देवदह, वैशाख
तमू ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदले देशव्यापी जनगणना, जलबायु परिबर्तन र निजामति कर्मचारीतन्त्रमा आफ्नो पहुँचका लागि चलाइएको प्रशिक्षक प्रशिक्षण तालिम बुटवलमा सुरु भएको छ ।
तालिम उदघाटन समारोहमा वोल्ने बक्ताहरुले दश बर्षमा आउने जनगणनालाई अवसरको रुपमा लिनुपर्ने बताएका छन् । उनीहरुले जनगणनाले वास्तविक तथ्याङक दिन सके मात्र राज्य बनाउने निति निर्माण कार्यन्वयनमा समेत सहयोग पुग्ने भन्दै सवै लाई जनगणनामा अनिबार्य रुपमा भाग लिन आग्रह गरे । विगतमा भाषा, धर्म र परम्परालाई गणकहरुले महत्व नदिएको भन्दै यस पटक ती कुराहरुलाई चनाखो भई ध्यान दिएर मात्र सही कुरा गणक सामु बताउन उनीहरुले आग्रह गरे ।
कार्यक्रमा वोल्दै पुर्व प्रहरी महानिरिक्षक हेम बहादुर गुरुङले अव निजामति क्षेत्रमा पनि आफ्नो जातिको पहुचका लागि तालिमले सवैलाई सचेत तुल्याउन सक्ने आशा व्यक्त गरे । कार्यक्रममा तमू ह्युल छोज धीका केन्द्रिय सल्लाहकार भोजविर तमू, रुपन्देहीका निर्वमान अध्यक्ष टेक बहादुर तमू, तमू खेमा लिपिका महासचिव भिम तमू, नेपाल तमू विद्यार्थी छोज धीका केन्द्रिय अध्यक्ष जि एस तमू लगाएतले वोलेका थिए ।
तमू ह्युल छोज धी पश्चिमाञ्चल प्रमुख यम बहादुर तमूको अध्यक्षता राजु तमूको सञ्चालन र चन्द्र बहादुर तमूको स्वागतमा कार्यक्रम भएको भएको हो । तमू ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदले देशव्यापी जनगणना, जलबायु परिबर्तन र निजामति कर्मचारीतन्त्रमा आफ्नो पहुँचका लागि चलाइएको प्रशिक्षक प्रशिक्षण तालिम बुटवलमा सुरु भएको छ ।
गोविन्द घर्ति