महासंघ कास्कीको सोमवार सम्पन्न दोस्रो बैठकपछि अध्यक्ष बद्रिविनोद प्रतिक र कार्यबाहक सचिव विभु भुसालले जारी गरेको विज्ञप्तिमा कतै कही पनि सम्बन्ध नभएको अमुक सँस्थासँग महासंघको नाम जोड्नु आपत्तिजनक भएको उल्लेख गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %